विभिन्न मुद्दाका १ सय ६ जना फरार प्रतिवादी पक्राउ

अपराध

विभिन्न मुद्दाका १ सय ६ जना फरार प्रतिवादी पक्राउ

pakarau

पोखरा । अदालतबाट फैसला भई फरार रहेका १ सय ६ जना प्रतिवादीहरुलाई प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बैदाम कास्कीको प्रहरी टोलीले साउनदेखि हाल सम्म विभिन्न मुद्दामा अदालतको फैसला भइ फरार रहेका १ सय ६ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा लेनदेन तथा बैंकिङ मुद्दाका ८५ जना, अभद्र व्यवहार मुद्दाका ४ जना, चोरी मुद्दाका ४ जना, लागूऔषध मुद्दाका ६ जना, वन मुद्दाका २ जना, बाल यौन तथा अपहरण मुद्दाका २ जना, हातहतियार मुद्दाका १ जना र घरेलु हिंसा मुद्दाका २ जना रहेका छन् । पक्राउ परेका निजहरुबाट नगद ४१ लाख १२ हजार ४ सय ५ रुपैंयाँ जरिवाना र ९ वर्ष ९ महिना १५ दिन कैद भुक्तान गर्न बाँकी रहेकाले लगत कट्टाका लागि अदालत पठाइएको छ ।

वडा प्रहरी कार्यालय बैदाम कास्कीको कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक सन्तोष निरौलाको कमाण्ड खटिएको प्रहरी टोलीले फरार अपराधी पक्राउमा सफलता प्राप्त गरेको हो । गण्डकी प्रदेश प्रहरीले यो आर्थिक वर्षमा हालसम्म प्रदेशका ११ ओटै जिल्लाबाट २ सय ५६ जना फरार प्रतिवादी पक्राउ गरिसकेको छ ।

प्रतिक्रिया