पाेखरा । गण्डकी प्रदेश सभामा नेपाली कांग्रेस संसदीय दलले सांसद प्रकाश बराललाई प्रमुख सचेतक नियुक्त गरेको छ । नेका संसदीय दलका नेता समेत रहेका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मंगलबार बराललाई उक्त जिम्मेवारी दिएका हुन् ।

यसअघि सचेतक रहेका बराललाई पदोन्नति गर्दै प्रमुख सचेतक बनाइएको हो । यसअघि नन्दप्रसाद न्यौपाने प्रमुख सचेतक थिए । न्यौपाने मन्त्री बनेपछि भएपछि रिक्त पदमा बराललाई जिम्मेवारी दिइएको हो ।