विश्वकपमा डेब्यु गरेको एीसयाली टोली जोर्डनमाथि अस्ट्रियाले सहज जित निकालेको छ ।


अमेरिकास्थित सान फ्रान्सिस्को बे एरिया रङ्गशालामा बुधबार बिहान भएको समूह ‘जे’ को खेलमा अस्ट्रियाले जोर्डनलाई ३–१ गोलले हरायो ।
अस्ट्रियाका लागि रोमानो स्मिडले २१औँ र मार्को अर्नाउटोभिकले दोस्रो हाफको अतिरिक्त समयमा पेनाल्टीमा गोल गर्नुभएको थियो ।

अस्ट्रियाले अर्को गोल ७६औँ मिनेटमा आत्मघाती उपहार पाएको थियो । जोर्डनका लागि ५०औँ मिनेटमा अली ल्याद ओल्वानले उत्कृष्ट गोल गर्नुभएको थियो ।
पहिलो जितसँगै तीन अङ्क बनाएको अस्ट्रिया दोस्रो स्थानमा छ । यस समूहको शीर्षस्थानमा रहेको साविक विजेता अर्जेन्टिनाको पनि तीन अङ्क छ । बुधबार बिहानै भएको खेलमा अर्जेन्टिनाले अल्जेरियालाई ३–० गोलले हराएको थियो ।
अर्जेन्टिनाको जितका कप्तान लियोनल मेस्सीले ह्याट्रिक गर्नुभएको थियो । जारी विश्वकपमा मेस्सीको यो पहिलो ह्याट्रिक हो । जोर्डन र अल्जेरियाले हारबाट विश्वकपको सुरुवात गरेका छन् । एजेन्सी