समाचार

पोउवा संघद्वारा आन्तरिक राजश्व कार्यालयलाई कम्प्यूटर र ल्यापटप सहयोग
पोखरा । पोखरा उद्योग वाणिज्य संघले आन्तरिक राजश्व कार्यालय पोखरालाई ५ सेट कम्प्यूटर सेटसहित २ वटा प्रिन्टर र एउटा ल्यापटप सहयोग गरेको छ । पोखरा उद्योग वाणिज्य संघका  अध्यक्ष गोकर्ण कार्कीले  आइततबार उद्योगतर्फका उपाध्यक्ष दीनेशचन्द्र बास्तोला,वाणिज्यतर्फका उपाध्यक्ष बलराम आचार्य, महासचिव शोभा गौतम,उपमहासचिव सुदीप प्रधानाङ्ग,कार्यसमितिका सदस्यहरु जीवन श्रेष्ठ,दूधमान गुरुङ‘आशिष’ तथा संघका सहायक निर्देशक सुनिल क्षेत्रीको उपस्थितिमा...
पर्वतको राम्जादेउरालीमा स्वास्थ्य जीवनशैली कार्यक्रम
पर्वत । अस्पताल र औषधीले मात्र मानिस पूर्ण स्वस्थ रहन सक्दैन, त्यसका लागि हाम्रो दैनिक जीवनशैली र खानपान नै मुख्य कडी हो भन्ने सन्देशसहित पर्वतको मोदी गाउँपालिका–७, राम्जादेउरालीमा एक दिने स्वास्थ्य जीवनशैली कार्यक्रम भएको छ । प्रदेश आयुर्वेद चिकित्सालय, फलेवासको आयोजनामा  आइतबार यो कार्यक्रम आयोजना गरिएको हो । अहिलेको समयमा नसर्ने रोगहरूको जोखिम बढ्दै गएका...
फागुन २१ को चुनावको लागि मुख्य निर्वाधन अधिकृत तोकिए, माघ २ भित्र कार्यालय स्थापना हुने
काठमाडौं, आगामी फागुन २१ गते तय भएको निर्वाचन सम्पन्न गराउन निर्वाचन आयोगले जनशक्ति व्यवस्थापनको काम टुङ्ग्याएको छ । आयोगले ७७ जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृतको जिम्मेवारी दिएको हो । आयोगले न्याय परिषद्को सल्लाहमा ७७ जना जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृतको रूपमा खटाउने निर्णय गरेको छ । यसैगरी, न्याय सेवा आयोगको परामर्शमा नेपाल न्याय सेवाका ८८...
सिंहदरबार जान इन्कार गरेका केपी ओलीले घरमै बुझाए लिखित बयान
काठमाडौं। नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अन्ततः जाँचबुझ आयोगलाई आफ्नो बयान दिएका छन् । आयोगले सोधेका प्रश्नहरुको जवाफ ओलीले लिखित रुपमै उपलब्ध गराएका हुन् । आयोग सम्बद्ध स्रोतका अनुसार, ओलीले आफ्नो धारणा राखेको पत्र लिएर आयोगको टोली फर्किसकेको छ । सुरुमा सिंहदरबारस्थित आयोगको कार्यालयमा उपस्थित भएर बयान दिन ओलीले अस्वीकार गरेका थिए...
वैशाखमा महाधिवेशन गर्ने कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको निर्णय
काठमाडौँ । कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिले आगामी वैशाख अन्तिम साता महाधिवेशन गर्ने निर्णय गरेको छ । पार्टी कार्यालय सानेपामा शुक्रबार बसेको समितिको बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले चुनावपछि महाधिवेशन गर्नेगरी प्रस्तुत कार्यतालिकासहितको प्रस्ताव बहुमतले पारित गरिएको हो । उक्त कार्यतालिकाअनुसार कांग्रेसको १५ औं महाधिवेशन २०८३ वैशाख २८-३१ मा काठमाडौंमा हुनेछ । यही पुसमा प्रस्ताव गरेको १५औँ महाधिवेशन...
नक्कली नोट कारोबारमा संलग्न ६ जना पक्राउ, ९३ थान हजारको नक्कली नोट बरामद
काठमाडौं । नक्कली नोटको कारोबार गरेकाे आरोपमा प्रहरीले काठमाडौंको गोकर्णेश्वर नगरपालिका–८ अत्तरखेल चोकबाट ६ जनालाई पक्राउ गरेको छ। प्रहरी वृत्त बौद्ध तथा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले मिति २०८२ साल ९ महिना १६ गते राति करिब ९:३० बजे चेकजाँचका क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो। चेकजाँच गर्दा एक हजार दरका नक्कली नोट ९३ थान...
समानुपातिकको बन्दसूची सच्याउन दलकासँग आयोगद्वारा छलफल
काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फको बन्दसूची पेस गरेका राजनीतिक दललाई पालैपालो बोलाएर देखिएका त्रुटि औँल्याउने काम गरिरहेको छ । पेस भएका सूचीको जाँचबुझ र दलका प्रतिनिधिसँगको छलफलपछि देखिएका कमजोरी सच्याएर पेस गर्न यही पुस २० गते औपचारिक पत्राचार गर्ने आयोगले जनाएको छ । आयोगका सहायक प्रवक्ता...
पर्वतको फलेवासमा दुई दिने क्षारसुत्र शिविर, १२३ जनाको स्वास्थ्य परीक्षण
पर्वत। पर्वत जिल्लाको फलेवासस्थित प्रदेश आयुर्वेद चिकित्सालयमा ‘क्षारसुत्र व्यवस्थापन’ अन्तर्गत मलद्वार सम्बन्धी रोगहरूको विशेषज्ञ उपचार तथा स्क्रिनिङ शिविर  भएको छ। पुस १३ र १४ गते सञ्चालित उक्त शिविरमा पाइल्स, फिसर र फिस्टुला जस्ता समस्या भएका बिरामीहरूको विशेषज्ञ चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिएको थियो।चिकित्सालयका प्रमुख डा. किरण कमल बस्ताकोटीको अध्यक्षतामा भएको शिविरको उद्घाटन फलेवास नगरपालिकाका प्रमुख गङ्गाधर...
अंग्रेजी याँ वर्ष सन् २०२६ सुरु, पोखरामा नयाँ वर्षको स्वागत
पोखरा ।  आजदेखि इस्वी संवत्को नयाँ वर्ष सन् २०२६ सुरु भएको छ । येशु ख्रिस्टको जन्म भएको वर्षदेखि पादरी ग्रेगोरियनले सुरु गरेकाले यसलाई ग्रेगोरियन पात्रो भन्ने गरिएको हो । नयाँ वर्ष सन् २०२६ का अवसरमा यो पात्रो अनुसारको चाड पर्व मान्नेले आज एकापसमा शुभकामना आदानप्रदान गरी मनाउँछन् । ग्रेगोरियन पात्रोका आधारमा चलाइएको इस्वी सन् सौरमासका...
आज १३औँ राष्ट्रिय पोसाक एवं टोपी दिवस
काठमाडौँ । आज १३ औँ राष्ट्रिय पोसाक एवं टोपी दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । ‘नेपाली टोपीः हाम्रो पहिचान’ भन्ने नाराका साथ विगत १३ वर्षदेखि युवाले यो दिवस मनाउन थालेका हुन् । नेपाली पहिचानका रूपमा रहेको दौरा, सुरुवाल, टोपी र गुन्यु चोलीलाई युवामाझ स्थापित गर्न विसं २०७० देखि राष्ट्रिय पोसाक एवं टोपी...