पोखरा । १९ वर्षमुनिको महिला टि–२० विश्वकप एसिया छनोटमा नेपालले आज थाइल्यान्डसँग खेल्दै छ । नेपालको यो चौथो खेल हो । नेपाल र थाइल्याण्डबीचको खेल दिउँसो सवा ३ बजे युएईमा हुने छ ।
गएको बुधवार शुरु भएको प्रतियोगिताको पहिलो खेलमा नेपालले थाइल्याण्डलाई ६७ रनले पराजित गरेको थियो । बिहीवार कुवेतलाई एक सय आठ रनले हराएको नेपाल हिजो युएईसँग १३ रनले पराजित भयो । प्रतियोगितामा आयोजक युएईसहित नेपाल, कुवेत र थाइल्याण्ड सहभागी छन् । प्रत्येक टोलीले एकअर्कासँग दुई/दुई खेल खेल्ने छन् ।
सहभागी चार टोलीमध्ये शीर्ष स्थान हासिल गर्ने टोली आईसीसी १९ वर्षमुनिको महिला टि–२० विश्वकपका लागि छनोट हुनेछ । १९ वर्षमुनिको विश्वकप क्रिकेट प्रतियोगिता अर्को वर्ष जनवरीमा मलेसियामा आयोजना हुँदैछ ।