सिमरामा फेरि तनाव, कर्फ्यू जारी

सिमरामा फेरि तनाव, कर्फ्यू जारी

simara

बारा । बाराकाे सिमरामा बुधबार भएकाे झडपकाे विषयलाई लिएर बिहीबार पनि तनाव भएकाे छ । जेनजीले प्रदर्शन चर्काउन थालेपछि दिउँसाे पाैने १ बजेदेखि कर्फ्यू लगाइएकाे छ ।

बिहीबार बिहान ११ बजेदेखि सिमरा चाेकमा जेनजीहरु प्रदर्शनमा उत्रिएका छन् । भीड नियन्त्रणमा लिन सामान्य बल प्रयाेग पनि गरेकाे थियाे । स्थिति नियन्त्रणमा जिल्ला प्रशासन कार्यालयले सिमरा क्षेत्रमा कर्फ्यू लगाएकाे छ ।

सहायक प्रमुख जिल्ला अधिकारी छविरमण सुवेदीका अनुसार बिहीबार दिउँसाे १२ : ४५ देखि साँझ ८ बजेसम्मका लागि कर्फ्यू लगाइएको बताए । पथलैयादेखि दक्षिण जीतपुरकाे ललका पुलसम्म राजमार्गकाे ५ सय मिटर दाँयाबाँया र एयरपाेर्ट क्षेत्रकाे ५ स मिटर आसपासकाे क्षेत्रमा कर्फ्यू लगाइएकाे हाे । प्रदर्शनका कारण सिमरा क्षेत्रमा यातायात पनि अवरुद्ध बनेकाे छ । उनीहरुले सिमरा चाेकमा टायर बालेर प्रदर्शन गरिरहेका छन् ।

प्रतिक्रिया