समाचार

नवरात्रको चौथो दिन, कुष्माण्डाको पूजाआराधना गरिँदै
पोखरा । नवरात्रको चौथो दिन दशैंघर वा पूजा कोठामा  कुष्माण्डा देवीको विधिपूर्वक पूजाआराधना गरिँदैछ । प्रत्येक वर्ष आश्विन शुक्ल चतुर्थी अर्थात् दुर्गापक्षको चौथो दिन कुष्माण्डाको विधिपूर्वक पूजाआराधना गर्ने शास्त्रीय विधि छ । आध्यात्मिक, आधिभौतिक र आधिदैविक यी तीन तापलाई कुष्मा भनिन्छ । नवदुर्गामध्येकी चौथो देवी कुष्माण्डाले शरणमा आएका भक्तको तीनै ताप हरिदिने भएकैले यो नामकरण...
समावेशी आमा समूहको साधारणा सभामा ९ जना सम्मानित
पोखरा । पोखरा महानगरपालिका वडा नम्बर १४ स्थित समावेशी टोलमा रहेको समावेशी आमा समूहको प्रथम साधारण सभामा ९ जना सम्मानित भएका छन् । सामाजिक कार्यमा सक्रिय समूहका ज्येष्ठ सदस्य ओमा गुरुङ, लालकुमारी गुरुङ, अक्षरी सुवेदी, कमलादेवी सुनुवार र कक्षा १२ उत्तीर्ण गरेका विवेक खतिवडा, सन्देश श्रेष्ठ, पवित्रा गिरी र सहारा खतिवडालाई सम्मान गरिएको हो ।...
गण्डकीसहित ४ प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना 
पोखरा ।  देशभर मनसुनी वायुको प्रभाव  छ । देशको पूर्वी र मध्य भागमा बङ्गलादेशको उत्तर भू–भाग तथा भारतको पश्चिम बंगाल आसपासको क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । विभागका अनुसार कोशी, मधेस र बागमती प्रदेशको पूर्वी भू–भागमा साधारण बदली रही बाँकी पहाडी भू–भागमा...
नवरात्रको तेस्रो दिन, चन्द्रघण्टा देवीको पूजाआराधना गरिँदै
पोखरा । बडादशैं एवं नवरात्रको तेस्रो दिन आज दशैं घर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजाआराधना गरिँदैछ । नवदुर्गामध्येकी तेस्रो देवी चन्द्रघण्टाले हातमा चन्द्रमाको आधार भएको घण्ट लिने भएकाले यिनको नाम चन्द्रघण्टा रहन गएको भन्ने विभिन्न पौराणिक एवं धर्मशास्त्रीय ग्रन्थमा उल्लेख गरिएको छ । मार्कण्डेय पुराणमा ‘चन्द्रः घण्टायां यस्याः सा’ अर्थात्...
पोखरामा अन्तर्राष्ट्रिय योगा महोत्सव हुने
पोखरा ।  पोखरामा  नेपाल योगा महोत्सव २०२४ आयोजना गरिने भएको छ । यही असोज ३० गतेदेखिआगामी कात्तिक ३ गतेसम्म होटल संघ नेपाल र पोखरा स्थित पूर्ण योगा रिट्रिटको संयुक्त आयोजनामा यो कार्यक्रम हुन लागेको हो । पूर्ण योगामा हुने महोत्सवको  पूरा भएको   पत्रकार सम्मेलनमा जानकारी दिइयो । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा नेपालकाे प्रवर्द्धन गर्ने उद्धेश्य...
दशैंले साँस्कृतिक एकता र पहिचानलाई अक्षुण्ण राख्न सहयोग गर्दछ : प्रदेश प्रमुख भट्ट
पोखरा । गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले नेपालीहरूको महान चाड बडा दशैंको अवसरमा स्वदेश तथा विदेशमा रहेका भएका सम्पूर्ण नेपालीको सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका छन् । शुक्रबार शुभकामना सन्देश जारी गर्दै भट्टले मुलुकमा परम्परागत रूपमा हर्षोल्लासपूर्वक मनाउने गरिएका यस्ता विभिन्न चाडपर्वहरूले भौगोलिक, साँस्कृतिक, धार्मिक, जातिय तथा भाषिक विविधताबीच रहेको मौलिकता थप...
पोखरा महानगरको पसल अनुुगमन
पोखरा । पोखरा महानगरपालिकाले चाडपर्व लक्षित अनुुगमन सुरु गरेको छ । नेपालीहरुको पर्व बडा दशैं नजिकिएसँगै महानगरले अनुुगमन सुुरु गरेको हो । महानगर उपभोक्ताहित संरक्षण समितिका संयोजक मञ्जुुदेवी गुुरुङको नेतृत्वमा शुुक्रबार पोखराका विभिन्न ८ वटा पसलमा अनुुगमन गरिएको हो । पोखरा वडा नम्बर २ रहेका भवानी पूजा सामग्री, महालक्ष्मी पूजा सामग्री भण्डार, सेलवेज क्यास एन्ड...
४२ लाखका च्यांग्रासहित फरार फकिर पक्राउ
पोखरा असोज ८ । मुस्ताङका ताक्ला गुरुङको १ सय ३ वटा च्यांग्रा ट्रकमा लोड गरी बेपत्ता भएका मोहम्मद फकिर पक्राउ परेका छन् । गत असोज १ गतेदेखि बेपत्ता भएका उनलाई असोज ७ गते पोखरा ७ मासबारस्थित कोठाबाटै पक्राउ गरिएको कास्की प्रहरीले जानकारी दिएको छ । विवरण अनुसार गत असोज १ गते मुस्ताङ बारागुङ मुक्तिक्षेत्र गाउँपालिका...
अमेरिकाको क्यालिफोर्नियामा नेपाली महावाणिज्य दूतावास खाेल्ने प्रमको प्रतिबद्धता
न्युयोर्क असोज ८ । संयुक्त राष्ट्रसङ्घको ७९ औं महासभामा भाग लिन अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री केपी शर्मा ओेलीले अमेरिकाको पश्चिमी क्षेत्र क्यालिफोर्नियामा चाँडै नेपाली महावाणिज्यदूतावास खोल्ने प्रतिबद्धता व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीलाई भेटेर प्रवासी नेपाली मञ्चलगायत नेपाली समुदायका विभिन्न संगठनले सो क्षेत्रमा महावाणिज्यदूतावास खोल्न माग गरेका थिए । प्रधानमन्त्री ओलीले उक्त मागप्रति आफू सकारात्मक...
धारिलो हतियार प्रहार गरी ससुराको हत्या, ज्वाईं फरार
मोरङ असोज ५ । मोरङको पथरीमा ज्वाइले ससुराको हत्या गरेका छन् । पथरीशनिश्चरे नगरपालिका–७ स्थित मायालु चोकका ६० वर्षीय चन्द्रबहादुर तामाङको हत्या भएको प्रहरीले बताएको छ । प्रहरीका अनुसार शनिबार बिहान हत्या गरिएको अवस्थामा चन्द्रबहादुरको शव उनकै घरमा भेटिएको हो । इलाका प्रहरी कार्यालय पथरीका अनुसार धारिलो हतियार प्रहारबाट हत्या भएको देखिएको छ । घरमा...