नेपाल र बंगलादेशकाे खेल पहिलो हाफमा गोल रहित

नेपाल र बंगलादेशकाे खेल पहिलो हाफमा गोल रहित

saf

काठमाडौं । महिला साफ च्याम्पियनसिप २०२४ अन्तर्गत आज नेपाल र साविक विजेता बंगालादेशबीचको पहिलाे हाफ सिकएको छ ।  त्रिपुरेश्वरको दशरथ रंगशालामा भएको खेल बराबरीमा छ । दुबै टिमले गाेल गर्न प्रयास गरे पनि हुन सकेन । साविक विजेता र उपविजताकाे  खेल निकै रमाञ्चकारी छ । सन्  २०१६ मा भारतकाे सिलगुडीमा भएकाे साफ खेल बाहेक सबैमा फाइनल खेलकाे नेपाल उपाधि जित्ने लक्ष्यमा छ भने साविक विजेता बंगलादेश उपाधिलाई निरन्तरा दिने गरी मैदान उत्रिएको छ ।

नेपाल सेमिफाइनलमा भारतलाई पेनाल्टिमा ४–२ ले हराउँदै र बंगलादेश भुटानलाई ७–१ गोल अन्तरले हराउँदै सातौं संस्करणको फाइनलमा पुगेका हुन् । नेपालले समूह चरणको खेलमा भुटानसँग गोलरहित बराबरी खेलेको थियो भने माल्दिभ्सलाई ११–० गोल अन्तरले हराएको थियो ।
त्यसैगरी नेपालले श्रीलंकालाई ६–० ले पराजित गरेको थियो । बंगलादेशले समूहको पहिलो खेलमा पाकिस्तानसँग १–१ को बराबरी खेलेको थियो भने दोस्रो खेलमा भारतलाई ३–१ ले पराजित गरेको थियो ।

यसअघि ५ पटक फाइनल पुगेर पनि उपविजेतामै सीमित नेपाल पहिलोपल्ट उपाधि जित्ने लक्ष्यमा छ भने एकपटक उपाधि जितेको बंगलादेश फेरि उपाधि जित्ने प्रयासमा छ । नेपालले सन २०१६ मा भारतको सिलगडीमा भएको खेलमा सेमिफाइनलमा भारतसँग पराजित भएको हो भने अन्य सबै संस्करणमा फाइनल पुगेको छ । नेपाललाई अघिल्लो संस्करणको हारको बदला लिएर उपाधि जित्ने मौका छ । सन् २०१० को पहिलो संस्करण र सन् २०१४ को तेस्रो संस्करणमा नेपालले बंगलादेशलाई नै हराएर फाइनलमा स्थान बनाएको थियो ।

प्रतिक्रिया