Breaking 1

फोटोमार्फत सराङकोट धार्मिक क्षेत्रको प्रचारमा जोड
पोखरा ।सराङ्कोट धार्मिक एवं पर्यटन क्षेत्रको फोटोमार्फत प्रचारप्रसारका लागि नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीको टोली सराङ्कोट पुगेको छ । सराङ्कोट धार्मिक एवं पर्यटन क्षेत्र विकास समिति र अन्नपूर्ण केबलकारको सहकार्यमा ‘सराङकोट एट फोटो पत्रकार’ कार्यक्रम लिएर सोमबार एनपिजेएको टिम सराङकोट पुगेको हो । संघका अध्यक्ष राम गुरुङको नेतृत्वमा गएको टोलीले धार्मिक क्षेत्रको फोटो तथा...
गण्डकी विश्वविद्यालयको कुलपतिमा ७ जनाको आवेदन
पोखरा । गण्डकी विश्वविद्यालयले रिक्त रहेको कुलपति पदमा ७ जनाको आवेदन परेको छ । फागुन २१ बाट १५ दिनको म्याद राखेर सूचना जारी भएकामा अन्तिम दिन बुधबारसम्म ७ जनाको आवेदन परेको हो ।आवेदन दिनेमा प्राध्यापक प्राध्यापक कृष्णप्रसाद गौतम, प्राडा विश्वकल्याण पराजुली, प्राडा नवराज देवकोटा, डा कृष्णप्रसाद अधिकारी, प्राडा कुश्माकर न्यौपाने, प्राडा ईन्द्रप्रसाद तिवारी र प्राडा...
आजदेखि  माध्यामिक शिक्षा परीक्षा (एसइई)सुरु,  पाँच लाख विद्यार्थी सहभागी हुँदै
काठमाडौं ।  यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) आजदेखि सरु हुँदैछ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार परीक्षाको सम्पूर्ण तयारी पूरा भइसकेको छ । आज बिहान ८ बजदेखि परीक्षाा सुरु हुनेछ भने विद्यार्थीले  अनिवार्य अंग्रेजी विषयको परीक्षाा दिनेछन् । परीक्षा १९ गतेसम्म सञ्चालन हुने छ । परीक्षामा सहभागी हुन पाँच लाख १४ हजार ७१ विद्यार्थीले फाराम भरेका छन् । तीमध्ये कति...
पोखराको नर्सिङ क्याम्पसमा अनेरास्ववियुको प्यानल विजयी
पोखरा । पोखराको नर्सिङ क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनमा एमालेनिकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को प्यानल नै विजयी भएको छ । स्ववियु निर्वाचनमा अध्यक्षका उम्मेदवार प्रतिभा भण्डारीले नेपाल विद्यार्थी संघका अध्यक्षका उम्मेदवार रचना पौडेललाई १ सय ४३ मतले पराजित गदै निर्वाचित हुनुभएको हो । भण्डारीले २ सय ४५ मत ल्याउँदा रचनाले १ सय...
कास्कीमा ८ दृष्टिविहीनसहित ११ हजार ३७ विद्यार्थी एसइईमा सहभागी हुँदै
पोखरा । यस वर्षको माध्यामिक शिक्षक परीक्षा (एसइई) मा कास्कीबाट ११ हजार ३७ विद्यार्थी सहभागी हुने भएका छन् । शिक्षा विकास तथा समन्वय इकाइ कास्कीका प्रमुख लोकनाथ आचार्यका अनुसार चैत ७ गते बिहान ८ बजेदखि सुरु हुने परीक्षाको तयारी पूरा भएको छ । १ सय २२ सामुदायिक विद्यालय र १ सय ६५ संस्गाथत विद्यालयका विद्यार्थीका...
प्याब्सु कास्कीको अध्यक्षमा विजयराज अधिकारी
पोखरा । निजी तथा संस्थागत विद्यालय शिक्षक कर्मचारी युनियन (प्याब्सु) कास्कीको चौंथो अधिवेशनले विजयराज अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा गंगा आले, सचिव कल्पना गुर्माछान, कोषाध्यक्ष मीना भण्डारी चयन भएका छन् । सदस्यमा विद्या अर्याल, मोतिमाया गुरुङ, मिजास तिवारी, प्रज्ञान तिमिल्सिना, महेश पौडेल, शर्मिला धमला रहेका छन् । समितिको कार्यकाल २...
मर्स्याङ्दी जलविद्युत् केन्द्रको उत्पादन घट्यो
तनहुँ। आँबुखैरेनी गाउँपालिका–४ स्थित ६९ मेगावाट क्षमताको मर्स्याङ्दी जलविद्युत् केन्द्रबाट क्षमताभन्दा आधामात्र विद्युत् उत्पादन हुन थालेको छ । नदीमा पानीको बहाव कम हुँदा क्षमताभन्दा आधा विद्युत् उत्पादन भएको हो । केन्द्रबाट हाल औसतमा ३४ मेगावाट विद्युत् उत्पादन भइरहेको मस्र्याङ्दी जलविद्युत् केन्द्रका सहायक प्रबन्धक मेकानिकल इन्जिनियर शेरमहमद हुसेनले बताउनुभयो । उहाँले भन्नुभयो, “हिउँ पग्लिएको छैन ।...
शैक्षिक उन्नयनमा निवृत्त शिक्षकको अनुभव  सदुपयोग गर्न जरूरी:  प्रदेश प्रमुख भट्ट
पोखरा ।  गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले नेपालको शैक्षिक उन्नयनमा सेवा निवृत्त शिक्षकको अनुभव सदुपयोग गर्न जरूरी रहेको बताउनुभएको छ । निवृत्त शिक्षक समुदाय, कास्कीको २४ औं वार्षिक साधारणसभालाई सम्बोधन गर्नुहुँदै प्रमुख अतिथि भट्टले शिक्षण पेशालाई अझ बढि सामाजिक हैसियत प्रदान गर्न आवश्यक रहेकोमा जोड दिनुभयो । ‘निवृत्त शिक्षक समुदायले पेसागत अधिकारको मात्र नभएर शैक्षिक,...
पोखराको लेकसाइडमा होलीको रौनक
पाेखरा । पर्यटकीय राजधानी पोखरामा विदेशी पर्यटक पनि बिहीबार होली खेलेर रमाएका छन् । पर्यटकको केन्द्र लेकसाइडमा विभिन्न देशका पर्यटक एकले अर्कोलाई रङ लगाएर रमाएका हुन् । होली नेपाली परम्पराको रङको पर्व । एकआपसमा रङ खेलेर यो पर्व मनाउने गरिन्छ । विभिन्न रङमा रङ्गिएर नाचगान गर्दै रमाएका नेपालीसँगै विदेशी पर्यटकले होली खेलेका हुन् । रेस्टुरेन्ट...
आज फागू पूर्णिमा, कास्कीसहित पहाडी जिल्लामा मनाइँदै
पोखरा । आज फागू पूर्णिमा अर्थात होली । रङहरुको पर्व । हरेक वर्ष फागुन शुक्ल पूर्णिमाका दिन यो पर्व मनाउने गरिन्छ । खासगरी पहाडी जिल्लाहरुमा आज उल्लासपूर्वक होली मनाइन्छ भने तराइका जिल्लाहरुमा भोलि विशेष रुपमा यो पर्व मनाइन्छ । आपसमा रङ र अबिर दलेर खुसी साटासाट गर्दै मनाइने यो पर्वको बेग्लै धार्मिक, साँस्कृति र सामाजिक...