पोखरा । महिला यू–१९ टी–२० विश्वकपको एसिया छनोटमा नेपालले विजयी सुरुवात गरेको छ । यूएईमा भएको आफ्नो पहिलो खेलमा नेपालले थाइल्यान्डलाई ६७ रनले पराजित गरेको हो ।
नेपालले दिएको १ सय ३ रनको लक्ष्य पछ्याएको थाइल्यान्ड ११ दशमलव ४ ओभरमा ३५ रनमा अलआउट भयो । यसअघि पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय २ रन बनाएको थियो । कात्तिक २९ गतेसम्म चल्ने प्रतियोगितामा नेपाल, घरेलु टोली यूएई, कुवेत र थाइल्याण्डको सहभागिता रहेको छ ।
नेपालले आफ्नो दोस्रो खेलमा भोलि कुवेतसँग खेल्नेछ । नेपालले कार्तिक २४ गते घरेलु टोली यूएई, कार्तिक २५ गते थाइल्यान्ड, कार्तिक २७ गते कुवेतसँंग र आफ्नो अन्तिम खेलमा कार्तिक २८ गते यूएईसँग खेल्नेछ । ४ टोली सहभागी प्रतियोगिताको शीर्ष टोली विश्वकपका लागि छनोट हुनेछ ।विश्वकप अर्को वर्ष मलेसियामा हुनेछ ।