समाचार

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दुई तिहाइ नजिक
काठमाडौं ।  फागुन २१ गते भएकाे प्रतिनिधि सभा निर्वाचनमा प्रत्यक्ष र समानुपातिक सिटहरू जोड्दा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दुई तिहाइ नजिक पुगेको छ । प्रत्यक्षतर्फ १०२ सांसदहरू जितिसकेको रास्वपा २३ ठाँउमा अग्रता लिइरहेको छ । दुवै जोड्दा उसले १ सय २५ सांसद जित्ने सम्भावना बलियो छ । उसले अग्रता नलिएका ९ स्थान बाँकी छन्, ती...
कुन कुन दल बन्दैछन् त राष्ट्रिय दल ?
 काठमाडौं । देशभरि करिब २५ प्रतिशत समानुपातिक प्रणालीको मतगणना भइरहँदा पाँच वटा राजनीतिक दलहरू मात्रै ‘राष्ट्रिय दल’ बन्न अग्रसर देखिएका छन् । निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली कांग्रेस, नेपका एमाले, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ३ प्रतिशतको थ्रेसहोल्ड कटाएका हुन् । प्रतिनिधिसभामा राष्ट्रिय...
रास्वपाका विराजभक्त श्रेष्ठ काठमाडौं-८ बाट विजयी
काठमाडौं क्षेत्र नम्बर ८ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का विराजभक्त श्रेष्ठ प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन्। निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम नतिजा अनुसार उनी भारी मतान्तरले विजयी भएका हुन्। उनी यसअघि पनि सोही निर्वाचन क्षेत्रबाट सांसद चुनिएका थिए। श्रेष्ठले २४ हजार ५९२ मत प्राप्त गरे। उनले आफ्ना निकटतम प्रतिस्पर्धीलाई निकै पछाडि पारेका...
रुकुम पूर्वमा नेकपाका संयोजक प्रचण्ड विजयी
रुकुम पूर्व । प्रतिनिधिसभा सदस्य निर्वाचनमा रुकुम पूर्वबाट नेपाल कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विजयी भएका छन् । बिहीबार सम्पन्न निर्वाचनको मतगणनामा उनले १० हजार २४० मत प्राप्त गरी विजयी भएका हुन् । सो निर्वाचन क्षेत्रमा खसेको १९ हजार १८८ मत गणना गर्दा संयोजक दाहालले आफ्ना निकटतम प्रतिद्वन्द्वीलाई ६ हजार ७७८ मतले पछि...
देशका अधिकांश भागमा आज मौसम सफा रहने
काठमाडौँ। जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशका अधिकांश भागमा आज मौसम सफा रहने पूर्वानुमान गरेको छ । साथै मुलुकका पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । कोशी प्रदेशका हिमाली, पहाडी र तराई भागमा आंशिक बदलीदेखि मुख्यतया सफा मौसम रहने जनाइएको छ भने मधेस प्रदेशका तराईका...
अनिवार्य रूपमा मताधिकार प्रयोग गर्न प्रधानमन्त्रीको आग्रह
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले अनिवार्य रूपमा आफ्नो मताधिकार प्रयोग गर्न आम मतदाताहरुलाई आग्रह गर्नुभएको छ ।उहाँले आज सामाजिक सञ्जालमार्फत आम मतदाताहरुलाई आफ्नो मताधिकार प्रयोग गर्न आह्वान गर्दै भन्नुभएको छ, “आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू, आज फागुन २१, अनिवार्य रूपमा मतदान केन्द्र पुगी आफ्नो अमूल्य मताधिकार प्रयोग गर्न हार्दिक आग्रह गर्दछु ।” प्रधानमन्त्री कार्कीले मतदाताको प्रत्येक...
आज तराईमा हुस्सु, पहाडमा बादल लाग्ने
पोखरा ।  हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको उच्च चापीय प्रणालीको प्रभाव रहेको छ । हाल कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बादल लागेको र ती भूभागलगायत बाँकी भूभागहरूमा तुवाँलो पनि लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तराईका केही स्थानमा आज दिउँसो हुस्सु रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी...
खाडी क्षेत्रमा रहेका नेपालीलाई विवरण भर्न आग्रह
काठमाडौँ । मध्यपूर्वमा विकसित परिस्थितिलाई ध्यान दिँदै परराष्ट्र मन्त्रालयले सञ्चालनमा ल्याएको पोर्टललाई खाडी क्षेत्रका विभिन्न दूतावासले आवश्यक प्रचारप्रसार र समन्वय गरेका छन् । नेपाली दूतावास रियादले नेपालीको नाम दर्ताका लागि पोर्टल सञ्चालनमा ल्याएको जानकारी दिँदै आवश्यक सूचना उपलब्ध गराउन नेपाली श्रमिकलाई आग्रह गरेको छ । दूतावासका अनुसार नेपाली नागरिकको अवस्थासम्बन्धी तथा आवश्यक कारबाहीको प्रयोजनका लागि...
निर्वाचन आउन १ दिन बाँकी
 सार्वजनिक बिदाका दिन बैंक खुल्ने 
काठमाडौँ ।  निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई सहज बनाउनका लागि बैंक तथा वित्तीय संस्थासँग सम्बन्धित शाखालाई नियमित सञ्चालनको आवश्यक व्यवस्था मिलाइएको जनाएको छ । यही फागुन २१ गतेका दिन हुने प्रतिनिधिसभा सदस्यको आमनिर्वाचनलाई मध्यनजर गरी सरकारले तीन दिन सार्वजनिक बिदा दिएको छ । फागुपूर्णिमा तथा अन्य सार्वजनिक बिदाका कारण सो अवधिमा वित्तीय पक्षका सारभूत कार्य...
तराई मधेशमा आज होली पर्व मनाइँदै
पोखरा ।  रंगहरूको पर्व होली आज तराई–मधेशका जिल्लाहरूमा मनाइँदै छ । पहाडी र हिमाली जिल्लाहरुमा सोमबार नै होली मनाइएको थियो । त्यसको एक दिनपछि तराईमा होली मनाउने चलन छ । होलीको अवसरमा सरकारले आज तराई मधेशका जिल्लाहरूमा सार्वजनिक बिदा दिएको छ । पहाडी जिल्लामा सोमबार सार्वजनिक बिदा थियो । स्थानअनुसार मनाइने होलीको नाम पनि फरक–फरक...