Main News 2

पाेखरामा १६ औँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप विद्यालय खेलकुद जारी
पोखरा । पोखरामा १६ औँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप विद्यालय खेलकुद प्रतियोगिता सुरु भएको छ । पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा सुरु भएको प्रतियोगिता पौष ११ गते सम्म चल्ने छ । प्रतियोगिताको पोखरा रङ्गशालामा एक भव्य कार्यक्रमबीच उद्‌घाटन गर्दै पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले विस्तारै खेलकुद व्यवसायिक बन्दै गएको बताए ।...
पोउवा संघले दियो ४४० जना विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामग्री
पोखरा। पोखरा उद्योग वाणिज्य संघअन्तर्गत रहेको सामाजिक विकास केन्द्रले  मंगलबार पोखराका सामुदायिक विद्यालयमा अध्ययनरत ४ सय ४० जना विद्यार्थीलाई न्यानो कपडा तथा लेखपढका सामग्री प्रदान गरेको छ । कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नम्बर ४ का अध्यक्ष देवकृष्ण पराजुलीसहित संघका अध्यक्ष गोकर्ण कार्की,पूर्वअध्यक्ष तथा सामाजिक विकास केन्द्रका अध्यक्ष राजेन्द्रकुमार लालचनसहित संघका पदाधिकारी, कार्यसमितिका सदस्य...
सोह्रौँ राष्ट्रपति रनिङ सिल्ड तथा पाँचौ मेयर कप भाेलिदेखि पाेखरामा, ४ सय ४ पदमा प्रतिष्पर्धा 
पोखरा  ।  पोखरामा भाेलि देखि हुने सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप विद्यालय खेलकुद प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । आयोजक पोखरा महानगर खेलकुद विकास समितिले  दिएको जानकारी अनुसार प्रतियोगितामा कुल ४ सय ४ पदकका लागि ३ हजार ३ सय १२ विद्यार्थीले प्रतिष्पर्धा गर्नेछन् । पोखरा महानगर खेलकुद विकास समितिका अध्यक्ष दीप...
सुशासन माग्दै प्रदर्शनमा उत्रिएका प्रहरी नियन्त्रणमा
काठमाडौं । सर्वपक्षीय सरकार गठनको माग गर्दै मिराज ढुंगानासहितका युवाहरुले माइतीघरमा प्रदर्शन गरेका छन् । प्रदर्शनमा रविकिरण हमाल, निकोलस भुसाल लगायत छन् । प्रदर्शनमा सहभागीहरुले सर्वपक्षीय सरकार गठन गरेपछि मात्रै चुनाव हुनुपर्ने माग गरेका छन् । उनीहरुले ‘जेनजीको माग चुनाव होइन, सुशासन हो,’ लेखिएका प्लेकार्ड बोकेका छन् । प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
पोखरा २२ कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया
पोखरा ।नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले पोखरा–२२ कालाबाङमा पर्यटन सम्बन्धी अन्तरक्रिया गरेको छ । फोनिजको आयोजना, फोनिज गण्डकीको समन्वय र फोनिज कास्कीको शनिबार पोखरा २२ मा रहेको कालाबाङ सामुदायिक होमस्टेमा ‘पोखरामा पर्यटन प्रवद्र्धनमा आदिवासी जनजाति पत्रकारको भूमिका’ विषयमा अन्तरक्रिया गरिएको हो । पोखरा पर्यटन वर्ष २०२५ को सन्दर्भमा पोखरा महानगरपालिकाको सहयोगमा भएको कार्यक्रममा...
लेखनाथ महोत्सव
राजनीतिक स्थिरताले मात्र उद्योग व्यवसाय फस्टाउछ : मुख्यमन्त्री पाण्डे  
पोखरा । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजनीतिक स्थिरताका लागि आउँदो फागुन २१ गतेको निर्वाचनलाई सबै मिलेर सफल बनाउनुपर्नेमा जोड दिनुभएको छ । लेखनाथ उद्योग वाणिज्य सङ्घद्वारा आयोजित २१औँ संस्करणको लेखनाथ महोत्सवको आज पोखरा–२७ को तालचोकमा उद्घाटन गर्दै मुख्यमन्त्री पाण्डेले राजनीतिक स्थिरताबिना देशमा कुनै पनि गतिविधि अगाडि बढ्न नसक्ने कुरा बताउनुभएको हो । यदि फागुन...
लेखनाथ महोत्सव आजदेखि
पोखरा । २१ औ संस्करणको लेखनाथ महोत्सव आजदेखि हुँदैछ ।  पुस ३ देखि १४ पुससम्म हुने महोत्सवको सम्पूर्ण तयारी पूरा भएको  संघ अध्यक्ष एवं महोत्सव मूल संयोजक जानुका पराजुली अधिकारीले जानकारी दिइन् । ‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन विकास र सम्मृद्धि’ भन्ने नाराको साथ आयोजना गर्न लागिएको महोत्सवले जेनजी आन्दोलनबाट प्रभावित उद्योग तथा व्यवसायलाई प्रबद्र्धन...
लेखनाथ महाेत्सव भाेलिदेखि १४ गतेसम्म चल्ने
पोखरा । २१ औ संस्करणको लेखनाथ महोत्सव भाेलिदेखि हुँदैछ ।  पुस ३ देखि १४ पुससम्म हुने महोत्सवको सम्पूर्ण तयारी पूरा भएको  संघ अध्यक्ष एवं महोत्सव मूल संयोजक जानुका पराजुली अधिकारीले जानकारी दिइन् । ‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन विकास र सम्मृद्धि’ भन्ने नाराको साथ आयोजना गर्न लागिएको महोत्सवले जेनजी आन्दोलनबाट प्रभावित उद्योग तथा व्यवसायलाई प्रबद्र्धन...
बाल प्रतिभा पहिचान महोत्सव सिकाइको थलो
पोखरा । पोखरा प्रदर्शनी केन्द्रमा विद्यार्थीका प्रतिभा हेर्नेको भिड लागेको छ । नेसनल प्याब्सन, कास्कीले बुधबार देखि आयोजना गरेको दोस्रो बृहत बाल प्रतिभा पहिचान महोत्सव हेर्नका लागि विद्यार्थी तथा अभिभावहरुको भिड लागेको हो । बाल प्रतिभा पहिचान अन्तर्गत प्रर्दशनी केन्द्रमा सामूहिक लोकनृत्य, एकल गायन, चित्रकला, कविता वाचन, अभिनय, विज्ञान तथा प्रविधि, हस्तकला अन्तर्गत पात, पराल...
एनपिएलमा पोखरा र चितवनलाई जित्नै पर्ने बाध्यता
काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज दुई खेल हुँदैछन्। पहिलो खेल ११:४५ बजे पोखरा एभेन्जर्स र काठमाडौं गोर्खाज र अपराह्न ४:०० बजे सुदूरपश्चिम रोयल्स र चितवन राइनोजबिच हुँदैछ। पाँच खेलबाट चार अंक मात्र जोडेको पोखरालाई प्लेअफको सम्भावना जीवित राख्न जित्नै पर्ने दबाब छ। काठमाडौंले भने...