हिरासतमा रवि लामिछाने सुतेको फोटो फेक, अनुसन्धान गर्दै प्रहरी

हिरासतमा रवि लामिछाने सुतेको फोटो फेक, अनुसन्धान गर्दै प्रहरी

उजयतय

पोखरा । कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सुतिरहेको भनिएको फोटो यति बेला सामाजिक सञ्जालमा भाइरल भैरहेको छ । फोटो पोष्ट गर्दै रास्वपाका नेता कार्यकर्ताले कास्की प्रहरीले रविको गोपनियता र मानव अधिकारको उल्लङ्घन गरेको भन्दै आपत्ति जनाएका छन भने कतिपयले कास्की प्रहरीलाई कारवाही गर्न माग गरेका छन् ।

रवि विरोधी मान्छेहरुले ठिक उल्टो प्रहरी हिरासतमा राजकीय सुविधाका साथ रविलाई राखिएको भन्दै आलोचना गरेका छन । अरु अभियुक्तको हिरासत बसाई तुलना गर्दै गरिएका विभिन्न पोष्टहरुले सामाजिक सञ्जालको भित्ता रंगिएका छन् । तर कास्की प्रहरीको ध्यान भने अन्तै छ । उसले त्यो फोटो पहिलो पटक पोष्ट गर्ने मान्छे खोज्दै छ । कास्की प्रहरीले सिसी क्यामेरा लगाएर रविको चियो चर्को गरेको भनिएको फोटो फेक हुन सक्ने प्रहरीको आशंका छ । एआईको जमाना छ, फोटो फेक भएको आशंका छ, त्यसैले पहिलो पटक पोष्ट गर्ने मान्छे खोज्दैछौं- कास्की प्रहरी प्रमुख श्याम ओलियाले समाधानसँग भने ।

रवि लामिछाने सुतिरेको भनिएको भाईरल फोटोमा साइडको टेबलमा उर्दु भाषाको किताब देखिन्छ भने रविले लगाएको टोपी मुस्लिम समुदायका मानिसले लगाउने टोपीसँग मेल खान्छ । त्यसैले कतैको कसैको फोटोमा रविको अनुहार मिलाएर प्रहरीको आलोचना गर्ने हतियार बनाएको आशंकामा कास्की प्रहरीले पहिलो पटक सामाजिक सञ्जालमा पोष्ट्याउने व्यक्ति खोज्दैछ ।

प्रतिक्रिया

भर्खरै