सिपयुक्त जनशक्ति परिचालन सम्बन्धी अभिमुखीकरण कार्यक्रम

सिपयुक्त जनशक्ति परिचालन सम्बन्धी अभिमुखीकरण कार्यक्रम

5158f231-f2a0-4fe1-957f-da1b4181141c

पाेखरा । सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय, गण्डकी प्रदेश, पोखराको आयोजना तथा पोखरा उद्योग वाणिज्य संघ र व्यवसाय प्रवर्द्धन केन्द्र, पोखरा महानगरपालिकाको सहकार्यमा सिप तालिम तथा रोजगारीको क्षेत्रमा कार्यरत वा अनौपचारिक रूपमा सिप हासिल गरेका कामदारहरू, श्रमिकका संघ–संस्थामा आबद्ध व्यक्तिहरू, स्थानीय स्तरका रोजगारदाता एवं व्यवसायीहरूसँग समन्वय गरी सिपयुक्त जनशक्तिको परिचालन सम्बन्धी अभिमुखीकरण तथा फारम भर्ने कार्यमा सहजीकरण गर्ने उद्देश्यले अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा रोजगारदाताहरू र RPL Graduates बीच अन्तरक्रिया समेत सम्पन्न गरिएको थियो, जसले सिप र रोजगारीबीचको समन्वयलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।

पोखरा उद्योग वाणिज्य संघको अमृत कक्षमा सम्पन्न उक्त कार्यक्रमको अध्यक्षता गोकर्ण कार्कीले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन पोखरा उद्योग वाणिज्य संघका महासचिव शोभा गौतमले गर्नुभएको थियो।

प्रतिक्रिया