गण्डकी

पत्रकार पौडेलको रचनामा चेतनको नयाँ गीत ‘मेरो देश नेपाल’ सार्वजनिक
पोखरा । पत्रकार राजाराम पौडेलले रचनामा गायक चेतन राईको नयाँ गीत ‘मेरो देश नेपाल’ सार्वजनिक भएको छ । राष्ट्र भावले ओत पोत भएको यो गीत एक कार्यक्रमकाबीचमा सार्वजनिक गरिएको हो । भाषा आयोगको सदस्य पूर्व उपसचिव समेत रहेकी  साहित्यकार उषा हमालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा किर्तिमानी सङ्गीतकार सन्तोष श्रेष्ठ, नेपाल सङ्गीत कल्याण कोषको अध्यक्ष गायक तथा सङ्गीतकार रमेश पाठक, राप्ती समाज काठमाडौँ अध्यक्ष गायक तथा सङ्गीतकार  गोविन्द मधुर आचार्य, निर्देशक तथा कोरियोग्राफर कृष्ण...
पोखरा २६ को लक्ष्मी मावि व्यवस्थापन समितिको अध्यक्षमा खेम गुरुड
पोखरा। पोखरा महानगरपालिका वडा नं. २६ मा रहेको लक्ष्मी माध्यामिक विद्यालयको व्यवस्थापन समितिको अध्यक्षमा खेम बहादुर गुरुङ चयन भएका छन् । विद्यालय व्यवस्थापन समितिको बैठकले सदस्यहरु मध्यबाट बिहीबार गुरुङलाई अध्यक्षमा निर्विरोध चयन गरेको हो । अभिभावक भेलाबाट गुरुड सहित सविना गौतम र डुल बहादुर पुन सदस्यमा छनौट भएका थिए । त्यसैगरी वडा शिक्षा समितिले सिता...
पर्वतको फलेवासमा दुई दिने क्षारसुत्र शिविर, १२३ जनाको स्वास्थ्य परीक्षण
पर्वत। पर्वत जिल्लाको फलेवासस्थित प्रदेश आयुर्वेद चिकित्सालयमा ‘क्षारसुत्र व्यवस्थापन’ अन्तर्गत मलद्वार सम्बन्धी रोगहरूको विशेषज्ञ उपचार तथा स्क्रिनिङ शिविर  भएको छ। पुस १३ र १४ गते सञ्चालित उक्त शिविरमा पाइल्स, फिसर र फिस्टुला जस्ता समस्या भएका बिरामीहरूको विशेषज्ञ चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिएको थियो।चिकित्सालयका प्रमुख डा. किरण कमल बस्ताकोटीको अध्यक्षतामा भएको शिविरको उद्घाटन फलेवास नगरपालिकाका प्रमुख गङ्गाधर...
राष्ट्रिय सभा चुनावको लागि पोखरामा निर्वाचन अधिकृतको कार्यालय स्थापना
पोखरा । राष्ट्रिय सभा सदस्यको चुनाव गराउन गण्डकी प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । पोखराको पार्दीस्थित प्रदेश निर्वाचन कार्यालयमै निर्वाचन अधिकृतको कार्यालय बुधबारदेखि सञ्चालनमा ल्याइएको हो । गण्डकी प्रदेशमा रिक्त हुन लागेका दुई सदस्य पदका लागि माघ ११ गते निर्वाचन हुँदैछ । तत्कालीन नेकपा (माओवादी केन्द्र) का नेता नारायणकाजी श्रेष्ठ र नेकपा (एमाले)...
सवारी दुर्घटना गराई फरार बोलेरो जिपसहित चालक पक्राउ
पोखरा ।  पोखरा महानगरपालिका–७ मुस्ताङचोकमा सवारी दुर्घटना गराई फरार भएको बोलेरो जिपसहित चालकलाई प्रहरीले पक्राउ गरेको छ। बिहीबार राति करिब २२:४८ बजेको समयमा बिरौटाबाट पृथ्वीचोकतर्फ जाँदै गरेको नम्बर नखुलेको बोलेरो जिपले राष्ट्रबैंक चोकदेखि मुस्ताङचोकतर्फ आउँदै गरेको ग ९ प ६१८५ नम्बरको स्कुटरलाई ठक्कर दिई फरार भएको भन्ने सूचना प्राप्त भएपछि वडा प्रहरी कार्यालय बैदाम, कास्कीबाट...
माछापुच्छ्रेमा मनाइयाे अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाको ३९ औँ वार्षिकोत्सव
पोखरा । कास्कीको माछापुच्छ्रे   गाउँ पालिका वडा नं ५ रिभानमा विविध कार्यक्रमको आयोजना गरी अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाको ३९ औँ वार्षिकोत्सव तथा संरक्षण दिवस मनाइएको छ । संरक्षण क्षेत्र व्यवस्थापन  समिति रिभान र माछापुच्छ्रे  गाउँ पालिका वडा नं। ५ रिभान, को आयोजना तथा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाको सहयोगमा शुक्रवार विविध कार्यक्रमको आयोजना गरी संरक्षण...
पत्रकार महासंघ गण्डकीका ११ वटै जिल्लाका अध्यक्ष, सचिव र कोषाध्यक्षको भेला, १० बुँदे घोषणपत्र जारी
पोखरा । नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश आयोजनामा भएको गण्डकीका ११ वटै जिल्लाका अध्यक्ष, सचिव र कोषाध्यक्षको भेलाले १० बुँदे पोखरा घोषणापत्र जारी गरेको छ । महासंघ प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण, पत्रकारको हकहित, पेशागत सुरक्षाका लागि निरन्तर संघर्षरत रहने प्रतिबद्धता व्यक्त गरिएको छ । नेपाली पत्रकारिता आज गहिरो आर्थिक संकटमा पुगेको ठहर गर्दै मिडिया...
पर्यटकीय क्षेत्रको प्रवद्र्धन र नयाँ गन्तव्य पहिचानमा मिडियाको भूमिका महत्वपूर्ण हुने
पोखरा । नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिको आयोजनामा ‘गण्डकी प्रदेशको पर्यटन प्रवद्र्धनमा मिडियाको भूमिका’ विषयक अन्तरक्रिया सम्पन्न भएको छ । अन्तरक्रियाका वक्ताले गण्डकी प्रदेशको पर्यटकीय क्षेत्रको प्रवद्र्धन तथा नयाँ गन्तव्य पहिचानमा मिडियाको भूमिका महत्वपूर्ण हुने विषयमा जोड दिए । पर्यटनसम्बद्ध संघसंस्थाका प्रतिनिधिको उपस्थिति रहेको कार्यक्रममा पर्यटन व्यवसायीले समग्र गण्डकीको देशविदेशमा प्रचारप्रसारमा महासंघसँग मिलेर अघि...
पोखरामा आज भारत–नेपाल टुरिज्म मिट हुने
पोखरा । पोखरामा आज दोस्रो ‘भारत–नेपाल टुरिज्म मिट’ हुँदैछ । हाेटल पोखरा ग्राण्डमा कार्यक्रम हुन लागेको हाे । आज पोखरामा हुन लागेको दोस्रो ‘भारत–नेपाल टुरिज्म मिट’ अन्तर्गत भारतीय टुर अपरेटर र सामाजिक सञ्जाल इन्फ्लुएन्सरसहितको टोलीले बुधबार पर्वतको कुश्मा नगरपालिका–५ मोदीवेणी धाम, बागलुङको प्रसिद्ध शक्तिपीठ कालिका भगवती मन्दिर र शालिग्राम सङ्ग्रहालयमा अवलोकन गरेका छन् ।  कार्यक्रम...
पोखरा महानगरले आज ६७ औँ स्थापना दिवस मनाउँदै
पोखरा । पोखरा महानगरपालिकाले आज आफ्नो ६७ औँ स्थापना दिवस मनाउँदै छ ।  विसं २०१६ पुस २ गते पोखरा नगरपालिका स्थापना भएको प्रमाण भेटिएपछि महानगरले यसै वर्षदेखि आजको दिनलाई स्थापना दिवसका रूपमा मनाउन लागेको हो । यसअघि फागुन २७ गते स्थापना दिवस मनाउने गरिएको थियो । महानगर प्रमुख धनराज आचार्यका अनुसार अभिलेख हेर्दा २०१६ पुस...