पूर्वबैंकर थापाको सवारी दुर्घटनमा निधन

पूर्वबैंकर थापाको सवारी दुर्घटनमा निधन

Resham-Thapa-Death-Photo

पोखरा । पूर्वबैंकर रेशमबहादुर थापाको सवारी दुर्घटनामा परी निधन भएको छ । पोखरा महानगरपालिका ३१ स्थित बेगनास भोर्लेटार सडक खण्डको पचभैयामा उनले चलाएको कार अनियन्त्रित भई  बिहीबार साँझ दुर्घटना हुँदा थापाको मृत्यू भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ । थापाले चलाएको बा १३ च ४२०९ नम्बरको कार अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल खसेको कास्की प्रहरीका प्रवक्ता समेत रहेका डिएसपी वीरेन्द्रकुमार पासवानले बताए ।

थापालाई तत्काल उद्दार गरी उपचारका लागि प्रादेशिक जनरल तथा सरुवा रोग अस्पताल मोहरियामा पुर्‍याएपछि चिकित्सकले मृत घोषणा गरेका थिए । उनी फेवा फाइनान्सका तत्कालिन कार्यकारी अधिकृतका हुन् । केही वर्ष अघि उनको छोराको पनि मोटरसाइकल दुर्घटनामा परी निधन भएको थियो । पोखरा ३१ कै स्थायी बासिन्दा उनी पछिल्लो समय पोखरा गैह्रापाटनमा बस्दै आएका थिए ।

प्रतिक्रिया