समाचार

कोरला नाका : नेपालतर्फ अधूरो पूर्वाधारले रोकेको सम्भावना
पोखरा । मुस्ताङको हिमाली भेगमा अवस्थित समुद्री सतहदेखि ४,६५० मिटर उचाइमा रहेको कोरला नाका नेपालको लागि ठूलो आर्थिक अवसर मानिन्छ । तर, चीनतर्फ अत्याधुनिक संरचना तयार भइसके पनि नेपालतर्फ अधूरा पूर्वाधारका कारण नाका अझै पूर्ण रूपमा सञ्चालनमा आउन सकेको छैन । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले असोज १० गते मुस्ताङ पुगेर नाकाको अवस्था...
गण्डकीसहित ५ प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना
पोखरा । गण्डकीसहित ५ प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ  । आज दिउँसो देशभर साधारणतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू–भाग धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी र तराई भू–भागका केही स्थानहरूमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ । महाशाखाका...
आगामी सोमबारसम्म अत्यन्त जरुरी नभए यात्रा नगर्न विपद् प्राधिकरणको अनुराेध
काठमाडौँ  । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आगामी सोमबारसम्म अत्यन्त जरुरी नभए सकेसम्म घरदेखि टाढा र रातिको समयमा यात्रा नगर्न अपिल गरेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार बिहीबारदेखि २० गतेसम्म देशका खासगरी कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना छ। प्राधिकरणले भारी वर्षाका कारण हुन सक्ने सम्भावित जोखिमबाट...
ससाना नदीमा उच्च वहाव रहने, विशेष सतर्कता अपनाउन अनुरोध
काठमाडौं । असोज १८–२० गतेसम्म विशेष सतर्कता अपनाउन जल तथा मौसम बिज्ञान बिभागले अनुरोध छ । विभागले विशेषगरि वागमती प्रदेशका काठमाडौँ उपत्यका, काभ्रे, सिन्धुपाल्चोक, रसुवा, मकवानपुर, चितवन, कोशी प्रदेशका संखुवासभा, ताप्लेजुङ, इलाम, झापा, मोरङ मधेश, प्रदेशका बारा, पर्सा, सर्लाही, रौतहट र आसपासका जिल्ला भई बहने स–साना नदीहरुमा आकस्मिक बहावको सम्भावना उच्च रहेको हुँदा मुख्यतः असोज...
बडादशैंको आज मुख्य दिन विजया दशमी, टीकाको उत्तम साइत ११:५३ बजे
पोखरा। नेपालीहरुको महान चाड बडादशैंको आज मुख्य दिन विजया दशमी । आज  मान्यजनको हातबाट टीका र जमरा लगाएर मनाइँदै छ । टीका लगाउने उत्तम साइत बिहान ११ बजेर ५३ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । टीका लगाउने व्यक्ति पूर्व र लगाइदिने व्यक्ति पश्चिम फर्किनुपर्ने समितिले जनाएको छ । त्यसपछि घटस्थापनाका दिन...
आज बडाशैँको आठौँ दिन, महाअष्टमी पर्व
पोखरा । बडाशैँको आठौँ दिन महाअष्टमी पर्व मंगलबार (आज) दुर्गा भवानीको पूजाआजा गरी मनाइँदैछ । आजको दिन विशेषगरी महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजा गरिन्छ । महाअष्टमीको दिन दुर्गा भवानीलाई शक्तिशाली बनाउने दिन भएकाले यसको विशेष महत्व छ । आज दशैँघर, कोतलगायत विभिन्न शक्तिपीठमा पशु बली दिइ दुर्गा भवानीको विशेष पूजा गर्ने चलन छ ।...
एमाले निकटको युवा संघकाे चेतावनी : केपी ओली र महेश बस्नेतमाथि प्रतिशोध भए सैह्य हुँदैन
काठमाडौं । नेकपा एमाले निकट राष्ट्रिय युवा संघले अध्यक्ष केपी शर्मा ओली र एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतमाथि प्रतिशोध भए सैह्य नहुने चेतावनी सरकारलाई दिएकाे छ। युवा संघका अध्यक्ष क्षितिज थेवेले मंगलबार प्रेस विज्ञप्ति निकालेर यस्ताे चेतावनी दिएका हुन्। विज्ञप्तिमा आफ्नो स्थापनाकाल देखि नै निरन्तर लोकतन्त्र, बहुदलीय व्यवस्था र जनहितको पक्षमा दृढतापूर्वक पहरेदारी गर्दै आएको उल्लेख छ...
चीनद्वारा दुई नयाँ परीक्षण उपग्रह सफलतापूर्वक प्रक्षेपण
चीनले दक्षिणपश्चिमी प्रान्त सिचुआनमा रहेको सिचाङ उपग्रह प्रक्षेपण केन्द्रबाट दुई नयाँ परीक्षण उपग्रहहरू अन्तरिक्षमा पठाएको छ । परीक्षण उपग्रहहरू शियान–३० ०१ र ०२ लाई स्थानीय समय अनुसार बिहान ११ बजे लङ मार्च–२डी क्यारियर रकेटबाट प्रक्षेपण गरिएको थियो । तिनीहरूको पूर्वनिर्धारित कक्षमा सफलतापूर्वक प्रवेश गरेको बताइएको छ । उपग्रहहरू मुख्यतया पृथ्वी अवलोकन प्रविधिहरूको प्रयोगात्मक प्रमाणीकरणको लागि...
नेपाल र वेस्ट इन्डिजबीचको तेस्रो तथा अन्तिम टी–२० क्रिकेट आज हुँदै
काठमाडाैं । नेपाल र वेस्ट इन्डिजबीचको तेस्रो तथा अन्तिम टी–२० अन्तर्राष्ट्रिय क्रिकेट आज हुँदैछ । यो खेल संयुक्त अरब इमिरेट्स (यूएई) को शारजाहमा राति सवा आठ बजे शुरू हुनेछ । नेपालले लगातार दुई खेल जितेर शृङ्खला जितिसकेको छ । यसअघि भएको पहिलो खेलमा नेपालले वेस्ट इन्डिजलाई १९ रनले हराउँदै ऐतिहासिक जित हासिल गरेको थियो । जुन...
वेस्ट इन्डिजमाथि नेपालको जित
काठमाडौंं। नेपालले वेस्ट इन्डिजविरुद्धको टि–ट्वान्टी आई सिरिजमा विजयी सुरुवात गरेको छ।  नेपालले वेस्ट इन्डिजमाथि १९ रनको ऐतिहासिक जित हात पारेको हो। नेपालले आफ्नो क्रिकेट इतिहासमा पहिलो पटक कुनै पनि टेस्ट टोलीलाई हराउन सफल भएको हो। ​ वेष्ट इण्डिज सन् २०१२ र २०१६ को टी–२० विश्वकप च्याम्पियन टोली हो। यो जितसँगै नेपालले तीन खेलको सिरिजमा १–० को अग्रता लिएकोछ। जितका...