Breaking 1

पोखरामा आर्थिक विकासबारे अन्तर्राष्ट्रिय सम्मेलन
पोखरा । उच्च शिक्षा, दीगो पर्यटन, नवप्रवर्तन र आर्थिक विकासका विषयमा केन्द्रित रही यही चैत १५ र १६ गते पोखरामा अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । त्रिभुवन विश्वविद्यालय अन्तर्गत कालिका मल्टिपल क्याम्पस, काजीपोखरी, पोखराको आयोजनामा तथा ओटीएस एकेडेमी, युकेको सह–आयोजनामा सम्पन्न उक्त सम्मेलन विश्वविद्यालय अनुदान आयोग नेपाल तथा त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय डिनको कार्यालय, पोखरा...
हिमपहिरोमा ९ दिनदेखि चिनिया नागरिक बेपत्ता
पोखरा । अन्नपूर्ण आधार शिविर(एबिसी) पुगेर फर्किने क्रममा एक चिनिया नागरिक बेपत्ता भएका छन् । २७ वर्षीय (chengyuane) गत चैत ११ गतेदेखि बेपत्ता भएका हुन् । सशस्त्र प्रहरी बल कालिका गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक सूर्य तिमिल्सेनाका अनुसार कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर ११ देउराली नजिकै हिमपहिरोमा उनी बेपत्ता भएका हुन् । उनको खोजीका लागि...
गण्डकीका मन्त्री थापाको सेवा, सुविधाको रकम समाजसेवामा
पोखरा ।गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले राज्यबाट प्राप्त सम्पूर्ण सेवा–सुविधा समाजसेवामा खर्च गर्दै आएका छन् । मंगलबार नेपाल प्रेस युनियन कास्कीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री थापाले आफ्नो पहिलो कार्यकालदेखि नै सेवा–सुविधाको रकम स्थानीय जनताका आवश्यकताअनुसार रचनात्मक कार्यमा लगाउँदै आएको उल्लेख गरे । “जनताको प्रतिनिधि भएपछि तिनको आवश्यकतालाई...
काठमाडौं तिनकुने घटनमा सम्लग्नको आरोपमा ५२ जना पक्राउ
काठमाडौं । प्रहरीले गत चैत १५ काठमाडौंको तिनकुनेमा भएको घटनामा सम्लग्न रहेको आरोपमा अहिलेसम्म ५२ जनालाई पक्राउ गरेको छ । राजावादीको नाममा गरिएको हिम्सात्मक आन्दोलनका क्रममा २ जनाको मृत्यु भएको थियो भने प्रदर्शनकारी र प्रहरी घाइते भएका थिए । अराजक समूहले निजी तथा सार्वजनिाक सम्पत्तिमा क्षति पु¥याउनुका साथै सञ्चार माध्यममा पनि आक्रमण गरेका थिए ।...
गण्डकी प्रदेश सभामा मुख्यमन्त्रीसँग आज प्रश्नोत्तर
पोखरा । गण्डकी प्रदेश सभामा आज मुख्यमन्त्रीसँग सांसदको प्रश्नोत्तर  हुँदैछ । गत शुक्रबारलाई तय गरिएको प्रश्नोत्तर आइतबारलाई सारिएको हो । शुक्रबार माओवादीका सांसदहरु अनुपस्थित हुने भएपछि कार्यतालिका हेरफेर गरिएको प्रदेश सभा सचिवालयका प्रवक्ता प्रेम सुवेदीले जानकारी दिनुभयो । मुख्यमन्त्रीसँग प्रश्न सोध्न ३ दिनअगाडि नै सचिवालयमा प्रश्न दर्ता गराउनुपर्ने हुन्छ । प्रदेश सभा नियमावली २०८० ले...
राजनीतिक व्यवस्था पल्टाउन खोज्नेप्रति राज्य चुप लागेर बस्दैन : सञ्चारमन्त्री गुरुङ
पोखरा । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले अहिलेको राजनीतिक व्यवस्थालाई पल्टाउने प्रयासका गतिविधि कसैले गर्छ भने राज्य चुप लागेर नबस्ने बताउनुभएको छ । “अहिलेको सत्ता गणतन्त्रवादीको हो,”उहाँले भन्नुभयो,“नेपलामा फेरि राजतन्त्र आउन सम्भव छैन, कसैले अहिलेको व्यवस्थालाई पल्टाउने प्रयासमा लाग्छ भने राज्यले सहेर बस्दैन ।” नेपाल सुनचाँदी व्यवसायी महासंघको १२ औँ वार्षिक साधारण सभाको शनिबार...
काठमाडाैंको तीनकुने घटनामा  २ काे मृत्यु ८८ घाइते, ५१ पक्राउ
काठमाडाैं । राजावादीहरूले काठमाडौंको तीनकुनेमा गरेको प्रदर्शन, तोडफोड र आगजनीमा संलग्न ५१ जनालाई प्रहरीले पक्राउ गरेको छ।जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता अपिलराज बोहराका अनुसार शुक्रबार रातिसम्म ५१ जनालाई नियन्त्रणमा लिइसकिएको छ। प्रहरीका अनुसार अमानवीय, अमर्यादित र गैरकानुनी आपराधिक गतिविधिमा संलग्न भएकाले उनीहरूलाई पक्राउ गरिएको हो।एसपी बोहोराका अनुसार प्रदर्शनका क्रममा ५३ जना प्रहरी घाइते भएका छन्।...
राजावादी आन्दोलनको नेतृत्व गर्ने ५ जना पक्राउ, दुर्गा प्रसाई फरार
काठमाडौं । राजावादी आन्दोलनको नेतृत्व गरिरहेका उच्च तहका  नेताहरूलाई पक्राउ गर्न प्रहरी टोली सक्रिय बनेको छ । प्रहरीका अनुसार, राजावादी मोर्चाको कमाण्ड सम्हालेका  दुर्गा प्रसाईंको शुक्रबार दिउँसैबाट खोजी भइरहेको छ । तर, उनी शनिबार बिहानसम्म पनि भेटिएका छैनन् । प्रहरीले उनीसहित आन्दोलनमा खटिएका राप्रपाका अन्य दुई शीर्ष नेतालाई भने ललितपुरको सातदोबाटोबाट शुक्रबार  प्रकाउ गरेको छ...
वैशाखको तेस्रो साता पोखरामा अन्तर्राष्ट्रियस्तरको भलिबल हुने
पोखरा । पोखरामा वैशाख तेस्रो साता अन्तर्राष्ट्रियस्तरको पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । राष्ट्रिय खेल भलिबललाई प्रवद्र्धन गर्ने उद्देश्यले लायन्स इन्टरनेसनल डिस्ट्रिक्ट ३२५एम नेपालले वैशाख १८ गतेदेखि २२ गतेसम्म लायन्स कप भलिबल प्रतियोगिता आयोजना गर्न लागेको हो । विश्वमा लायन्स क्लब स्थापनाको १ सय ७ वर्ष र नेपालमा ५४ वर्ष पुगेको अवसरमा आयोजित प्रतियोगितामा...
पोखरामा प्रतिभा एजुकेसनले खोल्यो उन्नत शिक्षा प्रणालीमा आधारित ‘एभरग्रिन एकेडेमी’
पोखरा । पोखराको शैक्षिक शानका रुपमा स्थापित प्रतिभा एजुकेशन फाउण्डेशनले एभरग्रीन एकेडेमी स्थापना गरेको छ । पोखरा तेर्सापट्टिस्थित साविक कल्पना सिनेमा हलको स्थानमा अत्याधुनिक भवन निर्माण गरी एडेकेमी सञ्चालनमा ल्याएको हो । यसै शैक्षिक सत्रदेखि पठनपाठन सुरु गर्न लागेको बुधबार पत्रकार सम्मेलन गरेर एकेडेमीले जानकारी दिएको हो । टोडलरदेखि कक्षा ५ सम्मको पढाइ सुरु हुने...