सेती नदीबाट अवैध बालुवा उत्खनन गर्दै गरेका तीन टिप्पर नियन्त्रणमा

सेती नदीबाट अवैध बालुवा उत्खनन गर्दै गरेका तीन टिप्पर नियन्त्रणमा

11

पोखरा। कास्की प्रहरीले सेती गण्डकी नदीबाट अवैध रूपमा बालुवा उत्खनन गरिरहेको अवस्थामा तीन वटा टिप्पर नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार आइतबार राति करिब १०ः१५ बजे पोखरा महानगरपालिका–२५ स्थित सेती गण्डकी नदी किनारमा अवैध रूपमा बालुवा उत्खनन भइरहेको भन्ने सूचनाका आधारमा प्रहरी टोली परिचालन गरिएको थियो।

प्रहरी टोलीले नदीबाट बालुवा टिप्परमा लोड गरिरहेको अवस्थामा तीनवटा टिप्परसहित चालकलाई नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि पोखरा महानगरपालिकामा बुझाएको थियो।

नियन्त्रणमा परेका सवारीसाधनमध्ये ग १ क ४४७२ नम्बरको टिप्पर कास्की पोखरा–१९ लामाचौर बस्ने २६ वर्षीय सुजन गुरुङले चलाइरहेका थिए। त्यसैगरी GAA००७६ नम्बरको टिप्पर पोखरा–१ सिम्पानी बस्ने २६ वर्षीय विकास घर्ती र GAA०१२४ नम्बरको टिप्पर पोखरा–२५ याम्दी बस्ने २५ वर्षीय राजु मगरले चलाइरहेका थिए।

पोखरा महानगरपालिकाले अवैध उत्खननमा संलग्न तीनै टिप्परलाई जनही १५ हजार रुपैयाँ का दरले जरिवाना गरी छाडेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

भर्खरै

Copy - Advertisement


 

This will close in 10 seconds