समाचार

वर्षाका कारण देशभरका आठ राजमार्ग पूर्णरूपमा अवरुद्ध
काठमाडौँ  ।  मुलुकभर परेकोे अविरल वर्षाका कारण आएको बाढीपहिरोबाट देशभरका आठ राजमार्ग पूर्णरूपमा अवरुद्ध भएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार गएरातिदेखि परेको अविरल वर्षाका कारण देशभरका आठ मुख्य राजमार्ग अवरुद्ध भएका हुन् । अवरोध हुनेमा सङ्खुवासभाको भोटखोला गाउँपालिकास्थित कोशी राजमार्ग, रसुवाको गोसाइँकुण्ड गाउँपालिकास्थित नेपाल चीन नाका जोड्ने पुल, रसुवाकै पासाङ ल्हामु राजमार्ग, सिन्धुपाल्चोकको भोटेकोशी...
सिन्धुलीको गोलन्जोर गाउँका एकै परिवारका १६ जना हराए
सिन्धुली ।  सिन्धुलीको गोलन्जोर गाउँपालिकामा एकै परिवारका १६ जना गाउँबाटै हराएपछि प्रहरीले खोजतलास सुरु गरेको छ । गोलन्जोर गाउँपालिका-६ स्थित छेत्पा नजिक भण्डास बिप्पर कटेरी भन्ने ठाउँमा बसोबास गर्दै आएकी उर्मिला हायुको १६ जनाको परिवार सोमबार बिहानदेखि हराएको भन्ने सूचना स्थानीयले जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा गरेका थिए । सोही सूचनाको आधारमा प्रहरी टोली हायुको घरमा...
गोसाइँकुण्डमा डुबेका दुईको शव निकालियो
काठमाडौं। रसुवा जिल्लाको  गोसाइँकुण्ड गाउँपालिका वडा नं. ५ स्थित प्रसिद्ध धार्मिकस्थल गोसाइँकुण्डमा स्नान गर्ने क्रममा डुबेका दुई तीर्थालुको शव निकालिएको छ । साउन ११ गते शनिबार नुहाउने क्रममा डुबेर हराएका दुई जनाको खोज तथा उद्धार कार्यका लागि नेपाली सेना, श्रीनाथ गणबाट खटिएको टोलीले स्थानीय स्रोत र साधनको प्रयोग गरी कुण्डबाट शव निकालेका हो । नेपाली...
भारतको हरिद्वारको एक मन्दिरमा भागदौड मच्चिँदा छ जनाको मृत्यु
हरिद्वार । भारतको उत्तराखण्ड राज्यमा रहेको एक प्रसिद्ध हिन्दू मन्दिरमा आइतबार भीडभाड भई भागदौड मच्चिँदा कम्तीमा छ जनाको मृत्यु भएको छ । हिन्दू धर्मावलम्बीको पवित्र शहर हरिद्वारस्थित गङ्गा नदीको किनारमा रहेको मनसा देवी मन्दिर जाने सिँढीमा भागदौड मच्चिँदा कैयौँ घाइते भएका छन् ।  “छ जनाको मृत्यु भएको छ भने १० भन्दा बढी घाइतेलाई अस्पतालमा भर्ना गरिएको...
नेपालका लागि एआई विलासिता होइन, समानता, रूपान्तरण र न्यायको साधन हो: सञ्चार मन्त्री गुरुङ
चीन । चीनको सांघाई वर्ल्ड आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सम्मेलन २०२५ लाई यही साउन १० गते सम्बोधन गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले एआईका उपलब्धिहरूको पहुँचमा समानताको वकालत गर्नु भएको छ। मन्त्री पृथ्वीसुब्बा गुरुङले यस सन्दर्भमा भन्नुभयो, “एआईका उपलब्धिहरूमा सबैलाई लाभ दिनु पर्छ। हामी विकासशील राष्ट्रहरूका लागि कम्प्यूटिङको शक्ति, ओपन मोडलहरू र डेटा सेटहरू...
एमाले सचिवालय बैठक च्यासलमा सुरु
काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक  सुरु भएको अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जानकारी दिएको छ । बैठकमा पार्टीको विधान महाधिवेशनको एजेण्डामा आजदेखि औपचारिक छलफल सुरू हुँदेछ । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार साउन २ र ५ गते बस्ने पोलिटब्युरो र केन्द्रीय...
साउने संक्रान्ति पर्व आज मनाइँदै
आज साउन १ गते । साउने  सङ्क्रान्ति पर्व आज  मनाइँदै छ । सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन देशभर साउने सङ्क्रान्तिका रूपमा मनाउने परम्परा छ । साउनदेखि नै सूर्य दक्षिण हुँदै हिँड्ने भएकाले आजैदेखि दक्षिणायन सुरु हुन्छ । १ माघमा सुरु हुने उत्तरायण र १ साउनमा सुरु हुने दक्षिणायनका...
गण्डकीमा उद्योग, शिक्षालय र प्रशिक्षार्थी पुरस्कृत
पोखरा । गण्डकी प्रदेश सरकार अन्तर्गत सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयको आयोजनामा ‘दिगो तथा सम्मानित रोजगारीका लागि सीप परियोज. ना’ अन्तर्गत औद्योगिक प्रशिक्षार्थी तालिम (अपे्रन्टिशीप) कार्यक्रमका उत्कृष्ट शिक्षालय, उद्योग र प्रशिक्षार्थीलाई एक कार्यक्रममा सम्मान गरिएको छ । शिक्षालय तर्फ निर्मल मावि, व्यास तनहुँ प्रथम घोषित हुँदै रु ५० हजारसहित सम्मानित भयो भने धवलागिरी बहुप्राविधिक...
तीन लाख घुस सहित वडाध्यक्ष पक्राउ
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीन लाख घुस रकम सहित रुपन्देहीको मर्चवारी गाउँपालिका वडा नं ३ का वडा अध्यक्ष जनार्दन यादवलाई पक्राउ गरेको छ । योजनाहरूको निर्माण कार्य सम्पन्न पश्चात् भुक्तानी सिफारिस गर्ने प्रयोजनार्थ सेवाग्राहीसँग मोलमोलाइ गरी तीन लाख घुस लिने क्रममा उनलाई पक्राउ गरिएको आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिनुभयो । उनलाई थप...
कास्कीमा अनिवार्य तथा निशुल्क शिक्षाको कार्यान्वयनका लागि अन्तरक्रियाकास्कीमा अनिवार्य तथा निशुल्क शिक्षाको कार्यान्वयनका लागि अन्तरक्रिया
कास्कीमा अनिवार्य तथा निशुल्क शिक्षाको कार्यान्वयनका लागि अन्तरक्रिया
पोखरा । कास्की जिल्लामा अनिवार्य तथा निशुल्क शिक्षाको कार्यान्वयनका लागि सरोकारवालासँग सोमबार एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। नेपाल सरकारले २०८५ साल वैशाख १ गतेबाट लागू हुने गरी अनिवार्य तथा निशुल्क शिक्षाको प्रावधान कार्यान्वयनको तयारी थालेको सन्दर्भमा कास्कीमा यो कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा जिल्ला शिक्षा समितिका संयोजक तथा जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर...