पाेखराको एभरेस्ट एफएमको आकस्मिक रक्तदान शनिबार

पाेखराको एभरेस्ट एफएमको आकस्मिक रक्तदान शनिबार

Blood donation PIC

पोखराको प्रर्स्याङमा रहेको एभरेस्ट एफएमले आगामी शनिबार आकस्मिक रक्तदान कार्यक्रम गर्ने भएको छ । पोखरामा रगतको अभाव भएपछि एभरेस्ट एफएमले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कात्तिक १० गते शनिबार आकस्मिक रक्तदान कार्यक्रम गर्न लागेको हो । रक्तदान कार्यक्रम बिहान ७ बजेदेखि मध्याह्न १२ बजेसम्म चल्ने एफएमले जनाएको छ ।

चाडपर्वका कारण नियमित रक्तदान कार्यक्रम नहुँदा पोखरामा रगतको अभाव देखिएको रक्तसञ्चार केन्द्र पोखराले जनाएको छ । क्षेत्रीय रक्तसञ्चार केन्द्र पोखराको अनुरोधमा रक्तदान कार्यक्रम गर्न लागिएको एफएमले जनाएको छ ।

‘स्वस्थ जीवनका लागि रक्तदान, पुण्यका लागि रक्तदान’ भन्ने नाराका साथ आकस्मिक रक्तदान कार्यक्रम आयोजना गर्न लागिएको एभरेस्ट एफएमका सम्पादक दीपेन्द्र श्रेष्ठले जानकारी दिए । उनले रगतको अभावमा आहत मनलाई राहत प्रदान गर्न रक्तदानमा सहभागी हुन आग्रह गरे । एफएमले गत वर्ष आफ्नो वार्षिकोत्सवका अवसरमा आयोजना गरेको रक्तदानमा १ सय ८१ युनिट रगत संकलन गर्न सफल भएको थियो ।

१७ देखि ६५ वर्ष उमेर समूहका ४५ केजी भन्दामाथि तौल भएका स्वस्थ मानिसले रक्तदान गर्न सक्नेछन् । नेपाल रेडक्रस सोसाइटीका अनुसार कास्कीमा वार्षिक ४० हजार युनिट रगत आवश्यक पर्दछ ।

प्रतिक्रिया