Main News 2

गुरुङ र मगर भाषालाई सरकारी काममा प्रयोग गर्न तमु धिं नेपालको माग
पोखरा । गण्डकी प्रदेशमा गुरुङ र मगर भाषालाई सरकारी कामकाजमा प्रयाेगमा ल्याउनका लागि आवश्यक ऐन कानुन कार्यविधि छिटो निर्माण गर्न तमु धिं नेपालले माग गरेको छ । तमु धिंले गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेलाई ज्ञापन पत्र बुझाएर उक्त माग गरेको हो । भाषा आयोगले संविधानत् गण्डकी प्रदेश सरकारलाई नेपाली भाषा बाहेक गुरुङ र मगर भाषा...
म्याग्दीको बेनी नगरपालिकामा यो वर्ष ३ सय योजना कार्यान्वयनमा
म्याग्दी । म्याग्दीको बेनी नगरपालिकाले यो वर्ष तीन सय तीन वटा पूर्वाधार सम्बन्धी योजना कार्यान्वयन गर्दैछ । गत असारको नगरसभाबाट छनौट भई बजेट बिनियोजन भएका वडा स्तरीय दुई सय ७१ मध्य ४७ वटा सम्झौता र नगर स्तरीय ३२ मध्य आठ वटा ठेक्का प्रक्रीयामा रहेका नगरपालिकाले जनाएको छ । सडक, खानेपानी, सिचाई, पहिरो तथा नदी नियन्त्रण,...
पोखरा पालिखेचोकको प्रतिभा माविमा विज्ञान प्रदर्शनी
पोखरा । पोखराको पालिखेचोकस्थित प्रतिभा माविमा विज्ञान प्रदर्शनी  गरिएको छ । विद्यार्थीमा नयाँ ज्ञान र खोजसहितको प्रतिभा बाहिर ल्याउनका लागि विज्ञान प्रदर्शनी आयोजना गरिएको विद्यालयले बताएको छ । विद्यालय संचालक समितिका अध्यक्ष नारायण पौडेल र राष्ट्रिय परीक्षा बोर्डका गण्डकी प्रमुख गोविन्दराज पोखरेलले उक्त प्रदर्शनीको उद्घाटन गरेका थिए । विद्यालयका प्राचार्य किरण सापकोटाले विद्यार्थीमा लुकेको प्रतिभा...
जातीय विभेदको समस्यालाई साझा समस्याका रूपमा लिनुपर्दछः प्रदेश प्रमुख भट्ट
पोखरा । राष्ट्रिय दलित आयोगको प्रतिवेदन गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष पेश गरिएको छ । आयोगका सदस्य एवं प्रवक्ता सुन्दर पुर्कुटीले एक कार्यक्रमका बीच प्रदेश प्रमुख भट्टलाई आयोगको चौथो वार्षिक प्रतिवेदन पेश गरेका हुन् । नेपालको संविधानको धारा २९४ को उपधारा (३) बमोजिम आर्थिक वर्ष ०८०/८१ को प्रतिवेदन पेश भएको हो । प्रतिवेदन बुझ्नुहुँदै प्रदेश...
कार्यभार सम्हाल्नुअघि नै विवादमा डोनाल्ड ट्रम्प
वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले कार्यभार सम्हाल्नुअघि नै उनको कतिपय निर्णयलाई लिएर विवाद सुरु भएको छ । ट्रम्प पहिलादेखि नै यौन काण्डमा मुछिएका थिए । यसैबिच उनले आफ्नो सरकारमा यौन दुर्व्यवहारको आरोप लागेको व्यक्तिहरूलाई मनोनयन गरेका छन् । यस्तो अवस्थामा विवाद चर्किएको छ । ट्रम्पले भर्खरै म्याट गेट्जलाई महान्यायाधिवक्ताको रूपमा नियुक्त गरेका...
मैत्रीपूर्ण फुटबलमा नेपालसँग अफगानिस्तान पराजित
काठमाण्डौं ।  नेपालले मैत्रीपूर्ण फुटबलमा अफगानिस्तानलाई हराएको छ । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा नेपालले अफगानिस्तानलाई २—० गाेलले पराजित गरेको हो । ताजिकिस्तानको दुशान्बेमा भएको खेलमा नेपालका फरवार्ड जिलेस्पी जङ्ग कार्की र रोहित चन्दले एक–एक गोल गरे । नेपाल पहिलो खेलमा घरेलु टोली ताजिकिस्तानसँग ४–० गोलले पराजित भएको थियो । नेपालले पछिल्लो दुई फिफा विन्डोमा खेल्न...
मंसिर महिनाका लागि ब्याजदर घटाए बैंकहरूले
काठमाडौं ।  मङ्सिर महिनाका लागि वाणिज्य बैंकहरूले ब्याजदर घटाएका छन् । कात्तिकमा २० वटा वाणिज्य बैंकको औसत ब्याजदर ६ दशमलव १८ प्रतिशत रहेकोमा मङ्सिरमा शून्य दशमलव २० प्रतिशतले घटेर ५ दशमलव ९८ प्रतिशत कायम हुने भएको छ । यसअघिका महिनाहरूमा समेत लगातार ब्याजदर घटाएका बैंकहरूले मङ्सिरका लागि पनि ब्याजदर घटाएका हुन् । बैंकमा पैसा थुप्रँदै...
६ लाख नगदसहित १३ जना जुवाडे पक्राउ
तनहुँ । शुक्लागण्डकी नगरपालिका–२ हलेदीमा जुवाको खालबाट ६ लाख ४३ हजार एक सय ९० सहित १३ जना पक्राउ परेका छन् । स्थानीय मानबहादुर घलेको घरमा कौडा खेलिरहेका उनीहरूलाई बेलचौतारास्थित इलाका प्रहरी कार्यालयबाट परिचालन भएको प्रहरी टोलीले बुधबार राति पक्राउ गरेको हो । खालबाट १६ थान कौडा बरामद भएको छ । उनीहरूमाथि मुलुक अपराध संहिताअनुसार कारबाही...
स्याङ्जाको आँधीखोलामा गर्भवती र सुत्केरीलाई निशुल्क एम्बुलेन्स
स्याङ्जा । स्याङ्जाको आँधीखोला गाउँपालिकाले गर्भवती र सुत्केरीलाई निशुल्क एम्बुलेन्स सेवा प्रदान गरेको छ । पालिका भित्र घरमा नै सुत्केरी हुने दरलाई शून्यमा झार्न र गर्भवती, सुत्केरी तथा नवजात शिशुको स्वास्थ्यलाई दृष्टिगत गरी पालिकाले स्वास्थ्य संस्थासम्म पुग्न निशुल्क एम्बुलेन्स सेवा दिएको हो । पालिकाभित्रका जुनसुकै टोल तथा घरका गर्भवतीलाई ‘बर्थिङ सेन्टर’ वा अस्पतालसम्म सुत्केरी गराउन...
नेपाली महिला टोली विश्व कप क्रिकेटमा छनोट
पोखरा । नेपाली महिला यु १९ टोली आगामी जनावरी–फेब्रुअरीमा मलेसियामा हुने आइसिसी यु १९ विश्वकपमा छनोट भएको छ । घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएई) लाई पराजित गर्र्दै नेपाली टोली विश्व कपमा छनोट भएको हो । आइसिसी यु १९ महिला टी–२० विश्वकपको एसिया छनोट अन्तर्गत नेपालले निर्णायक तथा अन्तिम खेलमा युएईलाई ८ विकेटले पराजित गरेसँगै...