काठमाडौं । तीन वटै सरकारी बैंकका अध्यक्षले पदबाट राजीनामा दिएका छन् । सरकारी स्वामित्वका राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक र कृषि विकास बैंकका अध्यक्षहरूले राजीनामा दिएका हुन् ।

नयाँ सरकारले अघिल्लो सरकारको पालामा राजनीतिक नियुक्ति पाएका १५९४ जनालाई अध्यादेश नै ल्याएर पद मुक्त गरेको थियो । तर, त्यसमा सरकारी बैंकका पदाधिकारीहरू भने परेका थिएनन् । अध्यादेशबाट पदमुक्त नभए पनि सरकारले मार्ग प्रशस्त गर्न भनेपछि राजीनामा बुझाएको स्रोतको भनाई छ ।