भूमि समस्या समाधान समितिको अध्यक्षमा कास्कीका बलभद्र बास्तोला नियुक्त

भूमि समस्या समाधान समितिको अध्यक्षमा कास्कीका बलभद्र बास्तोला नियुक्त

CABENET.jpg2

सरकारले भूमि समस्या समाधान आयोगका रिक्त पदहरूमा नयाँ नियुक्ति गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले आयोगको अध्यक्षमा बलभद्र बास्तोला लाई नियुक्त गर्ने निर्णय गरेको हो।

त्यसैगरी आयोगका सदस्यहरूमा अमिर प्रसाद न्यौपाने, पद्मनिती सोती र डा. रोना श्रेष्ठ लाई नियुक्त गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको छ।

सरकारले आयोगका रिक्त पदहरूमा नियुक्ति गर्दै भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूको समस्या समाधानका लागि आयोगको कामलाई थप प्रभावकारी बनाउने अपेक्षा गरेको छ।

मन्त्रिपरिषद्को निर्णयसँगै नवनियुक्त पदाधिकारीहरूले आयोगको नेतृत्व तथा नीति कार्यान्वयनको जिम्मेवारी सम्हाल्नेछन्। आयोगले भूमिसम्बन्धी विवाद समाधान, जग्गा व्यवस्थापन तथा भूमिहीन नागरिकलाई जग्गा उपलब्ध गराउने लगायतका कार्य गर्दै आएको छ।

प्रतिक्रिया

भर्खरै