KLANG, MALAYSIA – MAY 27: Pictures from the match between Nepal and China during the Asian Games Qualifier Women’s 2026 at Bayuemas Oval on May 27, 2026 in Klang, Selangor, Malaysia. (Photo by Peter Lim/PhotoDesk.com.my) for Asian Cricket Council
एसियन गेम्स छनोटमा नेपालले विजयी सुरुवात गरेको छ। बुधबार मलेसियामा भएको खेलमा नेपालले चीनमाथि १९ रनको जित निकालेको हो। नेपालले दिएको १२६ रनकव लक्ष्य पछ्याएको चीनले २० ओभरमा ५ विकेटको क्षतिमा १०६ रन बनायो।


चीनका लागि कप्तान जु मिंगेले ३० रन बनाइन्। बलिङमा नेपालकी रिया शर्माले २ विकेट हात पार्दा मनिषा उपाध्याय, कविता कुँवर र पूजा महतोले १-१ विकेट हात पारे।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ५ विकेटको क्षतिमा १२५ रन बनायो। नेपालका लागि उपकप्तान पूजा महतोले ६३ रनको योगदान गरिन्। उनले ५७ बल खेलेर ६ चौका प्रहार गरिन्।
पूजासँग ओपनिङ गरेकी सम्झना खड्का ४ रनमा आउट भइन भने सोनी पाख्रिनले १८ रन जोड्न सकिन्। रुबी पोद्दारले नटआउट २२ रन बनाएकी थिइन्। बलिङमा चीनकी मा रुइकेले २ विकेट लिइन्।
समूहमा नेपालले दोस्रो तथा अन्तिम खेलमा इन्डोनेसियासँग भोलि प्रतिस्पर्धा गर्नेछ। अर्को समूहमा थाइल्यान्ड, आयोजक मलेसिया र हङकङ छन्। दुवै समूहका शीर्ष दुई दुई टोली सेमिफाइनल पुग्नेछन्। सेमिफाइनल जित्ने दुई टोली र तेस्रो हुने एक टोली गरी तीन टोली आगामी सेप्टेम्बरमा जापानमा हुने एसियन गेम्समा छनोट हुनेछ।
