पोखरामा अन्तर्राष्ट्रिय बेलुन महोत्सव सुरु

पोखरामा अन्तर्राष्ट्रिय बेलुन महोत्सव सुरु

balloons-festivle-5

पोखरामा मंगलबारदेखि अन्तर्राष्ट्रिय बेलुन महोत्सव सुरु भएको छ । बेलुन नेपाल प्रालिको आयोजनामा भएको ‘बीवाईडी इन्टरनेसनल बेलुन महोत्सव’ १७ गतेसम्म सञ्चालन हुनेछ । ९ दिनसम्म चल्ने महोत्सवमा १७ वटा हट बेलुन एकै पटक पोखराको आकासमा उडाइने छ ।

महोत्सवले आन्तरिक मात्र नभई विदेशी पर्यटक पनि आकर्षित गर्ने गरी नेपालको अर्थतन्त्रमा टेवा पु¥याएर पर्यटन क्षेत्रको पुनरुत्थान गर्ने आयोजकले दाबी गरेको छ ।अन्तर्राष्ट्रिय बेलुन महोत्सवमा उडान भर्नका लागि स्पेन, फ्रान्स, लिथुवानिया, मलेसिया, जापान, अष्ट्रेलिया, अमेरिका, अष्ट्रिया, कोरिया, इटाली, यूके, लाओस, जर्मनी, भारत, दुवई, नेदरल्याण्ड, थाइल्याण्ड, बेल्जियमलगायत विभिन्न देशको सहभागी छ । महोत्सवमा ५ हजार फिट माथिसम्म बेलुन उडाइनेछ । पोखराको लौरुकदेखि चंखपुरसम्मको क्षेत्रमा उडान हुनेछ ।

४० मिनेटको उडानमा बेलुनबाट हिउँले ढाकिएका अन्नपूर्ण हिमशृंखला सहित माछापुच्छ्रे र धौलागिरि साथै पोखरा उपत्यकाको मनोरम दृश्य देख्न सकिने आयोजकको भनाइ छ । बेलुन नेपाल प्रालिले गत वर्ष २ हजार ५ सयलाई सेवा दिएकोमा यो वर्षमा ५ हजारभन्दा बढिले बेलुन चढ्ने अनुमान गरेको छ । बेलुन चढ्नका लागि नेपालीलाई ११ हजार रुपैयाँ, सार्क राष्ट्रसँगै चिनियाँ पर्यटकलाई १ सय २० डलर र विदेशी पर्यटकलाई १ सय ५० डलर शुल्क तोकिएको कम्पनिले जानकारी दिएको छ ।

प्रतिक्रिया