पोखरा महानगरपालिकाको नीति तथा कार्यक्रमको पूर्ण पाठ

पोखरा महानगरपालिकाको नीति तथा कार्यक्रमको पूर्ण पाठ

726289593_27179023918374919_211499971798136741_n

पोखरा महानगरपालिकाको १९ औँ नगरसभा बिहीबारदेखि शुभारम्भ भएको छ । नगर सभामा नगर प्रमुख धनराज आचार्यले महानगरपालिकाको आगामी आर्थिक वर्ष २०८३।०८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको छ ।
महानगरले शहरी योजना, पूर्वाधार विकास, पर्यटन प्रवर्द्धन, कृषिको आधुनिकीकरण तथा यान्त्रीकरण, स्थानीय उत्पादनको प्रवर्द्धन, शैक्षिक सुधार, स्वास्थ्यमा नागरिकको पहुँच विस्तार लगायत नीतिलाई प्राथमिकता दिएको छ । वर्षभरि अभियानका रूपमा विभिन्न कार्यक्रमहरू सञ्चालन गर्ने गरी ३३ वटा नयाँ अभियानहरू समेत सभामा प्रस्तुत गरिएको छ ।
सभाको अर्को बैठक शुक्रबार बिहान ११ बजे पोखरा सभागृहमा बस्नेछ । शुक्रबारको बैठकमा उपप्रमुख मन्जुदेवी गुरुङले महानगरपालिकाको वार्षिक विकास कार्यक्रमका लागि विनियोजन बजेट तथा कार्यक्रम प्रस्तुत गर्नुहुनेछ ।

प्रतिक्रिया