थ्री स्टारले जित्यो खप्तड गोल्डकप फुटबलको उपाधि

थ्री स्टारले जित्यो खप्तड गोल्डकप फुटबलको उपाधि

सुदूरपश्चिम खप्तड गोल्डकप

ललितपुरको थ्री स्टार क्लबले छैटौँ संस्करणको मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ।

धनगढी रंगशालामा भएको खेलमा मनाङ मर्स्याङ्दी क्लबलाई २–० गोलले हराउँदै थ्री स्टार क्लबले उपाधि जितेको हो।

उपाधिसँगै थ्री स्टारले २१ लाख रुपैयाँ पुरस्कार जितेको छ। उपविजेता मनाङले भने १० लाख रुपैयाँ पुरस्कार जितेको छ।

सुदूरपश्चिम–११ स्पोर्ट्स क्लबले आयोजना गरेको प्रतियोगितामा ‘ए’ डिभिजनका ६ टोली, २ विदेशी र मोफसलको बागमती युथ क्लब र आयोजक गरी १० टोलीको सहभागिता थियो।

थ्री स्टार क्लबका कप्तान बिक्रम लामा गोल्डकपको सर्वोत्कृष्ट खेलाडी चुनिए।

प्रतियोगितामा बिक्रम सर्वोत्कृष्ट चुनिएका हुन्। थ्री स्टारलाई उपाधि दिलाउन उनले उत्कृष्ट प्रदर्शन गरेका थिए। फाइनलमा मनाङ मर्स्याङ्दी क्लबविरुद्ध बिक्रमले गोल समेत गरेका थिए।

सर्वोत्कृष्ट चुनिएका बिक्रमले एक लाख रुपैयाँ पुरस्कार पाए।

यस्तै उत्कृष्ट गोलरक्षक थ्री स्टारका मोहम्मद ताहा रहे। उत्कृष्ट डिफेन्डर थ्री स्टारका पिटर सेगुन, उत्कृष्ट  प्रशिक्षक थ्री स्टारका मेघराज केसी रहे।

यस्तै उत्कृष्ट मिडफिल्डर मनाङका विशन गुरुङ र सर्वाधि गोलकर्ता मनाङका सायीजमल घोषित भए। विधागत तर्फका उत्कृष्टले जनही १५ हजार रुपैयाँ प्राप्त गरे।

सुदूरपश्चिम–११ का दिपेन्द्र मलासी उदयमान खेलाडी चुनिए। उनले २५ हजार रुपैयाँ पुरस्कार पाए।

प्रतिक्रिया

भर्खरै

Copy - Advertisement


 

This will close in 10 seconds