नेपाली कांग्रेसका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ

नेपाली कांग्रेसका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ

congress-oath-

ललितपुर । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूलाई पद तथा गोपनीयताको शपथ गराएका छन्। पार्टीको केन्द्रीय निर्वाचन समितिद्वारा सानेपास्थित केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा सभापति थापाले उनीहरूलाई शपथ दिलाएका हुन्।

महाधिवेशनबाट सभापतिमा निर्वाचित थापाले भने गत असोज ३१ गते नै पद तथा गोपनीयताको शपथ लिइसकेका थिए। उनीबाहेकका अन्य पदाधिकारी र केन्द्रीय सदस्यहरूले भने बिहीबार शपथ ग्रहण गरेका हुन्।

शपथग्रहणलगत्तै निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काले निर्वाचित केन्द्रीय पदाधिकारी तथा सदस्यहरूलाई प्रमाणपत्र वितरण गरेका थिए। सो अवसरमा संयोजक खड्काले यस महाधिवेशनलाई कांग्रेसले मात्र नभई आम नेपाली नागरिकले चासोका साथ हेरेको बताए। उनले देशमा विधिको शासन र संवैधानिक सर्वोच्चता कायम राख्न नवनिर्वाचित सबै पदाधिकारी तथा सदस्यहरूलाई आग्रह गरे।

प्रतिक्रिया