काठमाडौँ। नेपाल क्रिकेट सङ्घ (क्यान) ले सिंगापुरमा मे ३१ देखि जुन ८ तारिखसम्म हुने एसियन गेम्स क्रिकेट छनोट खेल्न जाने नेपाली पुरुष क्रिकेट टोलीको बिदाइ गरेको छ । क्यानले बिहीबार आयोजित कार्यक्रमबिच खेलाडीको बिदाइ गरेको हो । छनोटमा नेपाल समूह ‘ए’ मा रहेको छ । यस समूहमा मलेसिया र चीन छ ।


समूह ‘बी’ मा ओमान, हङकङ, बहराइन र सिंगापुर रहेको छ । समूहका शीर्ष दुई टोली एसियन गेम्समा छनोट हुनेछन् । नेपालले पहिलो खेल मे ३१ तारिख चीनसँग खेल्दै छनोट प्रतियोगिताको सुरुवात गर्नेछ ।
नेपाली टोली
दीपेन्द्रसिंह ऐरी (कप्तान), रोहित पौडेल, लोकेश बम, नन्दन यादव, करण केसी, कुशल भुर्तेल, सन्दीप जोरा, सन्दीप लामिछाने, आरिफ शेख, शाहब आलम, आसिफ शेख, कुशल मल्ल, शेर मल्ल र सोमपाल कामी ।