समाचार

पत्रकार महासंघ गोरखामा ९ जनाको सदस्यता रद्व, ४ जना थप नयाँ सदस्य
नेपाल पत्रकार महासंघ गोरखा शाखाले शुद्विकरण अभियान अन्तरर्गत ९ जना सदस्यको सदस्यता खारेजीको लागि सिफारिस गर्ने निर्णय गरेको छ। सोमबार कार्य समितिका पदाधिकारीहरुको बैठकले ४ जना नयाँ सदस्यलाई थप गर्ने निर्णय समेत गरेको छ। सोमबार शाखामा भएको पदाधिकारी बैठकले किशोरजंग थापा, दिपक श्रेष्ठ, राजेन्द्र न्यौपाने, शिव उप्रेती, सन्दिप सुनार, बिमल श्रेष्ठ, रेनु श्रेष्ठ, सस्मिता पन्त...
प्रतिगमनविरुद्ध समाजवादी मोर्चाले डटेर लड्छ: नेता नेपाल
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले प्रतिगमनविरुद्ध समाजवादी मोर्चा डटेर लड्ने बताएका छन्। सोमवार काठमाण्डौमा आयोजित ‘ं(समाजवादी मोर्चा नेपाल’ घोषणा कार्यक्रममा अध्यक्ष नेपालले प्रतिगमनका विरुद्धमा भने मोर्चाले डटेर सामना गर्ने उल्लेख गरे। मोर्चा कसैलाई तर्साउन र मुकाबिला गर्नका लागि नभएको उनको भनाई थियो। ‘कसैसँग मुकाबिला गर्नका लागि समाजवादी मोर्चा निर्माण गरेको होइन,’ उनले भने।...
प्रतिगामी प्रवृत्तिविरुद्ध समाजवादी मोर्चा: प्रधानमन्त्री ‘प्रचण्ड’
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समाजवादी मोर्चा राजनीतिक परिवर्तनकाविरुद्ध लाग्नेहरूका निम्ति युद्धको घोषणा भएको बताएका छन्। सोमवार ’समाजवादी मोर्चा नेपाल’ घोषणा कार्यक्रममा प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष ‘प्रचण्ड’ले मोर्चा घोषणा राजनीतिक परिवर्तनकाविरुद्ध लाग्नेहरूका निम्ति युद्धको घोषणा भएको बताएका हुन्। उनले भने, ‘परिवर्तनलाई होच्याउने, अपमानित गर्ने अराजक र प्रतिगामी प्रवृत्तिका मान्छेहरूले टाउको उठाउन खोजेकाले समाजवादी...
४ दलको संयुक्त समाजवादी मोर्चा घोषणा
राजनीतिक ४ दल मिलेर समाजवादी मोर्चा घोषणा गरेका छन्। सत्तारूढ गठबन्धनमा रहेको नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा), नेकपा (एकीकृत समाजवादी) र संसदबाहिर रहेको नेकपा कम्युनिस्ट पार्टी मिलेर आज (सोमवार) समाजवादी मोर्चा घोषणा गरेका हुन्। काठमाण्डौको राष्ट्रिय सभागृहमा भएको कार्यक्रममा ४ दलका अध्यक्षहरूले सहमतिपत्रमा हस्ताक्षर गर्दै समाजवादी मोर्चाको घोषणा गरेका हुन्। सहमतिपत्रमा माओवादी केन्द्रका...
बजेट प्रचारमुखीभन्दा पनि यथार्थपरक छ: अर्थमन्त्री आले
गण्डकी प्रदेशका आर्थिक मामिलामन्त्री जीतप्रकाश आलेले प्रस्तुत बजेटलाई प्रचारमुखीभन्दा यथार्थपरक बनाएर कार्यान्वयनका लागि योग्य बनाइएको बताएका छन्। आर्थिक वर्ष २०८०/८१ को बजेटका सम्बन्धमा आज आयोजित पत्रकार सम्मेलनमा उनले ‘आत्मनिर्भर तथा समुन्नत प्रदेश: सम्मानित प्रदेशवासी’ बनाउने मूल आधारका रुपमा बजेट रहेको बताए। कृषि क्षेत्रमा प्रवाह हुने अनुदानलाई उत्पादन केन्द्रित बनाउन र यसको लाभ सुनिश्चित गर्न उत्पादनका...
गण्डकी प्रदेशमा साढे ३३ अर्बको बजेट
गण्डकी प्रदेशमा साढे ३३ अर्बको बजेट प्रस्तुत गरिएको छ। प्रदेशका अर्थमन्त्री जीतप्रकाश आलेले आज (शुक्रबार) प्रदेश सभामा आउँदो आर्थिक वर्षका लागि ३१ अर्ब रुपैयाँको बजेट सार्वजनिक गरेका हुन्। यो चालु आ.व.को भन्दा कम बजेट हो। संघीय सरकारले नै अनुदानहरु कटौती गरेकाले प्रदेशको बजेट आकार घटेको हो। अर्थमन्त्री आलेले कुल बजेट ३३ अर्ब ४२ करोड रुपैयाँमध्ये...
गण्डकी प्रदेशमा बजेटको अन्तिम तयारी
आन्तरिक स्रोत र संघ सरकारले दिने अनुदान खुम्चिएपछि गण्डकी प्रदेश सरकारको आगामी आव २०८०/८१ को बजेटको आकार घट्ने भएको छ। चालु आ.व.मा ३५ अर्ब ९० करोड ९० लाख रुपैयाँको बजेट ल्याइएकामा आगामी आ.व.का लागि ३३ अर्ब रुपैयाँको हाराहारीमा बजेट आउने अनुमान छ। संघ सरकारले पठाएको ३३ अर्ब ८५ करोड रुपैयाँको सीमा (सिलिङ) मा रहेर प्रदेश...
अझै ४ दिनसम्म लूको संभावना
विगत केही दिनदेखि देशका अधिकांश भू–भागहरू विशेष गरी मध्य तथा पश्चिमी भू–भागमा अधिकतम तथा न्यूनतम तापक्रम वृद्धि भइरहेको छ। काठमाडौँ उपत्यकालगायत देशका अन्य उपत्यकाहरूमा पनि तापक्रममा बढ्दो छ। देशका मध्य तथा पश्चिम तराईका भू–भागमा लगातार अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सो भन्दा बढी मापन गरिएको छ। मौसम पूर्वानुमान महाशाखाले आगामी केही दिनसम्मका लागि देशभरको...
आर्मीका रामजीले जिते लेखनाथ हाफ म्याराथनको उपाधि
नेपाल आर्मीका रामजी बस्नेतले लेखनाथ हाफ म्याराथनकोे उपाधि जितेका छन्। पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजना तथा कास्की एथ्लेटिक्स संघको प्राविधिक सहयोगमा म्याराथन भएको हो। शनिबार लेखनाथस्थित भण्डारढिक खेल मैदानबाट भएको दौड प्रतियोगितामा निर्धारित २१ किलोमिटर दूरी १ घन्टा १३ मिनेटमा पार गर्दै रामजीले उपाधि जितेका हुन्। प्रतियोगिताको पुरुषतर्फ राष्ट्रिय खुला २१ किमी अन्तर्गत नेपाल...
स्याङ्जाको विद्यार्थीमा ठेउला देखिएपछि विद्यालय बन्द
स्याङ्जाको वालिङ–१२ कोखेस्थित सिर्सेकोट जनहित आधारभूत विद्यालयका बालबालिकामा ठेउलाको सङ्क्रमण देखिएको छ। सुरुका दिनमा केही बालबालिकामा देखिएको सङ्क्रमण फैलँदै जाँदा २३ जना तथा घरका अन्य सदस्यलाई पनि सर्न थालेपछि आउँदो शुक्रबारसम्म विद्यालय बन्द गरिएको छ। बालबालिकाको शरीरमा एकै प्रकारका पानीका फोका आउने, चिलाउने, दुख्ने, ज्वरो आउनेजस्ता लक्षण देखिएको छ। विश्व स्वास्थ्य सङ्गठन, गण्डकी प्रदेश स्वास्थ्य...