Main News 2

सरकारी विज्ञापनमा वार्षिक सवा ३ अर्ब भ्रष्टाचार
काठमाडौँ  । नागरिकलाई सुसूचित गर्न सरकारले गर्ने विज्ञापन प्रकाशन तथा प्रसारणमा मिलेमतो हुँदा राज्य कोषबाट अर्बौं भ्रष्टाचार भइरहेको छ । सरकारी विज्ञापनमा आपसी प्रतिस्पर्धा गर्दा सञ्चारमाध्यमले ९५ प्रतिशतसम्म छुट दिने, उक्त रकमबाट सरकारलाई सहुलियत नहुने, बरु कर्मचारीले बीचमै गैरकानुनी कमिसन लिँदा करिब सवा तीन अर्ब रुपैयाँको भ्रष्टाचार हुने गरेको छ । धेरैभन्दा धेरै पाठकले थाहा पाउने गरी...
प्रधानमन्त्रीसमक्ष चार स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिको सपथ
काठमाडौं । प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीसमक्ष विभिन्न चार स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपतिहरुले आज पद तथा गोपनीयताको सपथ लिनुुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको कार्यक्रममा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राडा विक्रमप्रसाद श्रेष्ठ, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति सह प्रा डा पुजनकुमार रोकाया, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राडा...
एनआइएमबी बैंक तनहुँ जामुने शाखाको वित्तीय साक्षरता कार्यक्रम
तनहुँ । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक तनहुँ जामुने शाखाले वित्तीय साक्षरता कार्यक्रम गरेको छ । तनहुँको म्याग्दे गाँउपालिकामा वित्तीय पहुँच अभिवृद्धि गर्न तथा सुरक्षित, सहज र प्रभावकारी बैकिङ प्रणालीमार्फत जनताको दैनिक जीवन सरल र व्यवस्थित बनाउने उद्देश्यले कार्यक्रम गरिएको हो । वित्तीय साक्षरता कार्यक्रममा महिला जागरण आमा समूह, म्याग्दे–३, धँयरे र बाराही महिला बहुउद्देश्यीय सहकारी...
न्यूयोर्कमा भएको गोलीकाण्डमा प्रहरी अधिकृतसहित ४ जनाको मृत्यु
न्युयोर्क। अमेरिकाको न्यूयोर्कस्थित म्यानह्याटनको मिडटाउनमा भएको गोलीकाण्डमा प्रहरी अधिकृतसहित ४ जनाको मृत्यु भएको छ । गोली चलाउने २७ वर्षीय युवकले आफैंलाई पनि गोली हानेका छन् । ती युवक लासभेगासका रहेको प्रहरीले जनाएको छ । प्रहरीले सार्वजनिक गरेको फोटोमा उनी लामो बन्दुक बोकेर भवनभित्र छिर्दै गरेको देखिन्छ । प्रत्यक्षदर्शीका अनुसार उनी भवनको लबीमा पुग्नासाथ अन्धाधुन्द गोली...
सिन्धुलीबाट बेपत्ता हायू परिवार पोखरामा फेला
पोखरा। सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ छेत्पाबाट चार दिनदेखि सम्पर्कविहीन भएको एकै परिवारका सोह्र जना सदस्य पोखरामा सकुशल फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीले उनीहरूलाई पोखरा महानगरपालिका–३० स्थित गगनगौंडा भन्ने ठाउँबाट फेला पारेको हो । गत शुक्रबारदेखि सम्पर्कविहीन भएको बाउन्न वर्षीया उर्मिला हायूको परिवारलाई खोज्ने क्रममा प्रहरीले उनीहरूको मोबाइलको अन्तिम लोकेसन रामेछापको सिमन्दीछापमा पत्ता लगाएको थियो...
स्वास्थ्य मन्त्रालयले सातै प्रदेशमा पठायो रेबिजबिरुद्धको ५१ हजार भायल खोप
काठमाडाैं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्र्तगतको स्वास्थ्य सेवा विभागले देशका सातै प्रदेशमा रेबिजविरुद्धको भ्याक्सिन तथा सर्पदंश उपचारमा प्रयोग हुने औषधी आपूर्ति गरेको छ । विभाग अन्र्तगतको व्यवस्थापन महाशाखा प्रमुख डा. पवनजंग रायमाझीले यस अघि नै खरिद भएर आर्पूतिका क्रममा रहेको औषधी प्रदेश सरकारहरुका स्वास्थ्य संस्थामा वितरण गर्ने गरी आपूर्ति केन्द्रहरुमा पुगिसकेको बताए । रेबिज तथा...
सिन्धुलीको गोलन्जोर गाउँका एकै परिवारका १६ जना हराए
सिन्धुली ।  सिन्धुलीको गोलन्जोर गाउँपालिकामा एकै परिवारका १६ जना गाउँबाटै हराएपछि प्रहरीले खोजतलास सुरु गरेको छ । गोलन्जोर गाउँपालिका-६ स्थित छेत्पा नजिक भण्डास बिप्पर कटेरी भन्ने ठाउँमा बसोबास गर्दै आएकी उर्मिला हायुको १६ जनाको परिवार सोमबार बिहानदेखि हराएको भन्ने सूचना स्थानीयले जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा गरेका थिए । सोही सूचनाको आधारमा प्रहरी टोली हायुको घरमा...
अपराध
श्रीमतीको हत्या गर्ने जंगे सार्की पक्राउ
पोखरा । पोखरामा श्रीमतीको हत्या गर्ने श्रीमान पक्राउ परेका छन् । पोखरा महानगरपालिका वडा नम्बर २७ रिठ्ठपानी बस्ने ५३ वर्षीया छुनु भनिने जमुना नेपालीको हत्या गर्ने उनकै श्रीमान ५८ वर्षीय जंगे सार्की पक्राउ परेका हुन् । जिल्ल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी श्यामबाबु ओलियाले दिएको जानकारी अनुसार जग्गा बच्ने विषयमा विवाद हुँदा सार्कीले श्रीमतीलाई मुक्का...
पोखराको फूलबारी क्लबको अध्यक्षमा बास्तोला सर्वसम्मत
पोखरा । फूलबारी क्लबको ३४औँ वार्षिक साधारणसभा तथा १७ औँ अधिवेशनले जनार्दन बास्तोलाको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा निर्वाचित गरेको छ । समितिको उपाध्यक्षमा युवराज बास्तोला, सचिवमा सबीना बास्तोला आचार्य, सह–सचिवमा अनन्त राज आचार्य, र कोषाध्यक्षमा रामशरण भट्टराई चयन भएका छन्। सदस्यहरूमा सन्तोष भण्डारी, शिवराज पौडेल, अञ्जु ताम्राकार पौडेल, सुभास बास्तोला, रमेश बास्तोला र सङ्गीता...
आन्तरिक राजस्व कार्यालय परिसरमा करदाता सहायता कक्ष सञ्चालन
पाेखरा । आन्तरिक राजस्व कार्यालयमा करदाता सहायता कक्ष संचालनमा आएको छ । बिहिवार पोखरा उद्योग बाणिज्य संघ र लेखनाथ उद्योग वाणिज्य संघले संयुक्त रुपमा करदाता सहायता कक्षको समुद्धघाटन गरिएको हो । करदातालाई सहजीकरण गर्ने उद्देश्यले नयाँ आर्थिक वर्ष २०८१/८२ को पहिलो दिनदेखि कार्यालय परिसरमा ‘करदाता सहायता कक्ष’ सञ्चालनमा ल्याइएको हो । बिहीबार आयोजित एक कार्यक्रममा...