राष्ट्रिय पुरुष क्रिकेटका लागि गण्डकीको टोली घोषणा

राष्ट्रिय पुरुष क्रिकेटका लागि गण्डकीको टोली घोषणा

criket

पोखरा । वाई–वाई पुरुष यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि गण्डकी प्रदेशको टोली घोषणा गरिएको छ । नेपाल क्रिकेट संघको आयोजनामा कोशी प्रदेशको विराटनगरमा हुने खेलका लागि गण्डकी प्रादेशिक क्रिकेट सघले गण्डकीका स्टार खेलाडी अर्जुन कु्मालको कप्तानीमा मंगलबार १४ सदस्यीय टोलीको घोषणा गरिएको हो ।

कुमाल अण्डर १९ राष्ट्रिय टोलीका सदस्यसमेत हुन् । वाई वाई अन्डर १९ राष्ट्रिय क्रिकेट यही कात्तिक १० गतेदेखि सुरु हुँदैछ । प्रादेशिक टोलीको छनोटका लागि संघले गत असोज ७ गते देखि १३ गतेसम्म पोखरा क्रिकेट रंगशालामा प्रदेशस्तरीय छनोट प्रतियोगिता सञ्चालन गरेको थियो ।

असोज अन्तिम साता सञ्चालन भएको बन्द प्रशिक्षणपछि अन्तिम टोलीका खेलाडी चयन गरिएको हो । टोलीमा करन पगेनी, सोहेल कुँवर, बंश क्षेत्री, सुदीप अर्याल, नरेश शाह, अश्विन थापा, किरण भट्टराई, अपरिचित पौडेल, सुजन गौतम, विज्ञान पाण्डे, सुप्रिम सुनार, सिव्रिन श्रेष्ठ र रोहित चन्द रहनुभएको छ । वैकिल्पक खेलाडीमा सरोज खत्री, नितेश गिरी, सोनु यादव र अनिष ताम्राकार छन् ।

टोलीको प्रशिक्षकमा रिजन प्रजु र व्यवस्थापकमा अविशेषक ढकाल रहेका छन् ।  गण्डकीको टोली सन्तुलित रहेकाले उपाधिको दावेदार रहेको अध्यक्ष सिग्देलले बताए । गण्डकीले प्रतियोगिताको आफ्नो पहिलो खेल कात्तिक ११ गते मधेस प्रदेशसँग खेल्नेछ ।

प्रतिक्रिया