Breaking 1

पोखराको लेकसाइडमा होलीको रौनक
पाेखरा । पर्यटकीय राजधानी पोखरामा विदेशी पर्यटक पनि बिहीबार होली खेलेर रमाएका छन् । पर्यटकको केन्द्र लेकसाइडमा विभिन्न देशका पर्यटक एकले अर्कोलाई रङ लगाएर रमाएका हुन् । होली नेपाली परम्पराको रङको पर्व । एकआपसमा रङ खेलेर यो पर्व मनाउने गरिन्छ । विभिन्न रङमा रङ्गिएर नाचगान गर्दै रमाएका नेपालीसँगै विदेशी पर्यटकले होली खेलेका हुन् । रेस्टुरेन्ट...
आज फागू पूर्णिमा, कास्कीसहित पहाडी जिल्लामा मनाइँदै
पोखरा । आज फागू पूर्णिमा अर्थात होली । रङहरुको पर्व । हरेक वर्ष फागुन शुक्ल पूर्णिमाका दिन यो पर्व मनाउने गरिन्छ । खासगरी पहाडी जिल्लाहरुमा आज उल्लासपूर्वक होली मनाइन्छ भने तराइका जिल्लाहरुमा भोलि विशेष रुपमा यो पर्व मनाइन्छ । आपसमा रङ र अबिर दलेर खुसी साटासाट गर्दै मनाइने यो पर्वको बेग्लै धार्मिक, साँस्कृति र सामाजिक...
मर्यादितरूपमा फागू पर्व मनाउन प्रदेश प्रमख भट्टको आग्रह
पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले फागु पूर्णिमा मा खेलिने विविध रङ जस्तै नेपाली समाज पनि विविधतापूर्ण रहेको बताउनुभएको छ । फागूपूर्णिमाको अवसरमा सम्पूर्ण नेपालीहरुमा शुभकामना सन्देश जारी गर्नुहुँदै प्रदेश प्रमुख भट्टले अनेकतामा एकता र राष्ट्रिय स्वाभिमान हाम्रो साझा पहिचान रहेको उल्लेख गर्नुभएको छ । ‘होलीमा खेलिने विविध रङहरूजस्तै नेपाली समाज पनि जातीय, भाषिक,...
पोखराबाट चिनको छेन्दु हप्तामा एउटा चार्टर उडानहुँदै
पोखरा । चिनको सिचुवान प्रान्तको छेन्दुमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट आगामी चैतदेखि हप्तामा एउटा चार्टर उडानको कार्यतालिका बनाइएको छ । विमानस्थल बनेको २ वर्षसम्म पनि नियमित अन्तर्राष्ट्रिय उडान हुन नसकेपछि विमानस्थललाई चलायमान बनाउन पहल थालिएको हो । पोखराका पर्यटन व्यवसायीको छाता संस्था पोखरा पर्यटन परिषद्को नेतृत्वमा चिनियाँ दूतावास र सिचुवान एयरलाइन्ससँगको सहकार्यमा चार्टर उडान गर्न लागिएको...
टि–२० क्रिकेटको उपाधि लेखनाथ युथ क्लबलाई
पोखरा । पोखरा महानगरपालिका दोश्रो अन्तर क्लव पुरुष टि–२० क्रिकेट प्रतियोगिता २०८१ को उपाधि लेखनाथ यूथ क्रिकेट क्लवले जितेको छ । पोखरा महानगरपालिका शिक्षा महाशाखाको आयोजना तथा पोखरा महानगरपालिका क्रिकेट संघको संयोजन तथा व्यवस्थापनमा आयोजित प्रतियोगिताको फाइनलमा माछापुच्छ«े क्रिकेट क्लवलाई ३० रनले पराजित गर्दै लेखनाथले उपाधि जितेको हो । लेखनाथको ईडेन हेभन क्रिकेट मैदानमा सोमबार...
पोखरा टि–२० क्रिकेटको उपाधिका लागि लेखनाथ र माछापुच्छ्रे क्लब आज भिड्ने
पोखरा । पोखरा महानगरपालिका दोश्रो अन्तर क्लव पुरुष टि–२० क्रिकेट प्रतियोगिता २०८१ को उपाधिका लागि लेखनाथ यूथ क्रिकेट क्लव र माछापुच्छ्रे क्रिकेट क्लव भिड्ने भएका छन् । पोखरा महानगरपालिका शिक्षा महाशाखाको आयोजना तथा पोखरा महानगरपालिका क्रिकेट संघको संयोजन तथा व्यवस्थापनमा भइरहेको प्रतियोगिता अन्तर्गत आईतबार भएको दोश्रो सेमीफाइनल खेलमा कास्की क्रिकेट क्लवलाई २३ रनले पराजित गर्दै...
पोखरामा आफ्नै पसलमा आगो लगाउने युवा पक्राउ
पोखरा । बिमा कम्पनीबाट रकम असुल्ने गलत मनसाय राखेर आफ्नै पसलमा आगो लगाउने एक जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्साको जगरनाथपुर गाउँपालिका ३ स्थायी घर भई पोखराको तालचोक बस्ने २८ वर्र्षीय रमेश शर्मा लोहार रहेको कास्कीका प्रहरी प्रमुख एसपी श्यामबाबु ओलियाले जानकारी दिनुभयो । उहाँका अनुसार लोहारले पोखरा न्युरोडस्थित शर्मा आइटी...
सुशासनसँगै समृद्धि सरकारको प्राथमिकता : सञ्चारमन्त्री गुरुङ
पोखरा । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सार्वजनिक सेवालाई प्रभावकारी, छिटो,छरितो बनाउन १२ वटा कानुन ल्याउने तयारीमा सरकार रहेको बताउनुभएको छ । लायन्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ आईको तेस्रो राष्ट्रिय सम्मेलनको शनिबार पोखरामा उद्घाटन गर्दै उहाँले सार्वजनिक सेवालाई प्रभावकारी बनाउन कानुन पनि समस्याको रुपमा रहेकाले सरकारले अध्यादेशमार्फत् कानुन ल्याएको स्पस्ट पार्नुभयो । “नेपाली जनताको त्याग...
‘महिलाका मुद्दामा पुरुष जानकार हुन जरुरी’
पोखरा । पोखरामा आयोजित महिला संवादमा महिलाका मुद्दामा पुरुष बढी जानकार हुनुपर्नेमा जोड दिइएको छ । नेपाल पत्रकार महासंघ कास्कीको आयोजनामा ११५ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा आयोजित कार्यक्रमका वक्ताहरले उक्त विषयमा जोड दिएका हुन् । कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगको कार्यालय, पोखराका प्रमुख नितु गर्तौलाले महिलाका विषयमा पुरुष जानकार नभएसम्म महिलाले न्याय नपाउने...
नेपाललाई विश्वमाझ चिनाउन गोर्खा समुदायको महत्वपूर्ण भूमिकाः प्रदेश प्रमुख भट्ट
पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले विश्वमाझ नेपाललाई परिचित गराउन वीर गोर्खाली सैनिकको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ । भारतीय, ब्रिटिश तथा सिंगापुर गोर्खा पुलिसका गोर्खा समुदायबाट २०६६ सालमा स्थापित गोर्खा कम्युनिटी पोखराले आयोजना गरेको तेस्रो संस्करणको गोर्खा मेलाको शुभारम्भ गर्दै प्रदेश प्रमुख भट्टले राष्ट्रियताको लागि गोर्खा समुदायले ठूलो योगदान पुर्‍याएको बताउनुभयो ।  ‘वीर...