पत्रकार ‘सल्यानी’लाई युआरएल पत्रकारिता पुरस्कार

पत्रकार ‘सल्यानी’लाई युआरएल पत्रकारिता पुरस्कार

आरजू विष्ट ‘सल्यानी’

यस वर्षको युआरएल पत्रकारिता पुरस्कार २०७९ पत्रकार आरजू विष्ट ‘सल्यानी’लाई प्रदान गरिने भएको छ।

गण्डकी प्रदेशकै पहिलो रेफरेन्स ल्याब युनाइटेड रेफरेन्स ल्याबोरेटरी (युआरएल)ले स्थापना र संचालन गरेको यो पुरस्कारराशी नगद २० हजार र ताम्रपत्र छ।

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य त्रिभुवन पौडेल संयोजक र डा सुरेश पौडेल र पत्रकार वासुदेव मिश्र सदस्य रहेको प्रतिभा छनोट समितिले ‘सल्यानी’लाई पुरस्कृत गर्ने निर्णय गरेको हो।

पोखरामा रहेर २ दशकभन्दा बढी पत्रकारितामा क्रियाशील ‘सल्यानी’ रेडियो अन्नपूर्ण र सफल आवाज डटकममा कार्यरत् छन्। गीतकार/गजलकारको रुपमा समेत चर्चित उनी फाइन आर्टका कलाकार समेत हुन्।

मंसीर २३ गते युआरएलको वार्षिकोत्सव समारोहमा ‘सल्यानी’लाई पुरस्कार अर्पण गरिने युआरएलका अध्यक्ष ठाकुरप्रसाद पन्तले जानकारी दिएका छन्।

नि:शुल्क १ सय ३० शिविर संचालन गरिसकेको युआरएलले जनतालाई स्वास्थ्यबारे सचेत बनाउने पत्रकारलाई पुरस्कृत गरी वार्षिकोत्सव मनाउँदै आएको उनले बताए। यसअघि यो पुरस्कारबाट पत्रकारहरु ऋषि खतिवडा, यदुनाथ वञ्जारा, सुरेन्द्र पौडेल, प्रदीप पौडेल र हरि बास्तोला सम्मानित भइसकेका छन्।

प्रतिक्रिया

भर्खरै

Copy - Advertisement


 

This will close in 10 seconds