समाचार

प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ ११ जिल्लाको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ हालसम्म ११ जिल्लाको मतपत्र छपाइ सम्पन्न भएको छ । प्रत्यक्षतर्फ सुदूरपश्चिमका तीन र कर्णालीका आठ गरी ११ जिल्लाको मतपत्र छपाइ सम्पन्न भई ढुवानीको प्रक्रिया सुरु गरिएको निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । सुदूरपश्चिम प्रदेशका बाजुरा, अछाम र डोटी, कर्णाली प्रदेशअन्तर्गत दैलेख,...
पशुपति क्षेत्र विकास कोषमा ‘खल्ती’ का विज्ञ ल्याउने तयारी
काठमाडौं । अन्तरिम चुनावी सरकारका एक मन्त्रीकै संलग्नतामा सनातन हिन्दु धर्मावलम्बीको पवित्र धार्मिकस्थल पशुपतिनाथमा गैरकानुनी रूपमा विज्ञ र कानुनी सल्लाहकार नियुक्तिको तयारी गरिएको खुलेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनसहित ४ वटा मन्त्रालय सम्हालेका सर्वोच्च अदालतका पूर्वन्यायाधीश अनिलकुमार सिन्हा र पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव प्रकाशमणि शर्माको मिलेमतोमा गैरकानुनी नियुक्ति गर्न लागिएको हो ।...
उच्च पहाडी भेगका एकदुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना
 काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा कुहिरो लागेको छ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भागमा आंशिक बादल लागेको छभने बाँकी भागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो तराई...
गण्डकी र कोशीका उच्च पहाडी तथा हिमाली भू–भागमा हिमपातको सम्भावना
काठमाडौँ, १७ माघ : हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । हाल तराई भू–भागका केही स्थानहरूमा हुस्सु/कुहिरो रहेको छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भू–भागमा आंशिक बादल लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो तराई भू–भागका धेरै स्थानहरूमा हुस्सु/कुहिरो रहनेछ । कोशी, मधेश, बागमती, गण्डकी र...
प्रतिनिधिसभा निर्वाचन ३८ दिन बाँकीः
संयुक्त निर्वाचन सञ्चालन केन्द्रले थाल्यो काम
काठमाडौँ ।  आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसा सदस्य निर्वाचनका सम्बन्धमा कुनै समस्या आएमा तत्काल समाधानका लागि निर्वाचन आयोगले संयुक्त निर्वाचन सञ्चालन केन्द सञ्चालनमा ल्याएको छ । आयोग परिसरमा स्थापना भएको सो केन्द्रमा निर्वाचनका सम्बन्धमा देखिने सबै प्रकारका समस्या तत्काल समाधान गरिने जनाइएको छ । आयोगले संयुक्त निर्वाचन सञ्चालन केन्द्र आइतबार मात्रै स्थापना...
२४ घण्टामा देशभर विपद्का २४ घटना, सबैभन्दा बढी आगलागी
काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर २४ वटा विपद्का घटना घटेका छन् । हिमाली तथा उच्च पहाडी जिल्लामा हिमपातका कारण जनजीवन समेत प्रभावित भएको छ । विपद्का अधिकांश विवरणमा आगजनीका घटना शीर्ष स्थानमा छ । हिउँदको समयमा आगलागीका घटनामा उल्लेख्य बृद्धि हुने र जनधनको समेत क्षति हुने गरेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले...
राष्ट्रिय सभामा शक्ति सन्तुलन फेरियो, कांग्रेस पहिलो पार्टी
काठमाडौँ । राष्ट्रिय सभामा दलगत हैसियतमा परिवर्तन आएको छ । हिजो सम्पन्न एक तिहाइ सदस्यको निर्वाचनपछि नेपाली कांग्रेस माथिल्लो सदनको सबैभन्दा ठूलो दल बनेको छ । यसअघि सबैभन्दा ठूलो दल रहेको नेकपा (माओवादी केन्द्र) अब दोस्रो स्थानमा पुगेको छ । निर्वाचन आयोगका अनुसार माघ ११ गते भएको निर्वाचनबाट छ वर्षे कार्यकालका लागि १८ जना सदस्य...
माघ शुक्ल पञ्चमीमा श्रीपञ्चमी पर्व मनाइँदै
काठमाडौँ ।  प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी अधिष्ठात्री देवी सरस्वतीको विधिपूर्वक पूजा आराधना गरी आज देशभर मनाइँदैछ । वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या बुद्धि बढ्ने विश्वास रहेको छ । आज देशभरका सरस्वती मन्दिरमा पूजा आराधना गर्न श्रद्धालुको भीड लाग्छ । विद्यालय नपठाइएका साना बालबालिकालाई आजकै दिनदेखि अक्षरारम्भ गराउने चलन...
त्रिशूलीमा गडेको बस निकाल्न कटिङ आवश्यक : विज्ञ
चितवन। डेढ वर्ष अघि त्रिशूली नदीमा खसेर बेपत्ता भएको बस नदी किनारमा भेटिए पनि त्यसलाई निकाल्न सकिएको छैन । नारायणगढ मुग्लिन सडकको भरतपुर महानगर पालिाका वडा नम्बर २९ को सिमलतालबाट त्रिशूलीमा खसेको बस  दस दिन अघि घटनास्थल नजिकै त्रिशूली नदी किनारमा भेटिएको थियो । बसको माथिल्लो भाग देखिएपछि निकाल्न लागेको उद्धार टोलीलाई अहिलेसम्म सफलता हात लाग्न...
देशभर ५ जना विरुद्ध उजुरी दर्ता
काठमाडौं  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता गरेका ३ हजार ४८७ उम्मेदवारमध्ये ५ जना विरुद्ध उजुरी परेको छ । निर्वाचन आयोगका अनुसार मङ्गलबार १६५ वटै निर्वाचन क्षेत्रमा मनोनयन पत्र दर्ता गराएका उम्मेदवारहरूमध्ये ४ जिल्लाका ५ जना विरुद्ध योग्यता सम्बन्धी प्रश्न उठाउँदै उजुरी दर्ता गरिएको हो । उजुरी पर्नेमा सुनसरी, रौतहट,...