गण्डकी

गण्डकी प्रदेश सरकारबाट मन्त्री फिर्ता बोलाउने निर्णय
पोखरा । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले गण्डकी प्रदेश सरकारबाट आफ्ना मन्त्री फिर्ता बोलाउने निर्णय गरेको छ । मङ्गलबार यहाँ बसेको संसदीय दलको बोर्ड बैठकले उक्त निर्णय गरेको दलका उपनेता लिलबहादुर थापा मगरले जानकारी दिनुभयो । “एमालेका मन्त्रीले राजीनामा बुझाउने तयारी भइरहेको छ”, उहाँले भन्नुभयो, “नयाँ परिस्थितिमा कसरी अगाडि बढ्ने विषयमा नेपाली कम्युनिष्ट पार्टीलगायत अन्य दलहरुसँग एमालले...
भिटोफ गण्डकीको घरबास व्यवस्थापन तालिम
पोखरा । गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) गण्डकी प्रदेशको आयोजनामा एक दिवसीय घरबास ब्यवस्थापन तालिम सम्पन्न भएको छ । कास्कीको माछापुच्छ्रे ६, स्थित धिताल सामुदायिक होमस्टेमा आइतबार सम्पन्न तालिममा ४५ जनाको सहभागिता रहेको भिटोफ गण्डकीका अध्यक्ष रमेश अर्यालले जानकारी दिए । गाउँ पर्यटनको प्रभावकारिता अभिबृद्धिका लागि घरबास ब्यवस्थापन आवश्यकता महसुस गर्दै तालिम आयोजना गरिएको उनको...
मुक्तिनाथ दर्शनपछि प्रधानमन्त्री शाह काठमाडौं फर्कदैं
 मुस्ताङ । प्रधानमन्त्री बालेन्द्र शाह आइतबार बिहान ९ः५० बजे मुस्ताङबाट काठमाडौँ फर्किनुभएको छ। शनिबार राति पवित्र धार्मिकस्थल मुक्तिनाथ मन्दिरको दर्शन गर्न पुग्नुभएका प्रधानमन्त्री शाह एक रात मुस्ताङमा बसेर फर्किनुभएको हो। मुस्ताङ भ्रमणका क्रममा प्रधानमन्त्री शाह घरपझोङ गाउँपालिका–३, जोमसोम बजारस्थित मुस्ताङी तथा थकाली मौलिक संस्कृति झल्किने परम्परागत वास्तुकलामा निर्मित होटल ओम्स होममा बस्नुभएको थियो। पाँच दशकअघिदेखि विष्णु...
पहिरोले बेनी–जोमसोम र चामे–बेँसीसहर सडक अवरुद्ध
पोखरा । पहिरो खसेपछि म्याग्दीको बेनी–जोमसोम र मनाङको चामे–बेँसीसहर सडक पूर्णरूपमा अवरुद्ध भएका छन् । म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ बैसरीस्थित बेनी–जोमसोम सडकखण्डमा आज बिहान करिब ५ः३० बजे सडक माथिबाट लेदोसहितको पहिरो खसेपछि सडक अवरुद्ध भएको प्रहरी प्रधानकार्यालयले जनाएको छ । त्यसैगरी, मनाङको नासो गाउँपालिका–३ खोत्रोमा आज बिहान ३ः०० बजे खसेको पहिरोले चामे–बेँसीसहर सडक पूर्णरूपमा अवरुद्ध भएको...
३६ औं महाधिवेशन
पोखरा उद्योग वाणिज्य संघमा अबको नेतृत्व काे ?
पोखरा । पोखरा उद्योग वाणिज्य संघको ३६ औं महाधिवेशन तथा ७२ औं साधारणा सभा  २० र २१ गते हुँदैछ । अधिवेशनबाट संघको नेत‍ृत्व लिन  ४ जनाको प्रतिस्पर्धा हुने देखिएको छ ।  निवार्चन तालिका अनुसार  अध्यक्षमा उम्मेदवारी दिन शुक्रबार ४ जनाले मनोनयन पत्र बुझेका छन् ।मनोनयन पत्र  लिन तोकिएको समय शुक्रबार अपराह्न ५ बजेसम्ममा  वर्तमान कार्यसमितिका...
कास्कीमा साउन महिनामा १ सय ६८ वटा मुद्दा दर्ता
पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीमा गत साउन महिनामा १ सय ६८ वटा विभिन्न मुद्दाहरू दर्ता भएका छन् । प्रहरीका अनुसार २० वटा जघन्य तथा गम्भीर अपराध, १३ वटा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित अपराध, ५३ वटा आर्थिक अपराध र ८२ वटा अन्य अपराध रहेका छन् । यी मुद्दाहरूमा संलग्न १ सय ८१ जना...
प्रधानमन्त्री शाहसँग मुख्यमन्त्री पाण्डेको भेट, गण्डकीका ९ विषयमा ध्यानाकर्षण
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट गरी प्रदेशका विभिन्न महत्वपूर्ण विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्। भेटका क्रममा मुख्यमन्त्री पाण्डेले नवलपरासी (बर्दघाट सुस्तापूर्व) को विनयी त्रिवेणी गाउँपालिकाअन्तर्गत दुम्किबासदेखि त्रिवेणीसम्मको हुलाकी मार्ग निर्माणका लागि आवश्यक सहजीकरण गर्न आग्रह गरेका छन्। चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने करिब ८ किलोमिटर सडकखण्ड निर्माणका लागि संघीय...
नेपाल पूर्वप्रहरी संगठनको स्थापना दिवसमा खाद्यान्न वितरण
पोखरा । नेपाल पूर्वप्रहरी संगठनको ३६ औं स्थापना दिवसको अवसरमा पूर्वप्रहरी संगठन लेखनाथ इकाइले खाद्यान्न वितरण गरेको छ ।संगठनले पोखरा २७ मा रहेको कृष्ण प्रणामी वृन्दावन धाम तथा स्वामी सदानन्द गुरुकुलमा खाद्यान्न वितरण गरेको हो । खाद्यान्न वितरणमा पूर्व प्रहरी परिवार महिला संघको पनि सहभागिता रहेकाे थियाे । उक्त अवसरमा पूर्वप्रहरी संगठन लेखनाथ इकाइका अध्यक्ष...
मोदी खोलाको बाढीले बेलि ब्रिज बगायो, सडक अवरुद्ध, मन्दिर जोखिममा
कास्की । स्कीको अन्नपूर्ण गाउँपालिका क्षेत्रमा मोदी खोलामा आएको बाढीले सडक, पुल र धार्मिक संरचनामा क्षति पुर्‍याएको छ। बाढीका कारण नयाँपुल–बिरेठाँटी–घान्द्रुक सडक खण्ड अवरुद्ध भएको छ भने खोलाको बीचभागमा रहेको माता अन्नपूर्ण मन्दिर र त्यहाँ रहेका तीन जना व्यक्ति जोखिममा परेका छन्। बिहीबार रातिदेखि परेको अविरल वर्षापछि मोदी खोलाको बहाव बढ्दा अन्नपूर्ण गाउँपालिका–८ बिरेठाँटीस्थित नयाँपुल–बिरेठाँटी–घान्द्रुक...
मोदीखोलामा फसेका तीन जनाको सकुशल उद्धार
पोखरा । मोदीखोलाको बाढीका कारण अन्नपूर्ण माता मन्दिरमा फसेका तीन जनाको सकुशल उद्धार गरिएको छ। उनीहरूको बिहान ८ः१५ बजे उद्धार गरिएको हो। सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण, कास्कीबाट खटिएको रोप–रेस्क्यु तथा गोताखोरसहितको सुरक्षा टोलीले नेपाल प्रहरीसँगको संयुक्त प्रयासमा उनीहरूको उद्धार गरेको हो। उद्धार गरिएकामा...