काठमाडौं । त्रिभुवन विश्वविद्यालयले २०५८ सालदेखिका परीक्षार्थीका लागि मौका परिक्षा संचालन गर्ने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईको आग्रहपछि त्रिभुवन विश्वविद्यालयले मंगलबार गोरखापत्र दैनिकमा एक सूचना प्रकासित गरेर सो जानकारी गराएको हो । त्रिभुवन विश्वविद्यालय परीक्षा सुधार समितिका अध्यक्ष एवम शिक्षाध्यक्ष प्राध्यापक डाक्टर खड्ग केसीको अध्यक्षतामा समितिको २०८१ असोज सात गते...
गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले शिक्षा क्षेत्रमा सुधार ल्याउन तीनै तहको सरकार एक हुनुपर्ने बताएका छन्। मन्त्रालयले मंगलबार तनहुुँ जिल्लाको आबुखैरेनीमा आयोजना गरेको वार्षिक विकास अभिमुखीकरण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। मन्त्री थापाले प्रदेश सरकार संस्कार सिकाउने शिक्षामा समेत केन्द्रीत रहेको जानकारी गराए। उनले प्रदेशमा भएका विभिन्न जातजातिको...
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले थालेको भ्रष्टाचारबिरुद्धको अभियानमा निर्दोष नफस्ने र दोषी उम्कन नसक्ने दाबी गरेका छन्। गृह जिल्ला गोरखाको अजिरकोट गाउँपालिका–३, भच्चेकस्थित भच्चेक आधारभूत अस्पतालको आज (शक्रबार) उद्घाटन गर्दै उनले यस्तो दाबी गरेका हुन्। उनले बर्तमान सरकार रहुन्जेलसम्म भ्रष्टाचारबिरुद्धको अभियान नरोकिने समेत जिकिर गरे। गृहमन्त्रीसमेत रहेका श्रेष्ठ भने, ‘कोही निर्देष फस्ने काम हुदैन।...
गोरखामा ८० वर्ष उमेर पूरा भएका ८ जना निवृत्त शिक्षकलाई सम्मानीत भएका छन्। नेपाल निवृक्त शिक्षक समाजले गुरु पुर्णिमाको अवसरमा आज(सोमबार) ८० वर्ष उमेर पूरा भएका ८ जना निवृत्त शिक्षकलाई सम्मान गरेको हो। गण्डकी गाँउपालिका–७ का लालवहादुर गुरुङ, भिमसेन थापा गाँउपालिका–३ का दुर्गाभक्त दाहाल, शहिद लखन गाँउपालिका–७ का टेकबहादुर थापा, पालुङटारनगरपालिका–४ का सूर्यबहादुर भण्डारी, भिमसेन...
स्याङ्जाको वालिङ–१२ कोखेस्थित सिर्सेकोट जनहित आधारभूत विद्यालयका बालबालिकामा ठेउलाको सङ्क्रमण देखिएको छ। सुरुका दिनमा केही बालबालिकामा देखिएको सङ्क्रमण फैलँदै जाँदा २३ जना तथा घरका अन्य सदस्यलाई पनि सर्न थालेपछि आउँदो शुक्रबारसम्म विद्यालय बन्द गरिएको छ। बालबालिकाको शरीरमा एकै प्रकारका पानीका फोका आउने, चिलाउने, दुख्ने, ज्वरो आउनेजस्ता लक्षण देखिएको छ। विश्व स्वास्थ्य सङ्गठन, गण्डकी प्रदेश स्वास्थ्य...
२१ औँ कृष्ण सेन ‘इच्छुक’ स्मृति दिवसका अवसरमा प्रेस सेन्टर नेपालले आज (शनिबार) राजधानीमा प्रभातफेरि आयोजना गरेको छ। १९ औँ केन्द्रीय साधारणसभाको अवसरमा सेन्टरले कार्यक्रमस्थल शंखरापुर नगरपालिकाको साँखुमा प्रभातफेरि आयोजना गरेको हो। प्रभातफेरिमा सेन्टरका केन्द्रीय नेतृत्वलगायतको सहभागिता थियो। प्रेस सेन्टरले प्रत्येक वर्ष जेठ १३ गतेका दिन कवि, पत्रकार तथा लेखक इच्छुकको स्मरणमा विविध कार्यक्रमको आयोजना...
यस वर्षको माध्यमिक शिक्षा परीक्षा एसईई आज (शुक्रबार)देखि शुरु भएको छ। देशभरका २ हजार ३७ परीक्षा केन्द्रबाट बिहान ८ बजेदेखि एकैसाथ परिक्षा संचालन भएको राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ। देशभरका ७ हजार २ सय ६५ सामुदायिक र ४ हजार ५ सय ६४ निजी गरी ११ हजार ४ सय २९ विद्यालयका ५ लाख...
२०७९ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) आज (शुक्रबार)बाट सुरु हुँदैछ। परीक्षा परीक्षा बिहान ८ बजेबाट सुरु हुनेछ। चैत २९ गतेसम्म सञ्चालन हुनेछ। राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रक (कक्षा १०) विष्णुनारायण श्रेष्ठका अनुसार परीक्षामा सम्मिलित हुन देशभरिका ५ लाख १६ हजार ५७७ जनाले आवेदन फाराम भरेका छन्। पुरानो पाठ्यक्रमअनुसारको यो वर्ष अन्तिम परीक्षा हो। आगामी २०८०...
सरकारले आज (विहीबार) देखि लमजुङ, बागलुङ र पर्वतलगायतका १५ जिल्लामा हात्तीपाइलेविरुद्धको औषधी खुवाउने अभियान सुरु गर्दैछ। २५ गतेसम्म १५ जिल्लामा हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउने अभियान सुरु गरेको हो। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाकाअनुसार लमजुङ, पर्वत, बाग्लुङलगायत झापा, मोरङ, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, रसुवा, कपिलवस्तु, दाङ, बाँके र कैलाली जिल्लामा यो अभियान सुरु हुनेछ।...
यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) चैत १७ (शुक्रबार) देखि सुरु हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले परीक्षाको तालिका सार्वजनिक गरेको हो। परीक्षा चैत २९ गतेसम्म हुनेछ। तालिकाअनुसार चैत १७ गते शुक्रवार अनिवार्य अंग्रेजी विषयको परीक्षा हुनेछ। त्यही दिन वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत भाषा र साहित्यको पनि परीक्षा हुनेछ। चैत १९ गते अनिवार्य गणित र २०...