पोखरा उद्योग वाणिज्य संघको महाधिवेशन: अध्यक्षसहित अधिकांश पदमा त्रिपक्षीय भिडन्तको सम्भावना

पोखरा उद्योग वाणिज्य संघको महाधिवेशन: अध्यक्षसहित अधिकांश पदमा त्रिपक्षीय भिडन्तको सम्भावना

Messenger_creation_990F2A63-AC8B-4A50-B790-0462E804A03E

पोखरा ।
पोखराको जेठो निजी क्षेत्रको छाता संस्था पोखरा उद्योग वाणिज्य संघको आगामी भदौ २० र २१ गते हुने ३६औँ महाधिवेशनमा अध्यक्षदेखि अधिकांश पदाधिकारीसम्म त्रिपक्षीय प्रतिस्पर्धा हुने सम्भावना देखिएको छ। उम्मेदवारी घोषणा र सम्भावित आकांक्षीहरूको सक्रियतासँगै चुनावी माहोल दिनप्रतिदिन तातिँदै गएको छ।

अध्यक्ष पदका लागि हालसम्म शोभा गौतम, बलराम आचार्य र उत्तममान बुद्धाचार्यले उम्मेदवारी घोषणा गरिसकेका छन्। यद्यपि अर्जुन पोखरेलको नाम पनि अध्यक्ष पदका सम्भावित उम्मेदवारका रूपमा चर्चामा रहे पनि उनले औपचारिक घोषणा भने गरेका छैनन्।

उत्तममान बुद्धाचार्य हाल संघका वरिष्ठ उपाध्यक्ष, बलराम आचार्य वाणिज्य उपाध्यक्ष तथा शोभा गौतम महासचिवको जिम्मेवारीमा रहेकाले तीनैजनाले आफ्नो अनुभव र संगठनभित्रको प्रभावलाई चुनावी आधार बनाएका छन्।

वरिष्ठ उपाध्यक्ष पदमा दिनेशचन्द्र बाँस्तोला, हरिराज पन्त र सोभित पौडेलबीच प्रतिस्पर्धा हुने आकलन गरिएको छ। उद्योग उपाध्यक्षमा ललितबहादुर कुँवर,बालकृष्ण कोइराला,सौगात थापा विच प्रतिष्पर्धा हुने अनुमान गरिएको छ । वाणिज्य उपाध्यक्ष पदमा मनोज श्रेष्ठ,रामेश्वर अधिकारी, रूद्रनाथ लुईटेल चुनावी मैदानमा उत्रिन सक्ने चर्चा छ।

महासचिव पदमा सुदीप प्रधानांग, तारानाथ ढुंगाना र टिकाराम सुवेदीबीच प्रतिस्पर्धा हुने तयारी रहेको स्रोतको भनाइ छ। उपमहासचिवमा प्रदीप राजभण्डारी, भीम गौतम र रामचन्द्र तिमिल्सिनाको नाम चर्चामा रहेको छ। कोषाध्यक्ष पदमा देबेन्सन प्रजु, विनोद केसी र जीवनप्रकाश श्रेष्ठबीच प्रतिस्पर्धा हुने सम्भावना देखिएको छ।

यद्यपि उम्मेदवारी दर्ताको अन्तिम समयसम्म विभिन्न पदमा आकांक्षीबीच पद अदलबदल वा सहमतिको प्रयास हुन सक्ने सम्भावना पनि उत्तिकै रहेको जानकारहरू बताउँछन्।

कार्यसमिति सदस्य पदका लागि मनोहरी पौडेल, दुधमान गुरुङ ‘आशिष’, दुर्गा बराल,यादवराज पोखरेल,प्रेम सुवेदी,राम प्रसाद कडेल, पृथ्वीराज तिमिल्सिना, नवीन नापित, एकनारायण गौतम, सुरेश घिमिरे, कमलबहादुर सुनार, दिलीप श्रेष्ठ, रूद्रलाल श्रेष्ठ ,नवीन पौडेल,चिन्तामणि खरेल,भवसागर बराल र अमृत पोखरेल लगायत चुनावी मैदानमा उत्रिने सम्भावना रहेको बुझिएको छ।

यसपटक पनि अध्यक्षका उम्मेदवारहरूले आफ्ना छुट्टाछुट्टै प्यानल बनाउने तयारी गरिरहेका छन्। यद्यपि सदस्य पदमा पूर्ण प्यानल बनाउन कठिन हुने आँकलन गरिएको छ। त्यसैले प्रभावशाली तथा मत तान्न सक्ने सदस्य उम्मेदवारलाई आफ्नो समूहमा समेट्न अध्यक्षका आकांक्षीहरू सक्रिय देखिएका छन्।
यसबीच संघका पूर्वअध्यक्षहरू हालसम्म कुनै उम्मेदवारको पक्षमा खुलेका छैनन्। साथै नेपाली कांग्रेस, नेकपा (एमाले),नेपाली कम्युनिस्ट पार्टी नेकपा, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायत राजनीतिक दलहरूको प्रत्यक्ष वा अप्रत्यक्ष समर्थन कुन उम्मेदवारले पाउँछन् भन्ने विषयले पनि निर्वाचन परिणाममा महत्वपूर्ण प्रभाव पार्न सक्ने र जातिय तथा लिङ्गीय मतले समेत प्रभाव पार्न सक्ने विश्लेषण गरिएको छ ।
यस वर्षको महाधिवेशनमा अध्यक्षदेखि अधिकांश पदाधिकारीसम्म बहुपक्षीय प्रतिस्पर्धा हुने संकेत देखिएकाले पोखरा उद्योग वाणिज्य संघको निर्वाचन निकै रोचक र प्रतिस्पर्धात्मक बन्ने अपेक्षा गरिएको छ ।
पोखरा उधोग वाणिज्य संघमा जम्मा सदस्य सख्या २७३१ रहेका छन् भने निर्वाचन सम्पन्न गराउन संघका पुर्व अध्यक्ष दामु अधिकारीको संयोजकत्वमा सात सदस्यीय निर्वाचन समिति समेत गठन गरिसकेको छ ।

प्रतिक्रिया

भर्खरै