समाचार

सर्वोच्च अदालतको इजलास पालमुनिबाटै सञ्चालन
काठमाडौं।  सर्वोच्च अदालतको प्रवेशद्वारदेखि सबैले जलेको भवन प्रष्ट देख्न सक्छन् । अगाडि पूरै जलेका सवारी साधनको थुप्रो छ । आधा जलेका र भाँचिएका टेबल कुर्सी असरल्ल छन् । कर्मचारी बस्ने ठाउँ छैन । धेरै कर्मचारीको मुहार अझै खुल्न सकेको छैन । असरल्ल जलेको गाडीकै अगाडि एक छेउमा पाल टाँगिएको छ । पालमुनि काठका टेबल कुर्सी...
वडा अध्यक्ष नरेन्द्र थापाले परिवारलाई बुझाए अलपत्र परेका अमृतलाई
पोखरा । पाँच महिनादेखि युनाईटेड अरब इमिरेट्स (यूएई) मा अलपत्र परेका पोखरा महानगरपालिका वडा नंं २६ का अमृत रानाभाटलाई उद्धार गरेर परिवारलाई बुझाइएको छ । वडा नंं २६ का अध्यक्ष नरेन्द्र थापाले युएई देखि रानाभाटलाई उद्धार गरेर ल्याई मंगलबार परिवारलाई बुझाएका हुन । रानाभाट सन् २०२३ मा रोजगारीको शिलशिलामा जिप्सन वोर्ड हेल्परको कामका लागि युएई...
संविधान दिवस भव्य रुपमा मनाउन एमालेको आह्वान
काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले यस वर्षको संविधान दिवसलाई भव्य र विशेष ढङ्गले मनाउन आफ्ना सबै तहका कमिटीलाई निर्देशन दिएको छ। पार्टी महासचिव शंकर पोखरेलले  मंगलबार जारी गरेको विज्ञप्तिमा  वर्तमान संविधान नेपाली जनताको ऐतिहासिक बलिदान र सङ्घर्षको उपलब्धि भएको उल्लेख गर्दै यसलाई लोकतान्त्रिक गणतन्त्र  र राष्ट्रिय सार्वभौमिकताको आधारशिला बताइएको छ। एमालेले हालै २३...
राष्ट्रिय शोकमा आज राष्ट्रिय झन्डा आधा झुकाइने
काठमाडौं । जेनजीबाट भएको प्रदर्शनका क्रममा ज्यान गुमाउनेको सम्मानमा बुधबार (आज) सरकारले शोक मनाउँदै छ । मृतकको सम्मानस्वरूप बुधबार नेपालभरका सरकारी कार्यालय, विदेशस्थित नेपाली दूतावास र नियोगमा सार्वजनिक बिदा दिने र राष्ट्रिय झन्डा आधा झुकाउने सरकारले यसअघि नै निर्णय गरिसकेको छ । भ्रष्टाचार नियन्त्रण, सुशासन तथा पारदर्शिताको माग गर्दै जेनजीले भदौ २३ गते राजधानीमा प्रदर्शन गरेका थिए ।...
इजरायलविरुद्ध ५० मुस्लिम देशको भेला कतारमा
पचास मुस्लिम देशका नेताहरू इजरायल विरुद्धको विशेष बैठकका लागि कतारको राजधानी दोहामा आज भेला भएका छन्। यो बैठक अरब लिग र इस्लामिक सहयोग संगठन (ओआईसी) ले आह्वान गरेको हो। यसको उद्देश्य सेप्टेम्बर ९ मा कतारमा इजरायली आक्रमणको जवाफ दिनु हो। यस आक्रमणमा ५ हमास सदस्य र एक कतारी सुरक्षा अधिकारी मारिएका थिए। गाजामा दुई वर्षदेखि...
जेनजी प्रदर्शनमा मारिने अधिकांशको छाती र टाउकोमा गोली
काठमाडौं । जेन्जी पुस्ताले गरेको आन्दोलनमा मारिएका अधिकांश प्रदर्शनकारीको टाउको र छातीमा गोली लागेको खुलेको छ। शवको पोस्टमार्टममा मृत्युको कारण संवेदनशील अङ्गमा गोली प्रहार देखिएको छ। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल स्रोतका अनुसार टाउको र छातीमा गोली लाग्नेहरूमध्ये अधिकांशको छातीमा गोली लागेको छ। कुनै जलेका र केही लडेर मृत्यु भएकाहरूको शव समेत पोस्टमार्टमका लागि महाराजगन्ज चिकित्सा क्याम्पस...
गण्डकीसहित ५ प्रदेशका केही स्थानमा मध्यम वर्षाको सम्भावना
काठमाडौं । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थान आसपास अवस्थित रहनुका साथै अरब सागर तथा बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाद्वारा जारी ‘बुलेटिन’का अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनुका साथै बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भूभागका केही स्थान र बाँकी भूभागका...
चुनाव गराउन निर्वाचन आयाेग तयारीमा जुट्दै
काठमाडौं । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले निर्वाचनको मिति घोषणा गरेपछि निर्वाचन आयोग आमनिर्वाचनको आन्तरिक तयारीमा जुटेको छ । आयोगले अबको केही दिनभित्रै प्रधानमन्त्रीसँग थप छलफल गर्ने गरी आन्तरिक तयारीलाई तीव्र बनाएको हो । आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले सरकार गठनसम्बन्धी विषय संविधानसँग जोडिएको भन्दै त्यसबारेमा मौन रहे पनि स्रोत साधन उपलब्ध गराइए तोकिएको मितिमा निर्वाचन गराउन आयोग सक्षम...
सुदन समूहले माग्यो प्रधानमन्त्रीको राजीनामा
काठमाडाै‌ं । मनलाग्दी मन्त्रिमण्डल गठन गरेको आरोप लगाउँदै सुदन गुरुङ नेतृत्वको समूहले आइतबार राति बालुवाटार अगाडि जोरदार नाराबाजी गरी प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा मागेको छ। समूहका आन्दोलनकारीहरूले गृहमन्त्रीमा ओमप्रकाश अर्यालको नाममा असहमति जनाउँदै मध्यराति बालुवाटार पुगेर नाराबाजी गरेका थिए। सहभागिहरूले “सहजकर्ता बनेर आएको मानिसलाई किन गृहमन्त्री बनाइयो?” भन्दै आक्रोश सयर गरे र यस्तो नियुक्ति परिवर्तन...
तीन जना मन्त्रीको शपथग्रहण आज
काठमाडौं ।  प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो मन्त्रिपरिषदमा तीन नयाँ सदस्य समावेश गर्ने निर्णय गरेकी छन् । उनले पूर्वअर्थ सचिव रामेश्वर खनाल, नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङ र अधिवक्ता ओमप्रकाश अर्याललाई मन्त्रीको जिम्मेवारी दिने सिफारिस राष्ट्रपतिसमक्ष पठाइसकेकी छिन् । राष्ट्रपति कार्यालयका अनुसार आगामी सोमबार तिनीहरूको शपथग्रहण हुने तय भएको छ । अधिवक्ता अर्याल काठमाडौं...