माधवप्रसाद बराल

माधवप्रसाद बराल

माधवप्रसाद बरालका अन्य लेखहरू

मन्त्री परिषद्को बैठकले के के गर्‍याे त निर्णय ?
पोखरा । सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा गुणाकर भट्टलाई नियुक्त गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले आयोगको उपाध्यक्षमा डा भट्टलाई नियुक्त गरेको संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले जानकारी दिइन् । मन्त्रिपरिषद् बैठकले नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक किरण पण्डित...
पोखरा स्पोर्टस् अवार्ड
 पिपल्स च्वाइस अवार्डको मनोनयन सार्वजनिक
पोखरा । दशौं पोखरा स्पोर्ट्स अवार्ड–२०८२ अन्तर्गत ‘पिपल्स च्वाइस अवार्ड’ का लागि मनोनयनमा परेका खेलाडीहरूको नाम सार्वजनिक गरिएको छ । आयोजक नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले सोमबार एक कार्यक्रमको आयोजना गरेर यो विधामा मनोनयनमा परेका खेलाडीको नाम सार्वजनिक गरेको हो । यसरी मनोनयनमा पर्नेमा फुटबलका दीप कार्की, एथलेटिक्सकी नारायणी भण्डारी, भलिबलका राजन दर्लामी, क्रिकेटका विपिन...
पोखराकाे हेम्जामा चैत २७ देखि आलु महाेत्सव
पोखरा । राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । यस पटक हुने महोत्सव १४ औं संस्करणको हो । आयोजक विष्णुपादुका क्लवले सोमबार आज पत्रकार सम्मेलन गरी महोत्सव यही चैत २७ गतेदेखि वैशाख ५ गतेसम्म हुने र जसको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको हो । महोत्सवमा प्रतिकेजी रु.३५ मा आलुको कारोवार हुनेछ...
मार्च महिनामा ४८ हजार पर्यटक अन्नपूर्ण क्षेत्रमा भित्रिए
पोखरा । दोस्रो मुख्य पर्यटकीययाम सुरु भएसँगै अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटकको चहलपहल बढेको छ । गत मार्च महिनामा ४८ हजार ५१३ जना विदेशी पर्यटकले उक्त क्षेत्रका विभिन्न गन्तव्यस्थलको भ्रमण गरेका अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले जनाएको छ । तीमध्ये दक्षिण एसियाली मुलुकका ३२ हजार २० र अन्य देशका १६ हजार ४९३ पर्यटक रहेका छन् ।...
आज प्रतिनिधिसभाको बैठक बस्दै
काठमाडौँ । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज दिउँसो १ः०० बजे सिंहदरबारमा बस्दैछ । आजको बैठकमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना तथा सञ्चालन ) विधेयक, २०८१’, ‘पर्यटन विधेयक, २०८१’ र ‘चलचित्र विधेयक, २०८१’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।
राखेपलाई फिफाको सातदिने अल्टिमेटम
काठमाडाैं ।विश्व फुटबलको सर्वोच्च निकाय फिफाले राखेपलाई सात दिनभित्र निलम्बन फुकुवा नगरे अखिल नेपाल फुटबल संघ (एन्फा)लाई तत्काल निलम्बनका लागि फिफा काउन्सिलमा पेस गर्ने चेतावनी दिएको छ। फिफाले  ‘राखेपको कार्यकारी समितिको निर्णयअनुसार एन्फालाई तीन महिनाका लागि निलम्बन गरिएको’ उल्लेख गरेको छ। उसले भनेकाे छ, ‘हामीलाई यो पनि जानकारी भएको छ कि राखेपले एन्फालाई जारी चुनावी प्रक्रिया...
राष्ट्रिय सभा उपाध्यक्षमा लीला भण्डारीलाई अगाडि बढाउने एमालेको निर्णय
काठमाडौँ ।  राष्ट्रिय सभाको उपाध्यक्षमा लीला भण्डारीलाई अगाडि बढाउने एमालेले निर्णय गरेको छ । उपाध्यक्ष पदका लागि आज मनोनयन दर्ता हुँदैछ भोलि निर्वाचन तोकिएको छ । विमला घिमिरेको कार्यकाल सकिएपछि यो पद रिक्त छ । राष्ट्रिय सभा नियामावली २०७५ को नियम ८ को उपनियम १ बमोजिम उपाध्यक्ष पदको निर्वाचन हुन लागेको हो । गत माघ ११ मा भएको निर्वाचनमा भण्डारी...
आजदेखि मतदाता नामावली संकलन र अद्यावधिक सुरु
काठमाडौं ।निर्वाचन आयोगले  चैत २२  आनदेखि मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम सुरु गरेको छ । प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ घोषणा भएपछि आयोगले गत मङ्सिर ६ गतेदेखि उक्त कार्य स्थगन गरेको थियो । राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपाली नागरिकले आफ्नो राष्ट्रिय परिचयपत्रको विवरणमार्फत् मतदाता नामावलीमा अनलाइन प्रणालीबाटै नाम दर्ता गर्नसक्ने व्यवस्था मिलाइएको आयोगका सहसचिव...
सरकारी कार्यालय तथा सम्पूर्ण शैक्षिक संस्थामा शनिबार र आइतबार बिदा
काठमाडौं ।   प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आइतबार दिउँसो १ बजे  बसेको मन्त्रिपरिषद् बैठकले   आइतबार र शनिबार बिदा दिने लगायतका विभिन्न निर्णयहरू गरेको छ । त्यस्तै, आगामी शैक्षिक सत्र वैशाख १५ गतेबाट सुरु गर्ने निर्णय पनि मन्त्रिपरिषद् बैठकले गरेको छ ।विश्व बैंकबाट प्राप्त हुने सहुलियतपूर्ण ऋण स्वीकार गर्ने पनि निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकका निर्णय...
बले नामले परिचित कलाकार सागर लम्साल पक्राउ
काठमाडौं । प्रहरीले चर्चित कलाकार सागर लम्साललाई एक युवतीले लगाएको बलात्कार आरोपपछि पक्राउ गरेको छ । अमेरिका बस्दै आएकी एक युवतीले कलाकारिता संसारमा बले उपनामले चिनिने लम्सालले आफूलाई अमेरिकामा बलात्कार गरेको आरोप लगाएपछि  प्रहरीले उनलाई पक्राउ गरेको हो । काठमाडौं प्रहरी प्रमुख एसएसपी रमेश थापाले उनलाई काठमाडौंको बुढानीलकण्ठको कपन बालुवाखानीबाट पक्राउ गरिएको बताए । लम्साललाई अमेरिकामा...