माधवप्रसाद बराल

माधवप्रसाद बराल

माधवप्रसाद बरालका अन्य लेखहरू

कास्कीका तीनवटै निर्वाचन क्षेत्रको मतगणना सुरु
पोखरा ।  कास्कीका तीनवटै निर्वाचन क्षेत्रको मतगणना सुरु भएको छ । क्षेत्र नम्बर २ को शुक्रबार बिहान साढे १२ बजे सुरु भएको हो भने कास्की-१ को २ बजे र कास्की-३ को बिहान साढे २ बजेदेखि मतगणना सुरु भएको छ । कास्की-२ को पोखरा महानगरपालिका-३३ को गणना भइरहेको छ भने कास्की- १ को रुपा गाँउपालिकाबाट सुरु...
देशका अधिकांश भागमा आज मौसम सफा रहने
काठमाडौँ। जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशका अधिकांश भागमा आज मौसम सफा रहने पूर्वानुमान गरेको छ । साथै मुलुकका पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । कोशी प्रदेशका हिमाली, पहाडी र तराई भागमा आंशिक बदलीदेखि मुख्यतया सफा मौसम रहने जनाइएको छ भने मधेस प्रदेशका तराईका...
३ घण्टामा देशभर खस्यो १२ लाख मत
प्रतिनिधि सभा निर्वाचनमा  ३ घण्टाको अवधिमा देशभर करिब १२ लाख लाख मत खसेको छ । देशभरका १६५ वटै निर्वाचन क्षेत्रका मतदानस्थलहरुमा १० बजेको अवघिसम्ममा  १२ लाख  मत खसेको निर्वाचन आयाेगको भनाइ छ ।  । प्रतिनिधिसभा सदस्यका लागि बिहान ७ बजेदेखि मतदान जारी छ । साँझ पाँचबजेसम्म मतदान हुनेछ ।
अनिवार्य रूपमा मताधिकार प्रयोग गर्न प्रधानमन्त्रीको आग्रह
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले अनिवार्य रूपमा आफ्नो मताधिकार प्रयोग गर्न आम मतदाताहरुलाई आग्रह गर्नुभएको छ ।उहाँले आज सामाजिक सञ्जालमार्फत आम मतदाताहरुलाई आफ्नो मताधिकार प्रयोग गर्न आह्वान गर्दै भन्नुभएको छ, “आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू, आज फागुन २१, अनिवार्य रूपमा मतदान केन्द्र पुगी आफ्नो अमूल्य मताधिकार प्रयोग गर्न हार्दिक आग्रह गर्दछु ।” प्रधानमन्त्री कार्कीले मतदाताको प्रत्येक...
प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदान जारी
काठमाडौँ ।  जेनजी आन्दोलनपछिको विशेष परिस्थितिमा हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत आज बिहान ७ बजेदेखि मतदान सुरु भएको छ । साँज ५ बजेसम्म मतदानकाे समय ताेकिएकाे छ । मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेपछि भएको प्रतिनिधिसभाको यो तेस्रो निर्वाचन हो । यसअघि २०७४ र २०७९ सालमा निर्वाचन भएको थियो । आज ‘पहिलो हुने निर्वाचित हुने...
सशस्त्र प्रहरीद्वारा ८ कार्टुन मदिरा नियन्त्रणमा
पोखरा। आसन्न प्रतिनिधि सभाको निर्वाचन–२०८२ लाई लक्षित गर्दै सशस्त्र प्रहरीले कास्कीमा मदिरा नियन्त्रणमा लिएको छ। कास्कीको रुपा गाउँपालिका–७ दाङसिङ मराङ क्षेत्रमा पोखराबाट रुपातर्फ जाँदै गरेको ग३च ६४३२ नम्बरको जिपबाट पसलमा बिक्रीका लागि झार्दै गरेको अवस्थामा ८ कार्टुन ‘कर्णाली स्याउ’ नामक मदिरा (अन्दाजी मूल्य रु. ७ हजार बराबर) नियन्त्रणमा लिइएको हो। सशस्त्र प्रहरी बल नेपाल नं. २४...
इरानमा मारिनेको संख्या ७८७ पुग्यो
इरानमा अमेरिका र इजरेलको संयुक्त आक्रमण सुरु भएयता मारिने मानिसहरूको सङ्ख्या ७८७ जना पुगेको रेड क्रेसन्टले बताएको छ। इरानमा रहेका एक जना संवाददाताले शनिवारयता तेहरानका प्रत्येक भागहरूमा आक्रमण भएको बताएका छन्। नातान्जको परमाणु क्षेत्रमा भएको क्षति बीबीसी भेरिफाईले अवलोकन गरेको छ। इजरेलले इरानसँगै लेबनानको राजधानी बेरुतमामा पनि आक्रमण जारी राखेको छ। इजरेलको सेनाले इरानको सहयोगी...
आज तराईमा हुस्सु, पहाडमा बादल लाग्ने
पोखरा ।  हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको उच्च चापीय प्रणालीको प्रभाव रहेको छ । हाल कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बादल लागेको र ती भूभागलगायत बाँकी भूभागहरूमा तुवाँलो पनि लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तराईका केही स्थानमा आज दिउँसो हुस्सु रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी...
खाडी क्षेत्रमा रहेका नेपालीलाई विवरण भर्न आग्रह
काठमाडौँ । मध्यपूर्वमा विकसित परिस्थितिलाई ध्यान दिँदै परराष्ट्र मन्त्रालयले सञ्चालनमा ल्याएको पोर्टललाई खाडी क्षेत्रका विभिन्न दूतावासले आवश्यक प्रचारप्रसार र समन्वय गरेका छन् । नेपाली दूतावास रियादले नेपालीको नाम दर्ताका लागि पोर्टल सञ्चालनमा ल्याएको जानकारी दिँदै आवश्यक सूचना उपलब्ध गराउन नेपाली श्रमिकलाई आग्रह गरेको छ । दूतावासका अनुसार नेपाली नागरिकको अवस्थासम्बन्धी तथा आवश्यक कारबाहीको प्रयोजनका लागि...
निर्वाचन आउन १ दिन बाँकी
 सार्वजनिक बिदाका दिन बैंक खुल्ने 
काठमाडौँ ।  निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई सहज बनाउनका लागि बैंक तथा वित्तीय संस्थासँग सम्बन्धित शाखालाई नियमित सञ्चालनको आवश्यक व्यवस्था मिलाइएको जनाएको छ । यही फागुन २१ गतेका दिन हुने प्रतिनिधिसभा सदस्यको आमनिर्वाचनलाई मध्यनजर गरी सरकारले तीन दिन सार्वजनिक बिदा दिएको छ । फागुपूर्णिमा तथा अन्य सार्वजनिक बिदाका कारण सो अवधिमा वित्तीय पक्षका सारभूत कार्य...