फेवातालमा डुबेर मृत्यु

फेवातालमा डुबेर मृत्यु

fewa-resque

पोखरा। पोखराको फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक युवाको ज्यान गएको छ । कास्कीको पोखरा महानगरपालिका वडा नं. १५, रामबजार बस्ने १९ वर्षीय अमर थापाको तालमा डुबेर मृत्यु भएको हो ।

मङ्गलबार साँझ पौडी खेल्ने क्रममा फेवातालमा युवक बेपत्ता भएको जानकारी पाएपछि राति ८ बजेबाट उद्धारका लागि सशस्त्र प्रहरी बल नेपाल नं. २४ गण हेडक्वाटर कालिका कास्कीबाट गोताखोरसहितको विपद् व्यवस्थापन टोली खटिएको थियो ।

राति सवा ९ बजे तालको २५ फिट गहिराईबाट अचेत अवस्थामा थापालाई उद्धार गरी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पठाइएको थियो । चिकित्सकले थापालाई पौने १० बजे मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले जानकारी दिनुभयो ।

प्रतिक्रिया