माधवप्रसाद बराल

माधवप्रसाद बराल

माधवप्रसाद बरालका अन्य लेखहरू

रवि लामिछानेको सांसद पद निलम्बन
पोखरा । प्रतिनिधि सभा सदस्य रवि लामिछाने सम्पत्ति शुद्धीकरणको आरोपमा निलम्बित भएका छन् । कास्की जिल्ला अदालतमा दायर मुद्दामा लामिछानेविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको आरोप छ । सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ को दफा २७ अनुसार कुनै राष्ट्रसेवक वा संगठित संस्थाको पदाधिकारी वा कर्मचारीमाथि यस्तो मुद्दा दायर भएमा उनी स्वतः...
कान्छा न्यायाधीश राईको इजलासमा रवि लामिछानेको मुद्दा
पोखरा । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण गरी ३ मुद्दा लागेका राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेको मुद्दा न्यायाधीश नीतिज राईको इजलासमा परेको छ । कुन मुद्दा कुन इजलासमा पर्ने भन्ने अदालतमा गोलाप्रथाद्वारा निर्धारण गरिन्छ । सोमबार गोलाप्रथा गर्दा लामिछानेको मुद्दा राईको इजलासमा परेको थियो । रविविरुद्धको मुद्दामा अदालतमा बयान सुरु भएको छ...
सहकारी ठगीमा पक्राउ परेका छविको अदालतमा बयान सुरु
पोखरा । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा जोडिएका ४४ विरुद्ध जिल्ला अदालतमा बयान सुरु भएको छ । सरकारी वकिलको कार्यालयले आइतबार पुरक अभियोगमार्फत ४४ जनालाई प्रतिवादी बनाई मुद्दा दर्ता गरेको थियो । ठगी प्रकरणमा जोडिएकालाई सोमबारदेखि बयान लिन सुरु गरिएको छ । जिल्ला न्यायाधीश नीतिज राईको इजलासमा बयान भएको अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए...
पत्रकार महासंघ कास्कीको नयाँ कार्यसमितिको सपथ तथा पदस्थापन
पोखरा । नेपाल पत्रकार महासंघ कास्कीको १२ औं महाधिवेशनबाट निर्वाचित  कार्य समितिको आइतबार सपथ तथा पदस्थापन गरिएको छ । मंसिर २८ गते भएको अधिवेशनबाट कास्कीमा निर्वाचित पदाधिकारी तथा सदस्य, केन्द्रीय परिषद् सदस्य तथा प्रदेश परिषद् सदस्यलाई सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङको उपस्थितिमा सपथ र पदस्थापन गरिएको हो । निर्वाचन समिति संयोजक प्रेस स्वतन्त्रता...
 रैथाने बाली जोगाइँदै पोख रा महानगरपालिका
पोखरा । रैथाने बाली संरक्षणका लागि पोखरा महानगरपालिकाले किसान लक्षित प्रोत्साहनका कार्यक्रम सञ्चालन गरेको छ । उन्नत र वर्णशङ्कर जातका खाद्य बालीको व्यापक विस्तार भइरहेका बेला रैथाने बाली जोगाउन महानगर लागिपरेको हो । पोखराको पहिचान बोकेको जेठोबुढो धानसहित कोदो, फापर, कागुनो, उवालगायत रैथानी बालीको संरक्षण तथा प्रवद्र्धन कार्यक्रम सञ्चालन गरिएको महानगरको कृषि महाशाखाले जनाएको छ...
बाजुरामा पाँच रेक्टरको भूकम्प
बाजुरा ।  बाजुराको पूर्वी उत्तरी भेगको जगन्नाथ गाउँपालिकाको गोत्री केन्द्रविन्दु बनाएर पाँच दशमलव २ रेक्टर म्याग्नेच्युडको भूकम्प गएको छ । भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार शनिबार बिहान ४ बजेर १४ मिनेटमा भूकम्प गएको हो । भूकम्प गएपछि जिल्ला सदरमुकाम मार्तडीमा स्थानीय घरबाहिर निस्केका थिए । भूकम्प गएपछि स्थानीयले घर बाहिर निस्किदै होहल्ला गरेका हुन् ।...
गण्डकीमा सफा, काेशीमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं ।  कोशी प्रदेशको हिमाली क्षेत्रमा आंशिक बदली रही एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । सो प्रदेशमा राति हिमाली क्षेत्रमा आंशिक बदली रही एक–दुई स्थानमा फाटफुटदेखि हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहने सम्भावना रहेको महाशाखाले...
एनपिएलमा  उपाधिका लागि भिड्दै सुदूरपश्चिम र जनकपुर
काठमाडौं ।  पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)को फाइनल खेल आज हुँदैछ । फाइनल खेलमा उपाधिका लागि सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स भिड्दैछन् । नेपाली क्रिकेटको महाकुम्भ एनपिएलको फाइनल खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा दिउँसो १२ः१५ बजे सुरु हुनेछ । सुदूरपश्चिम रोयल्सको कप्तानमा दीपेन्द्रसिंह ऐरी छन् भने जनकपुर बोल्ट्सको कप्तानमा आशिफ शेख रहेका छन् ।...
सूर्यदर्शन सहकारीका १९ प्रतिवादीलाई थप बिगो मागसहित पूरक अभियोग
पोखरा ।  पोखराको सूर्यदर्शन सहकारी संस्थाको रकम अपचलन गरेको अभियोगमा १९ जना प्रतिवादीलाई थप बिगो माग दाबीसहित पूरक अभियोग दर्ता भएको छ । सहकारीका संस्थापक अध्यक्ष जीबी राईसहित १९ प्रतिवादीविरुद्ध कास्की जिल्ला अदालतमा मुद्दा विचाराधीन छ ।जिल्ला सरकारी वकिलको कार्यालयल कास्कीले शुक्रबार उनीहरुलाई थप बिगो माग दाबीसहित पूरक अभियोग दर्ता गरेको हो । जिल्ला अदालतका...
सुनका गरगहना चोरी गरी फरार ३ जना  पक्राउ 
पोखरा । चोरी गरी फरार रहेका ३ जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ । पोखरा महानगरपालिका वडा न.३१ बेगनास गैह्राघर बस्ने वर्ष ७९ का वेदुनाथ अधिकारीको घरमा ३ जना नकावधारीले धारिलो हतियार खुकुरी देखाई निजको श्रीमतीलाई कुटपिट तथा लछारपछार गरी सुनका गरगहना चोरी गर्नेलाई प्रहरीले पक्राउ गरेको हो । तनहुँ रिसिंङ गा.पा. वडा नं. २...