शिक्षा

शिक्षामन्त्री पुनलाई मन्त्रालयमै खानेबस्ने व्यवस्था
काठमाडौँ । नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनलाई मंगलबारदेखि मन्त्रालयमै खाने, बस्ने व्यवस्था गरिएको छ । प्रवक्ता शिवकुमार सापकोटाले मन्त्रीको कार्यकक्षसँगैको कोठामा खाने, बस्ने प्रबन्ध गरिएको बताए । ‘आजदेखि यहीं बस्ने कुराकानी भएको छ । कार्यकक्ष सँगै कोठा खाली गरेर सुत्ने, बस्ने र भान्सा बनाइएको छ,’ उनले भने । भाद्र २४ गतेको प्रदर्शनमा सिंहदरबारभित्रको...
शान्ति निकेतनले १५ करोड लागतमा सुविधासम्पन्न भवन बनाउँदै
पोखरा । पोखरा वडा नं. ५, पर्स्याङस्थित शान्ति निकेतन स्कूलले सुविधासम्पन्न भवन निर्माण गर्ने भएको छ । आफ्नै जग्गामा १५ करोड लागतमा अत्याधुनिक प्रविधिमैत्री भवन निर्माण गर्न लागेको विद्यालयले जानकारी दिएको छ । ६० करोड बजार मूल्यको जग्गामा बन्ने ५ तले भवनमा ४० कोठा रहनेछ । उक्त भवनको विद्यालयका संस्थापक प्राचार्य डा.महेश्वर पराजुली, वडाध्यक्ष विष्णुप्रसाद...
अध्यादेशको विरोध गर्दै सरकारी शिक्षकको सामूहिक राजीनामा
पोखरा । सरकारले गरेको निवृत्तिभरण ऐन संशोधनसम्बन्धी अध्यादेशप्रति असन्तुष्टि जनाउँदै कास्कीका ३५ शिक्षकले सामूहिक राजीनामा दिएका छन् । शिक्षा विकास तथा समन्वय इकाइमार्फत् प्रधानमन्त्री र शिक्षामन्त्रीलाई सम्बोधन गरेर उनीहरुले राजीनामा पत्र बुझाएका हुन् । राजीनामा दिन शिक्षकहरु बढ्ने जाने आन्दोलनमा सहभागीहरुले बताएका छन् । सरकारले निवृत्तिभरण ऐन संशोधनसम्बन्धी अध्यादेशमा २०७५ चैत ४ गतेबाट नियुक्त शिक्षकहरुलाई...
पोखराको विन्ध्यवासिनी माविमा विद्यार्थीलाई सम्मान
पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले संस्कारयुक्त शिक्षाले नै समाजलाई सभ्य र अनुशासित बनाउने बताएका छन् पोखरा १६ बाटुलेचौरको विन्ध्यवासिनी माविले आयोजना गरेको सामुदायिक विद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगिता तथा सम्मान कार्यक्रमको बुधबर उद्रघाटन गर्दै मन्त्री थापाले, व्यवहारिक शिक्षाका लागी प्रत्येक शुक्रबार विद्यालयले बुक फ्रि डेको रुपमा अतिरिक्त क्रियाकलापमा जोड...
पोखराको सिर्जना माविमा पुरस्कार वितरण
पोखरा । पोखराको सिर्जनाचोकस्थित शान्तिमार्गमा रहेको सिर्जना माविले पुरस्कार वितरण कार्यक्रम गरेको छ । गत शैक्षिक सत्र २०८० मा नर्सरीदेखि कक्षा १० सम्म आआफ्ना कक्षाको सेक्सनमा प्रथम, द्वितीय र तृतीय भएका विद्यार्थीहरू लगायत अनुशासन, सरसफाइमा सर्वोत्कृष्ट हुन सफल तथा सतप्रतिशत हाजिरी भएका विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको थियो । मङ्सिर ९ गते आइतबारका दिन २०८१ साल...
पोखरा पालिखेचोकको प्रतिभा माविमा विज्ञान प्रदर्शनी
पोखरा । पोखराको पालिखेचोकस्थित प्रतिभा माविमा विज्ञान प्रदर्शनी  गरिएको छ । विद्यार्थीमा नयाँ ज्ञान र खोजसहितको प्रतिभा बाहिर ल्याउनका लागि विज्ञान प्रदर्शनी आयोजना गरिएको विद्यालयले बताएको छ । विद्यालय संचालक समितिका अध्यक्ष नारायण पौडेल र राष्ट्रिय परीक्षा बोर्डका गण्डकी प्रमुख गोविन्दराज पोखरेलले उक्त प्रदर्शनीको उद्घाटन गरेका थिए । विद्यालयका प्राचार्य किरण सापकोटाले विद्यार्थीमा लुकेको प्रतिभा...
एकीकृत पाठ्यक्रम परिमार्जन कार्ययोजना एक सातामा पेश गर्न मन्त्री भट्टराईको निर्देशन
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री बिद्या भट्टराईले सानोठिमीस्थित विभिन्न कार्यालयको बिहीबार आकस्मिक निरीक्षण गरेकी छन् । विशेष शिक्षा परिषद्को बैठकको अध्यक्षता गर्न परिषद्को सचिवालय शिक्षा तथा मानव स्रोत विकास केन्द्र पुगेको बेलामा मन्त्रीले केन्द्रका तालिम, शैक्षिक सामग्री विकास र पुस्तकालय सम्बन्द्ध शाखाको निरीक्षण गरिन् । निरीक्षण लगत्तै मन्त्री भट्टराइले एकीकृत पाठ्यक्रम परिमार्जनको कार्ययोजना...
एक सय दिनमा शिक्षा मन्त्रालयका महत्वपूर्ण ४२ उपलब्धि सार्वजनिक
काठमाडौं ।  शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले आफ्नो कार्यकालको पहिलो १ सय  दिनको कार्य उपलब्धि बिहीबार सार्बजनिक गरिन् । मन्त्रालयको नेतृत्व सम्हालेसँगै उनले प्रधानमन्त्री केपी शर्मा ओलीसँग १ सय दिनभित्र गर्नुपर्ने ८ वटा विषयमा कार्यसम्पादन सम्झौता गरेकी थिइन् । मन्त्री भट्टराईले आफ्नो १ सय दिनका विभिन्न ४२ बुँदे उपलब्धि मन्त्रालयमा पत्रकार भेटघाट आयोजना गरेर...
त्रिभुवन विश्व विद्यालयले अंग्रेजी र नेपाली दुबै भाषामा प्रश्नपत्र सोध्न‍े
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले आगामी वर्षदेखि वार्षिक परीक्षा प्रणालीअनुसार सबै सङ्कायहरूको स्नातक तहका प्रश्नपत्रहरू तयार गर्दा अङ्ग्रेजी र नेपाली दुवै भाषामा सोधिने भएको छ । त्रिभुवन विश्वविद्यालयले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री बिद्या भट्टराईलाई उक्त निर्णयबारे सोमबार जानकारी गराउँदै लेखेको पत्र अनुसार यसअघिको मन्त्रालयको पत्रमा उल्लेख गरिएअनुसारको पहिलो चरणमा शिक्षा शास्त्र सङ्काय, मानविकी सङ्काय, व्यवस्थापन...
शिक्षामा सुधार ल्याउन अभिभावकमुखी शिक्षालाई प्रभावकारी बनाउन मन्त्री थापाको निर्देशन
पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुुकुमार थापाले अभिभावकमुखी शिक्षालाई प्रभावकारी बनाउन निर्देशन दिएका छन् । शिक्षा विकास निर्देशनालय पोखराले आयोजना गरेको माध्यमिक शिक्षा परीक्षा कक्षा १० को अभिलेख संसोधन र शैक्षिक तथ्यांकक सम्बन्धी अभिमुखीकरण कार्यक्रममा उनले शिक्षा क्षेत्रमा सुधार ल्याउन अभिभावकमुखी शिक्षालाई जोड गर्नुपर्ने बताएका हुन् । “मन्त्रालयले राखेको अभिभावकमुखी...