पोखरा । नेपालको पर्यटकीय राजधानी पोखरामा तिहारपिछ तेस्राे अन्तर्राष्ट्रिय पर्वतीय क्रसकन्ट्री दौड तयारी गरिएको छ । हिमालयन टुरिजम फोरमको आयोजनामा कात्तिक २४ गते दौड हुन लागेको हो ।
नेपाल र छिमेकी मुलुक चीनका खेलाडीहरु सहभागी हुने दौडले पोखरा क्षेत्रको पर्यटन प्रवद्र्धन र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालनमा समेत सहयोग पुत्ने र नेपाल र चीन सम्बन्धलाई थप सुदृढ बनाउने विश्वास लिइएको छ । दौडका विभिन्च ४ विधामा प्रतिष्पर्धा हुने हिमालयन टुरिजम फोरमका अध्यक्ष विश्वशंकर पालिखेले जानकारी दिए । टिम समूह ५० किमी, च्यालेन्ज इन्डिभिजुअल समूहमा ५० किमी, विद्धार्थी दौड ५ किमी र ह्यप्पी रन समूहमा २ किमी दौड गरी ४ विधामा प्रतिष्पर्धा हुनेछ ।
टिम समूहको विजेताले ४ लाख ५८ हजार, दोस्रोलाई ३ लाख ४३ हजार, च्यालेन्ज इन्डिभिजुअलको विजेता महिला र पुरुषले १ लाख ५२ हजार प्रदान गरिने छ । विद्यार्थी दौडका विजेताले ३० हजार पाउने५न् भने छैंटौं सम्म हुने पुरुष र महिलाई नगद पुरस्कार प्रदान गरिने छ । च्यालेन्स इन्डिभिजुअलमा शीर्ष १० महिला र पुरुषलाई पुरस्कार वितरण गरिने मिडिया संयोजक इन्जिनियर प्रतीकराज पहारीले बताए । विद्यार्थी दौडमा शीर्ष ६ पुरुष र महिलालाई पुरस्कार वितरण गरिने छ ।
दौडमा गण्डकी प्रदेश सरकार, नेपाल पर्यटन बोर्ड, पोखरा महानगरपालिका लागयतको पनि सहकार्य रहने दौडमा करिब १ करोड ३६ लाख खर्च हुने अध्यक्ष पालिखेले बताए । उनका अनुसार चिनबाट आउने खेलाडीको पोखरा विमानस्थलसम्मको खर्च चीन सरकारले नै व्यहोर्ने छ । ५० किमी पर्वतीय दौड पोखराको लेकसाइडस्थित बाराहीघाटबाट सुरु भएर छोरेपाटन, रामदी, फुस्रेखोलाहुँदै स्याङ्जाको फेदीखोला, पोखरा २२ पुम्दीभुम्दी, स्तूपाबाट फेवाताल पामेहुँदै पुन बाराहीघाट आएर समापन हुनेछ ।
चिनियाँ खेलाडीहरुको लागि ७ नेभेम्बर कुनमिङबाट पोखरासम्म अन्तर्राष्ट्रिय चार्टर उडानको व्यवस्था गरिएको छ । पत्रकार सम्मेलनमा हिमालयन टुरिजम फोरमका प्रथम उपाध्यक्ष लक्ष्मण सुवेदी, महासचिव नेत्रप्रसाद पौडेलले पनि प्रतियोगिताको बारेमा जानकारी दिएका थिए ।