Main News 2

अमेरिकाको विरोधका बीच जी–ट्वान्टी शिखर सम्मेलन सम्पन्न
अमेरिकाको विरोधकाबीच दक्षिण अफ्रिकाको जोहानेसबर्गमा जी–२० शिखर सम्मेलन सफलतापूर्वक सम्पन्न भएको छ । पहिलोपटक अफ्रिकी महादेशमा हिजो भएको सम्मेलनमा दक्षिण अफ्रिकाले अमेरिका र अर्जेन्टिना बाहेक सबै सदस्य देशलाई संयुक्त घोषणापत्रमा सहमत गराउन सफल भएको रोयर्टसले जनाएको छ । धेरैले घोषणापत्र नआउने अनुमान गरे पनि अन्ततः गरिब राष्ट्रलाई परिवर्तनको दबाब र बाह्य ऋण संकट सामना गर्न...
आहारारा पोखरा गोल्ड कपको रजत वर्ष भव्य बनाउने तयारी
पोखरा । पोखरामा वर्षेनी हुुने आहारारा पोखरा गोल्डको २५ औँ संस्करण आगामी माघको आन्तिम साताबाट हुने भएको छ । आयोजक सहारा क्लब पोखराले सोमबार पत्रकार सम्मेलन गरी दिएको जानकारी अनुसार माघ २७ गतेदेखि फागुन ९ गतेसम्म पोखरा रंगशालामा खेल हुनेछ । सहारा क्लब पोखराका अध्यक्ष केशवबहादुर थापाले अखिल नेपाल फुटबल संघ (एन्फा) ले उक्त तालिकामा...
पुसको पहिलाे सातादेखि लेखनाथ महाेत्सव
पोखरा ।  लेखनाथ उद्योग वाणिज्य संघले पुसको पहिलो साता देखि २१ औँ संस्करणको लेखनाथ महोत्सव गर्ने भएको छ ।  संघले पुसको ३ गते देखि १४ गते सम्म पोखरा २७ को तालचोकमा २१ औँ संस्करणको लेखनाथ महोत्सव गर्न लागेको जानकारी पत्रकार सम्मेलन मार्फत गराएको हाे । कार्यक्रममा संघका अध्यक्ष जानुका पराजुली अधिकारीले लेखनाथ उद्योग वाणिज्य संघले २०५८...
ढाका । शुक्रबार मध्य बङ्गलादेशमा आएको ५.५ म्याग्निच्युडको भूकम्पले कम्तीमा छ जनाको ज्यान गएको र दर्जनौँ नागरिक घाइते भएको अधिकारीले बताएका छन् । राजधानी ढाकाका धेरै भवन भूकम्पको कम्पनले हल्लिएपछि त्रसित बासिन्दा घरबाट बाहिर निस्केर सडकतर्फ दौडिएका थिए । भूकम्प स्थानीय समय अनुसार बिहान १०:३८ बजे ढाकाबाट करिब २५ किलोमिटर (१६ माइल) टाढा रहेको नरसिङ्गडी...
बिगो बुझाएर थुनामुक्त हुन माग गरेको मुद्दाको सुनुवाइ
बुटवल । बुटवलको सुप्रिम सहकारी संस्थाको रकम ठगी र संगठित अपराध अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र छविलाल जोशीको मुद्दा उच्च अदालत बुटवलको ३ नम्बर इजलासमा परेको सुनुवाइ स्थगित भएको छ । बिहीबारको सुनुवाइ तुलसीपुर उच्च अदालत बुटवल इजलासका न्यायाधीश मिलनकुमार राई र सानुमाया डंगोलको इजलासमा परेको थियो । तर, लामिछानेका कानुन...
पोखरासहित देशभरकाे मौसम सफा रहने अनुमान
पोखरा । आज बिहीबार देशभर कुनै मौसम प्रणालीको उल्लेखनीय प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने बताएको छ । त्यसैगरी, आज राति देशभरको मौसम सामान्यतया सफा रहने छ ।
पोखरा विमानस्थलको २ अर्ब २२ करोड बेरुजु ठेकेदारको भुक्तानीबाटै कटौती हुने
पोखरा । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा भन्सार र मूल्य अभिवृद्धि कर (भ्याट) छुटका नाममा देखिएको २ अर्ब २२ करोड ४० लाख रुपैयाँको बेरुजु अब ठेकेदार कम्पनीकै बाँकी भुक्तानीबाट कटौती गर्ने तयारी भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणको २०८२ कार्तिक १३ गते बसेको बैठकले चाइना सीएएमसी इन्जिनियरिङ कम्पनी लिमिटेडलाई भुक्तानी गर्न बाँकी रकमबाट सो...
पोखराको न्युरोडमा दुवै साइड पार्किङ हुनुपर्ने माग गर्दै व्यवसायीको ध्यानाकर्षण
पोखरा । पोखरा न्युरोडका ब्यवसायीहरुले एकतर्फी पार्किङका कारण व्यवसायीहरु पलायन हुने क्रम बढेको भन्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन । पोखरा सभागृह देखि बिपी चोक सम्म पश्चिम साइडका झण्डै २ सय व्यवसायीहरुले न्युरोडमा एकतर्फी पार्किङका कारण व्यवसाय सञ्चालनमा अफठेरो परेका कारण पलायन हुने क्रम बढेको भन्दै जिल्ला प्रशासन कार्यालय कास्की, जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्की,...
विभाजनको सँघारमा नेकपा एकीकृत समाजवादी
काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग पार्टी एकता गर्ने निर्णयले नेकपा एकीकृत समाजवादी नेकपा (एस) विघटनको सँघारमा पुगेको छ । नेकपा (एस)सँगै माओवादी केन्द्रमा पनि एकता प्रक्रिया नै स्थगनको माग गरिएको छ । नेकपा (एमाले) बाट चार वर्षअघि विद्रोह गरेर नेकपा (एस) पार्टी स्थापना भएको थियो । शुक्रबार केन्द्रीय कमिटीले माओवादी केन्द्रसँग एकता गर्ने नीतिगत निर्णय गरेपछि...
गीतकार  आरजु विष्टलाई सम्मान गरिने
पोखरा। यस वर्षको गीतकार सम्मान आरजु विष्ट ‘सल्यानी’ लाई प्रदान गरिने भएको छ । गीतकार प्रतिष्ठान, नेपालले आफ्नो तेस्रो अधिवेशन तथा पाँचौँ साधारण सभाको अवसर पारेर कार्तिक १५ गते शनिवार पोखरामा गीतकार सल्यानीलाई ५ हजार ५५५ रुपियाँ, दोसल्ला र सम्मानपत्रसहित गीतकार सम्मान २०८२ प्रदान गर्ने भएको हो । प्रतिष्ठानका संस्थापक अध्यक्ष हरिहर खनियाको संयोजकत्वमा गीतकार सरस्वती श्रेष्ठ...