closeup of the feet of a dead body covered with a sheet, with a blank tag tied on the big toe of his left foot, in monochrome, with a vignette added
काठमाडाैं । पश्चिम एसियामा विभिन्न कारणले मृत्युवरण गरेका, तर जारी द्वन्द्वका कारण ३८ नेपालीको शव ल्याउन बाँकी छ । परराष्ट्र मन्त्रालयका अनुसार दुबईमा १५, साउदी अरबमा १७, कतारमा दुई, साइप्रसमा दुई, इजरायलमा एक, बहराइनमा एक गरी जम्मा ३८ जनाको शव ल्याउन बाँकी छ ।
अब उद्धार उडानमार्फत शव ल्याउन गम्भीर गृहकार्य भएको परराष्ट्रका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले बताए । उद्धारलगायतका लागि सरकारले पश्चिम एसियाली मुलुकमा रहेका नेपाली नियोगहरूलाई १० लाख रुपैयाँको दरले बजेट व्यवस्था गरेको छ । परराष्ट्रका अनुसार हाल इरानमा ११ जना नेपाली छन् । द्वन्द्व सुरु हुनुभन्दा अघि नै इरानी प्रहरीले पक्राउ परेका अमृत झा हाल हिरासतमा छन् ।

झासँग वकिलले भेटेको तथा उनी सुरक्षित रहेको जानकारी प्राप्त भएको परराष्ट्र प्रवक्ता क्षेत्रीले बताए । इरानी अदालतले झाविरुद्धको सजाय सुनाइसकेको छैन ।
