घरमा चोरी गर्दै गर्दा एक जना पक्राउ

घरमा चोरी गर्दै गर्दा एक जना पक्राउ

chori

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२६ माझको डाँडास्थित एक घरमा चोरी गर्दै गरेको अवस्थामा एक जना पक्राउ परेका छन्।जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार आइतबार (२०८३ जेठ २२ गते) दिउँसो करिब ११ः३० बजे धनबहादुर खड्काको घरमा कोही नभएको मौका पारी घरको मूलढोका तथा भित्रका कोठाको ताल्चा फोडी चोरी भइरहेको सूचना प्राप्त भएपछि प्रहरी परिचालन गरिएको कास्कीका प्रहरी प्रवक्ता तथा डिएसपी वीरेन्द्रकुमार पासवानले जानकारी दिए ।

चोरीको क्रममा घरभित्र रहेको दराज समेत तोडफोड गरी धनमाल चोरी गरिरहेको अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए। सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरी टोली घटनास्थलतर्फ पुगेको थियो। प्रहरी टोली पुगेपछि भाग्ने प्रयास गरेका जिल्ला काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका–११ निवासी ३६ वर्षीय राजन तामाङलाई ताल्चा तोडफोड गर्न प्रयोग गरिने फलामको औजारसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

पक्राउ परेका तामाङविरुद्ध चोरी तथा डाँका उद्योग सम्बन्धी कसुरमा कास्की जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

प्रतिक्रिया