Main News 2

जनज्योति माविका भूपू विद्यार्थीहरुको वृहत पुनर्मिलन कार्यक्रमको तयारी तीव्र
पोखरा । पोखरा महानगरपालिका २८ कालिकामा वि.सं. २०१६ सालमा स्थापना भएको श्री जनज्योति माध्यमिक विद्यालयका भूपू विद्यार्थीहरूको वृहत भेला तथा पुनर्मिलन कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको छ । जनज्योति मावि भूपू विद्यार्थी मञ्च पोखरा–२८, कालिकाको आयोजनामा यही माघ २४ गते शनिबार पोखरा–२६ स्थित नमस्ते पार्टी प्यालेसमा आयोजना हुन लागेको भूपू विद्यार्थीहरूको बृहत् भेला, पुनर्मिलन तथा...
जनतासँग सुझाव माग्दै कास्की २ एका एमाले उम्मेदवार रश्मी आचार्य
पोखरा । नेकपा एमाले कास्की क्षेत्र न दुई का उम्मेदवार रश्मि आचार्यले भावी कार्ययोजना र कार्यभारका सम्बन्धमा सो क्षेत्रका जनतासँग सुझाव मागेका छन । फागुन २१ गते  हुन प्रतिनिधि सभा निर्वाचनमा सन्दर्भमा उनले सुझाव मागेका हुन् । सोमबार सामाजिक संजाल फेसबूक मार्फत आचार्यले  कास्की क्षेत्र नं २ निवासी मतदातालाई  वर्तमान सन्दर्भमा उठान गर्नु पर्ने जनसवालहरु, ...
प्रतिनिधिसभा निर्वाचन ३८ दिन बाँकीः
संयुक्त निर्वाचन सञ्चालन केन्द्रले थाल्यो काम
काठमाडौँ ।  आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसा सदस्य निर्वाचनका सम्बन्धमा कुनै समस्या आएमा तत्काल समाधानका लागि निर्वाचन आयोगले संयुक्त निर्वाचन सञ्चालन केन्द सञ्चालनमा ल्याएको छ । आयोग परिसरमा स्थापना भएको सो केन्द्रमा निर्वाचनका सम्बन्धमा देखिने सबै प्रकारका समस्या तत्काल समाधान गरिने जनाइएको छ । आयोगले संयुक्त निर्वाचन सञ्चालन केन्द्र आइतबार मात्रै स्थापना...
टाइगर कप भलिबल
पुलिसमाथि थाइल्याण्ड क्विन्सको पुनरागमन जित
पोखरा । टाइगर कप भलिबलमा थाइल्यान्ड क्विन्सले पुनरागमन जित निकालेको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा जारी च्याम्पियनसिपअन्तर्गत आजको दोस्रो खेलमा थाइल्याण्ड क्विन्सले नेपाल पुलिस क्लबलाई पाँचौं सेटमा पराजित ग¥यो । पहिलो दुई सेट गुमाएको थाइल्याण्डले पछिल्ला तीन सेटमा उत्कृष्ट पुनरागमन गर्दै जित दर्ता गर्न सफल भयो । पुलिसले पहिलो सेट २५–२२ र दोस्रो सेट...
पोखरा महोत्सवको समापन आज
विद्यालय स्तरीय लोक नृत्य प्रतियोगिताको उपाधि कास्की मोडनाइज्डलाई
पोखरा । पोखराको अमरसिंह चौरमा जारी पोखरा महोत्सव उत्सव र पर्वकै रुपमा हेरिन थालिएको छ । आयोजक युनाईटेड क्लबले स्थापना कालदेखिनै हरेक पुषको अन्तिम साता देखि माघको पहिलो हप्ता सम्म पोखरा महोत्सवको आयोजना गर्दै आइरहेको छ । एकै समयमा हुने भएकाले पनि दर्शकहरुले पोखरा महोत्सवलाई उत्सव र पर्वकै रुपमा हेरेर पोखरा महोत्सवमा आउने गरेको महोत्सव...
१४ औं पोखरा महोत्सव समापन भोलि, शनिबार दर्शकको भीड
पोखरा । पोखराको अमरसिंंह खेल मैदानमा जारी १४ औं संस्करणको पोखरा महोत्सव जारी छ । महोत्सवको समापन दिन नजिकिदै गर्दा दर्शकहरुको सहभागीता उल्लेख्य रुपमा बढेको छ । महोत्सवमा दिन प्रतिदिन दर्शकको सहभागितासँगै महोत्सव स्थलमा राखिएको स्टलको कारोबार समेत बढिरहेको महोत्सव सचिवलाय संयोजक शान्तबहादुर थापाले जानकारी दिए । महोत्सव समापन नजिकिदै गर्दा दैनिक हजारौं दर्शकहरुले महोत्सवको...
वडा खेलकुदमा  फुटबलमा एसओएस गण्डकी, युनी हकीमा फ्रान्सिसको दोहोरो उपाधि
पोखरा । पोखरा महानगरपालिका वडा नं १५ मा जारी वडा खेलकुद महोत्सवमा विहीबार भलिवल, फुटवल, दौड र यूनि हकी अन्तर्गतका खेल सम्पन्न भएका छन । जस अन्तर्गत विद्यालय स्तरीय फुटवलको उपाधी एस ओ एस गण्डकीले विद्यालय स्तरीय फुटवलको उपाधी हात पारेको छ । बुधवार सम्पन्न विद्यालय स्तरीय फुटवलको फाइनलमा एस ओ एस गण्डकीले भ्यू प्वाइन्ट...
निर्वाचन प्रहरीको संख्या नपुगेपछि छुटेका परीक्षार्थीलाई पुनः बोलाइयो,
पोखरा । कास्कीमा प्रतिनिधिसभा निर्वाचनका लागि माग गरिएको संख्या अनुसार निर्वाचन प्रहरी फेला नपरेपछि जिल्ला प्रशासन कार्यालयले यसअघि छनोट प्रक्रियामा छुटेका परीक्षार्थीहरूलाई पुनः अवसर दिएको छ । जिल्लामा २ हजार ३ सय ३ जना निर्वाचन प्रहरी परिचालन गर्ने लक्ष्य लिइएको भए पनि अहिलेसम्म चाहिए जति जनशक्ति छनोट हुन नसकेपछि प्रशासनले परीक्षामा उपस्थित हुन नसकेकाहरूलाई पुनः...
कांग्रेसका उम्मेदवारमा १०६ नयाँ अनुहार
काठमाडौँ । कांग्रेसले प्रत्यक्षतर्फ उठाएका १६५ उम्मेदवारमध्ये १०६ जना नयाँ उम्मेदवार रहेका छन्। तीमध्ये ११ जना महिला उम्मेदवार छन्।विशेष महाधिवेशनमार्फत पार्टीको नेतृत्वमा आएका गगन थापाले यसपटक नयाँ उम्मेदवारलाई प्राथमिकतामा राखेका हुन्। नयाँ उम्मेदवारलाई प्राथमिकतामा राखे पनि कांग्रेसले महिला उम्मेदवारमा उदारता देखाएको देखिँदैन। किनकि गण्डकी र सुदुरपश्चिम प्रदेशमा कांग्रेसले कुनै पनि महिला उम्मेदवार उठाएको छैन। काठमाडौं...
समानुपातिकतर्फको एक करोड दुई लाख ३० हजार थान मतपत्र छपाइ
काठमाडौँ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतपत्र छपाइको जिम्मा पाएको जनक शिक्षा सामग्री केन्द्रले हालसम्म समानुपातिकतर्फको एक करोड दुई लाख ३० हजार थान मतपत्र छपाइ गरेको छ । केन्द्रले उपलब्ध गराएको विवरणअनुसार पछिल्लो २४ घण्टामा मात्रै १३ लाख १३ हजार मतपत्र छपाइ भएको हो । निर्वाचन आयोगले उपलब्ध गराएको समानुपातिकतर्फको कूल...