समाचार

गुरुङ र मगर भाषालाई सरकारी मान्यता दिने तयारी : मन्त्री थापा
पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले गुरुङ र मगर भाषालाई सरकारी कामकाजको भाषा बनाउने तयारी भइरहेको बताए । तमु ल्होसारका अवसरमा पोखरामा आयोजित कार्यक्रममा बोल्दै मन्त्री थापाले यस विषयमा कानुन निर्माण प्रक्रिया अघि बढाउने बताएका हुन् ।मन्त्रीका अनुसार गुरुङ र मगर समुदायको सांस्कृतिक, भाषिक पहिचानलाई जोगाउन तथा संरक्षण...
पोखराकाे होटल पौवामा नयाँ वर्ष साँझ भाेलि हुँदै 
पोखरा । पोखरा लेकसाईडमा रहेको होटल पौवाले अंग्रेजी नयाँ वर्षको अवसरमा साँस्कृतिक कार्यक्रम गर्ने भएको छ । अंग्रेजी नयाँ वर्ष २०२५ को शुभारम्भका अवसरमा होटलले पुस १६ साँझ ७ बजेदेखि १२ बजेसम्म बृहत सांस्कृतिक कार्यक्रम गर्ने होटल पौवा पोखराका प्रबन्धक केशव भण्डारी जानकारी दिए । कार्यक्रममा गायक सुरज थापा एण्ड ब्याण्डको साँगितिक प्रस्तुति रहने उनले...
तमु ल्होछारका अवसरमा विशेष पुरस्कार तथा सम्मान
पोखरा ।गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले नेपाली समाजको विविधता र सांस्कृतिक परम्परा विश्व समुदायका लागि पनि महत्वपूर्ण पूँजी रहेको बताउनुभएको छ । उहाँले परम्परागत पर्वको मौलिकता जोगाइराख्नु मुख्य चुनौती रहेको पनि उल्लेख गर्नुभयो । तमुहरूको महान पर्व तमु ल्होछारको अवसर पारी तमु धिँ नेपाल, केन्द्रीय कार्यालय पोखराले आयोजना गरेको ल्होछार विशेष पुरस्कार तथा सम्मान वितरण...
पोखराको फेवातालमा आजदेखि ड्रागन बोट रेस
पोखरा ।   पोखरामा दोस्रो संस्करणको ‘नेपाल–चीन मैत्रीपूर्ण ड्रागन बोट रेस फेस्टिभल’ आज सुरु हुँदैछ ।नेपाल र छिमेकीमूलुक चीनबीचको सांस्कृतिक तथा जनस्तरसम्मको सम्बन्ध सुमधुर बनाउँदै नेपालको पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले फेस्टिभल आयोेजना गरिएको हो । पोखराको प्रमुख पर्यटकीय गन्तव्य फेवातालमा हुने उक्त फेष्टिभलमा नेपाल, चीन र सिङ्गापुरका खेलाडी सहभागी हुँदैछन् । प्रतियोगिता यही पुस १५ गतेसम्म सञ्चालन...
५ करोडको लागतमा आवासीय ज्येष्ठ नागरिक सेवा केन्द्र निर्माण
पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिका–१ देउपुजेमा सुविधासम्पन्न आवासीय ज्येष्ठ नागरिक सेवा केन्द्र निर्माण गरिएको छ । स्विजरल्यान्डका किसानहरुको संस्था एहमान फाउन्डेसनको पाँच करोड आर्थिक सहयोगमा बनेको ‘नाना मोहन ज्येष्ठ नागरिक सेवा केन्द्रको सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गरे । सो अवसरमा उनले मुख्य दलहरुबीचको सहमतिबाट नै संविधान संशोधन प्रक्रिया अघि बढ्ने बताए...
उच्च पहाडी र हिमाली भेगमा हल्का हिमपातको सम्भावना 
पोखरा । देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको तथा कोशी प्रदेशलगायत पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने छ । देशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।...
आज शुक्रबार पनि रविको बयान लिइने
पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले सहकारी ठगीमा आफ्नो संलग्नता नभएको इन्कारी बयान दिएका छन् । जिल्ला अदालतले लामिछानेसँग बिहीबार बयान लिएको हो । लामिछानेले सहकारी ठगीका घटनामा कुनै पनि किसिमको संलग्नता नभएको र आफू निर्दोष रहेको दाबी गरेका छन् । उनको बयान भने बिहीबार सकिएन । शुक्रबार लामिछानेको बयान निरन्तर हुने...
टेक अफको भ्रम हट्याे
‘एयरबस ३१९’ जहाजले गर्‍याे फुल लोडसहित पोखरा विमानस्थलबाट टेक अफ
पोखरा । सञ्चालन भएको २ वर्ष सम्म पनि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित रुपमा व्यावसायिक उडान नभएपछि विमानस्थलको निर्माण र प्राविधिक पक्षबारे विभिन्न अड्कल बाजी र भ्रम छरिएको छ । नियमित अन्तर्राष्ट्रिय उडान हुन नसकेपनि हिजोसम्म गरेर ८ वटा अन्तर्राष्ट्रिय चार्टर्ड उडान भएका छन् । विषेशगरी पोखरामा हुने अन्तर्राष्ट्रिय स्तरका महत्वपूर्ण इभेन्ट भएका बेला विशेष गरी...
यस्तो छ आजको लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
काठमाडौं, नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य आज पनि बढेको छ । युरोपियन युरो, क्यानेडियन डलर, चिनियाँ युआन, साउदी अरेबियन रियाल, कतारी रियाल, थाई भाट, युएई दिराम, मलेसियन रिङ्गेट, डेनिस क्रोनर, कुवेती दिनार, बहराइन दिनार, ओमनी रियालको मूल्य पनि बढेको छ ।...
चाडपर्वले राष्ट्रिय एकतालाई थप मजबुत बनाउन सहयोग पुग्छः राष्ट्रपति
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले चाडपर्वहरूको माध्यमबाट विविध सांस्कृतिक पहिचान एवं धार्मिक आस्था बोकेका समुदायबीच आपसी सद्भाव, सहिष्णुता र ऐक्यबद्धताको भावना अभिवृद्धि गर्न सहयोग पुग्ने उल्लेख गर्नुभएको छ । ‘क्रिसमस डे’ को अवसरमा इसाई धर्मावलम्बीहरुमा सुख, शान्ति एवं सुस्वास्थ्यको शुभकामना व्यक्त गर्दै उहाँले यस्ता पर्वहरुले राष्ट्रिय एकतालाई थप मजबुत तथा सुदृढ बनाउन सहयोग पुग्ने बताउनुभएको...